एइटो ब्रान्डको ४ लाखौ कार एसेम्बली प्लान्टबाट सार्वजनिक, ७० हजारौं एम९ डेलिभरी

टेक्नोलोजी जायन्ट हुवावे र सेरेसद्वारा संयुक्त रुपमा डिजाइन गरिएको एइटो एम९ को ७० हजारौं युनिट ग्राहकलाई डेलिभरी गरिएको छ । त्यसैगरी एइटोले उत्पादन गरेको ४ लाखौ कार एसेम्बली लाइनमा रोल अफ गरिएको छ ।

जुलाई २९ मा एक कार्यक्रमको आयोजना गरी सेरेसले सो उपलब्धि सार्वजनिक गरेको हो । कार निर्माता कम्पनी सेरेसका अनुसार सबैभन्दा छिटो यो माइलस्टोन हासिल गर्ने एइटो पहिलो न्यु इनर्जी भेइकल ब्रान्ड बनेको छ ।

गत महिना मात्र सेरेसले एइटो ट्रेडमार्क र हुवावेबाट सम्बन्धित पेटेन्ट लिनका लागि ३४४ मिलियन अमेरिकी डलर खर्च गरेको सार्वजनिक गरेको थियो । सन् २०२१ मा स्थापना भएको एइटोका लागि सेरेस र हुवावेले संयुक्त कार्य गरिरहेका छन् । हाल एइटोले एम५, एम७ र एम९ मोडल उत्पादन गर्दै आएको छ । यस अन्तर्गत रेन्ज एक्सटेन्डर हाइब्रिड र प्योर इलेक्ट्रिक भर्सनमा सवारी साधन उपलब्ध छन् ।

जुन महिनामा एइटोले ४१ हजार २०६ अर्थात अघिल्लो वर्षको यही अवधिको तुलनामा ७०६ प्रतिशत बढी गाडी बिक्री गरेको छ । जनवरी देखि जुन सम्मको अवधिमा १ लाख ८२ हजार भन्दा बढी गाडी बिक्री गरिसकेको छ । सन् २०२४ मा ६ लाख गाडी बिक्री गर्ने एइटोको योजना छ ।

चीनका ‘न्यु फोर्स’ अटोमोटिभ निर्माता कम्पनीहरुमा सबैभन्दा टपमा एइटो ब्रान्ड पर्न सफल भएको छ ।

नेपालमा पनि हाल एमएडब्लु वृद्धि अटोकर्पले सेरेस ब्रान्डका सवारी साधन बिक्री–वितरण गरिरहेको छ । यसका आधारमा भविष्यमा एइटोका विभिन्न मोडल पनि नेपाली बजारमा उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

दुई एसयूभी ‘स्पेसलिस्ट’ले सार्वजनिक गरे एकै दिन इलेक्ट्रिक कार, यस्तो छ महिन्द्रा र जीपको नयाँ इभी

दुई एसयूभी ‘स्पेसलिस्ट’ले सार्वजनिक गरे एकै दिन इलेक्ट्रिक कार, यस्तो छ महिन्द्रा र जीपको नयाँ इभी

एसयूभी स्पेसलिस्टका रुपमा परिचित अमेरिकन आइकनिक ब्रान्ड जीप र भारतीय...

ओमोडा ई५ अब नेपालमा, मूल्य र फिचर यस्तो

ओमोडा ई५ अब नेपालमा, मूल्य र फिचर यस्तो

काठमाडौं – नेपाली बजारमा ओमोडा ई५ इलेक्ट्रिक गाडी औपचारिक रुपमा सार्वजनिक...

रेगुलर नेक्सन ईभीको तुलनामा यस्तो फरक छ डार्क एडिसन : स्पेसल भएकैले सोल्ड आउट

रेगुलर नेक्सन ईभीको तुलनामा यस्तो फरक छ डार्क एडिसन : स्पेसल भएकैले सोल्ड आउट

टाटा मोटर्सको निकै नै लोकप्रिय इलेक्ट्रिक एसयूभी नेक्सनको डार्क एडिसन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...