नेपाल आइपुग्यो भारतमा निकै रुचाइएको किया सोनेट, यस्तो छ मूल्य र विशेषता
काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि...
काठमाडौं – नेपाली बजारमा हालै भित्रिएका फोटोनका टुनल्यान्ड एम्बुलेन्स विभिन्न हस्पिटलहरुको रोजाइमा परेका छन् ।
विरामीलाई एक स्थानबाट अर्को स्थानमा ओसार्दा प्रयोग गरिने विभिन्न इक्विपमेन्ट व्यवस्थित तरिकाले राख्न मिल्ने भएकाले सो एम्बुलेन्स हस्पिटलहरुले प्रयोग गर्न थालेको नेपालका लागि फोटोनको आधिकारिक वितरक एमएडब्ल्यु वृद्धि कमर्सियल भेइकल्स प्रालिले बताएको छ ।
राष्ट्रिय ट्रमा सेन्टर, नेपाल एपीएफ हस्पिटल, महाकाली हस्पिटल र नेपाल पुलिस हस्पिटल अन्तर्गत काठमाडौं, पोखरा र रुपनीमा यो एम्बुलेन्स प्रयोगमा रहेको छ ।
‘क’ वर्गको एम्बुलेन्समा एक जना पारामेडिक्स हुनुपर्ने एम्बुलेन्स सञ्चालिका निर्देशिकामा उल्लेख छ। फोटोनको यो एम्बुलेन्स क वर्गको एम्बुलेन्स हो ।
‘क’ वर्गको एम्बुलेन्समा अस्पतालको आकस्मिक कक्षमा प्रयोग गर्ने औषधि, उपकरण र जनशक्ति हुनुपर्ने निर्देशिकाले उल्लेख गरेको छ। ‘क’ वर्गको एम्बुलेन्स चालकले स्वास्थ्य सम्बन्धी आधारभूत तालिम लिएको समेत हुनुपर्छ।
अत्यावश्यक सेवा–सुविधा भएका एम्बुलेन्सलाई ‘क’ वर्गमा, आधारभूत सुविधा भएको एम्बुलेन्सलाई ‘ख’ र सामान्य सुविधा नभएको एम्बुलेन्सलाई ‘ग’ वर्गमा राखिएको छ। ‘क’ वर्गको एम्बुलेन्स मुटुका रोगी र जोखिममा रहेका बिरामीका लागि आवश्यक हुन्छ।
नेपाली बजारमा उपलब्ध फोटोनको एम्बुलेन्स आवश्यकता अनुसार टु ह्विल वा फोर ह्विल दुवै अप्सनमा उपलब्ध छ ।
नेपालमा उपलब्ध एम्बुलेन्स मध्ये यो फुल्ली इक्विप्ड एम्बुलेन्स भएको र यसबाट विरामीहरुको स्वास्थ्यमा सुधार ल्याउनका लागि सहयोग पुग्ने बताइएको छ ।
काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि...
नयाँ बाइकको बिक्री बढाउन बिभिन्न आयतकर्ता कम्पनीहरुले प्रायः बाह्रै...
जर्मन अटो ब्रान्ड बीएमडब्ल्युका बाइक अहिले नेपाली बजारमा लोकप्रिय...