चेरीको नयाँ हाइब्रिड एसयुभीको रेन्ज २ हजार किलोमिटर माथि, बन्यो विश्व रेकर्ड
चेरीको नयाँ एसयुभी फुलविन ए८एल ले सर्बाधिक रेन्ज दिने हाइब्रिड कारका...
फोटोनको इलेक्ट्रिक भ्यान नेपाल आएको छ । नेपालका लागि आधिकारिक वितरक एमडव्लु वृद्धि कमर्सियल भेहिकल प्रालिले यो नयाँ भ्यान नेपाल ल्याएको हो ।
भ्यानमा ५०.२३ किलोवाट आवरको व्याट्री प्याक र ८५ किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ । जसलाई एकपटक फूल चार्ज गर्दा २३५ किलोमिटर रेन्द दिने दावी गरिएको छ । यसको टर्क २९० एनएम रहेको छ ।
कार्गोका लागी भ्यानभित्र ७ क्यूविक मिटर स्पेस दिइएको छ भने यसले १ हजार १५० किलो भार वहन गर्न सक्छ । यो भ्यान डिपार्टमेन्टल सटेर, ई–कमर्स, फार्मेसी, हार्डवेयर, एफएमसिजी, कार्गो कुरियर र दुरसंचार प्रदायक कम्पनीका लागी उपयोगी हुने कम्पनीले विश्वास लिएको छ ।
एमएडव्लूले निकट भविष्यमा इलेक्ट्रिक प्यासेन्जर भ्यान समेत नेपाल ल्याउने तयारी गरिरहेको जानकारी दिएको छ । साथै विस्तारै अन्य रेन्जका इलेक्ट्रिक सवारी साधन पनि नेपाल ल्याउने र इलेक्ट्रिक भेहिकलको बिक्री केन्द्रित हुँदै जाने कम्पनीको भनाई छ ।
फोटोन चीनको एक प्रतिष्ठित अटोमोवाइल कम्पनी हो । यसले इलेक्ट्रिक भेहिकल अन्तर्गत बस, कार, मोटरसाईकल र स्कुटरको समेत उत्पादन गर्दै आइरहेको छ । यसका उत्पादन विश्व बजारमा बिक्री वितरण भैरहेको छ ।
चेरीको नयाँ एसयुभी फुलविन ए८एल ले सर्बाधिक रेन्ज दिने हाइब्रिड कारका...
काठमाडौं – फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल...
टाटा मोटर्स फेरि भारतको दोस्रो ठूलो कार कम्पनी बनेको छ । गत मार्च महिनामा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...