उत्कृष्ट डिजाइन अवार्ड जित्ने इलेक्ट्रिक बाइक
ब्रिटिश कम्पनी ज्याप इलेक्ट्रिक भेइकलको इलेक्ट्रिक सिटी बाइक ज्याप आई३००...
काठमाडौं– नाडा अटो शो–२०२४ मा नयाँ ब्राण्डको मिनी विद्युतिय कारदेखी प्रिमियम कारसम्म लन्च हुने तय भएको छ । भदौ ११ देखि १६ गतेसम्म आयोजना हुने उक्त सवारी मेलामा मिनिकार लुमिनदेखी प्रिमियम ब्राण्ड अवतारसम्म सार्बजनिक हुने तय भएको हो । मेलामा अवतारसहित जिकर, एक्सपेङ र जेको ब्राण्डका प्रिमियम ईभी आउने निश्चित भैसकेको छ ।
मेलामा सार्बजनिक हुने सबैभन्दा महंगो र प्रिमियम ब्राण्ड अवतारलाई एमएडब्लु र सीजी मोटर्सले संयुक्त रुपमा ल्याउन लागेका हुन् । यसैगरी, जीकरलाई शारडा ग्रुप अन्तर्गतको पायोनियर मोटोकर्प तथा एक्सपेङलाई सीजी मोटर्स र जेकोलाई शारडा गु्रुप अन्तर्गतकै अर्को कम्पनी एसपीजी अटोमोबाइल्सले सार्बजनिक गर्न लागेका हुन् ।
अवतार११
चांगन, हुवावे र सिएटिएलको सहकार्यमा उत्पादन भएको अवतार११ लाई सीजी मोटर्स र एमएडब्लु ग्रुपले संयुक्त रुपमा नेपाल ल्याउन लागेका हुन् । यो कारको लम्बाई ४४८० एमएम, चौडाई १९७० एमएम उचाई १६०१ एमएम तथा ह्विलवेश २९७५ एमएम र ग्राउन्ड क्लिरियन्स १३६ एमएम छ ।
अवतार११ मा ९०.३८ किलोवाट आवरको ब्याट्री प्याक र २३० किलोवाट क्षमताको रियर ह्विल ड्राइभ मोटर हुनेछ । यसलाई एकपटक फुल चार्ज गर्दा ५५५ किलोमिटर रेन्ज पाइन दावी छ । कारमा १०.२५ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, १५.६ इन्चको इन्फोटेन्मेन्ट स्क्रीन र पछाडि बस्ने यात्रुको लागि छुट्टै १०.२५ इन्चको डिस्प्ले उपलब्ध हुनेछ ।

जिकर एक्स
चिनियाँ अटो निर्माता जीली अन्तर्गतको ईभी ब्राण्ड जीकर आफ्नो कम्प्याक्ट एसयूभी एक्स मोडलमार्फत नेपाल आउने तयारीमा छ । यो नयाँ एसयूभीको लम्बाई ४४५० एमएम, चौडाई १८३६ एमएम र उचाई १५७२ एमएम तथा ह्विलवेश २७५० एमएम र ग्राउण्ड क्लियरेन्स १७५ एमएमको छ ।
जीकर एक्समा ६९ किलोवाट आवरको ब्याट्री र पिक पावर २०० किलोवाट भएको मोटर जडान गरिएको छ । यसलाई फुल चार्जमा ४०० किलोमिटर गुडाउन सकिन्छ । कारमा १४.६ इन्चको सेन्टर कन्ट्रोल स्कृन, ८.८ इन्चको इन्ट्रुमेन्ट क्लस्टर र ५.७ इन्चको रियर क्लाइमेट सेटिङ टचस्कृन रहेको छ । साथै यसमा हेडअप डिस्प्ले समेत दिइएको छ ।

एक्सपेङ जे६
अटो शोमा सार्बजनिक हुने तय भएको एक्सपेङ जी६ को लम्वाई ४७५३ एमएम, चौडाई १९२० एमएम र उचाई १६५० एमएम तथा ह्विलवेश २८९० एमएम र ग्राउण्ड क्लियरेन्स १६० एमएमको रहेको छ । रियर र अल ह्वील ड्राइभ मोडलमा उपलब्ध यो कारमा ६६ किलोवाट अवार र ८७.५ किलोवाट अवार ब्याट्री पाउन सकिन्छ ।
यसले सिंगल चार्जमा ५०० किलोमिटर सम्म रेन्ज दिने दावी गरिएको छ । साथै यसको मोटर क्षमता २१८ र ३५८ किलोवाट छ । कारमा १५ इन्चको सेन्टर कन्ट्रोल स्कृन र १०.२ इन्चको इन्ट्रुमेन्ट क्लस्टर लगायत फिचर पाउन सकिन्छ ।

जेको जे६
यसैगरी, चेरी मातहतको प्रिमियम ईभी ब्राण्ड जेको जे६ नेपाल आउने पहिलो अफरोड ईभी हुनेछ । यो कारको लम्बाई ४४०६ एमएम, चौडाई १९१० एमएम र उचाई १७११ एमएम तथा ह्विलवेश २७१५ एमएम छ । रियर ह्विल र अल ह्विल ड्राइभ दुबै भर्सनमा उपलब्ध हुने यसको अल ह्विल ड्राइभ भर्सनले २७९ एचपी पावर दिने जनाइएको छ ।
यो नयाँ एसयूभीमा ६९.८ किलोवाट आवर क्षमतको एलएफपी ब्याट्री जडान गरिएको छ । जसले सिंगल चार्जमा ५०१ किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।

ब्रिटिश कम्पनी ज्याप इलेक्ट्रिक भेइकलको इलेक्ट्रिक सिटी बाइक ज्याप आई३००...
एथर ईनर्जीमा सबैभन्दा ठूलो लगानीकता हिरो मोटोकर्पले आफ्नो सेयर हिस्सा...
काठमाडौं–लीपमोटरको वहुप्रतिक्षित बिद्युतीय एसयुभी बी१० कोरोला बार्डर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...