फोर्डले भारतमा सवारी उत्पादन बन्द गर्ने, कस्तो पर्ला नेपालमा प्रभाव

बहुराष्ट्रिय अमेरिकन अटो निर्माता कम्पनी फोर्डले भारतमा सवारीसाधन उत्पादन बन्द गर्ने घोषणा गरेको छ । सन् १९९४ मा भारत प्रवेश गरेको फोर्डले २७ वर्षपछि भारतीय बजारमा सवारीसाधन उत्पादन बन्द गर्ने घोषणा गरेको हो ।

स्थानीय बजारमा बिक्री गर्नका लागि उत्पादन गरिने फोर्डका कार र एसयूभीको उत्पादन तत्कालै बन्द गरिने र यसै वर्षको अन्त्यबाट निर्यात समेत बन्द गर्ने फोर्डले बताएको छ । साथै चेन्नाईस्थित इन्जिन र भेइकल प्लान्ट भने सन् २०२२ को दोस्रो महिनादेखि बन्द गर्ने जनाएको छ ।

उत्पादन बन्द गरेपनि फोर्डले भारतीय बजारमा आफ्नो उपस्थिति भने जनाइरहने बताएको छ । जसका लागि उसले अन्य मुलुकबाट फोर्डको सीबीयू मोडल आयात गरी कारोबार गर्नेछ । उक्त कारोबारका लागि फोर्डले ११ हजार कर्मचारी परिचालन गर्ने समेत घोषणा गरेको छ ।

क्षमता अनुसार उत्पादन नहुँदा र नोक्सानी चुलिंदा बन्द गर्ने घोषणा
२७ वर्षअघि भारतीय बजारमा प्रवेश गर्दा फोर्डले निकै नै ठूलो महत्वकांक्षी योजना ल्याएको थियो । सोहीअनुरुप उसले वार्षिक ४ लाख कार उत्पादन गर्न सक्ने क्षमताको २ वटा प्लान्ट लगायो । तर सोचे अनुरुप बजारमा माग बढ्न नसकेपछि उसले कहिल्यै पनि क्षमता अनुसारको उत्पादन गर्न सकेन । हालको उत्पादनलाई हेर्ने हो भने फोर्डले वार्षिक जम्मा ८० हजार युनिट कार मात्र उत्पादन गरिरहेको छ । यो भनेको उसले उत्पादन गर्नसक्ने क्षमताको जम्मा २० प्रतिशत मात्र हो । जसको आधा हिस्सा उसले निर्यातका लागि उत्पादन गर्दै आइरहेको थियो ।

भारतमा आफूहरुले पर्याप्त लगानी गरेपनि त्यसको प्रतिफल सकारात्मक आउनुको सट्टा गएको एक दशकमा २ अर्ब डलर नोक्सान बेहोर्नु परेको फोर्ड मोटर कम्पनीका सीईओ जिम फार्लेले बताए ।

कस्तो पर्ला नेपालमा प्रभाव
भारतीय बजारमा प्लान्ट बन्द गर्ने फोर्डको यस्तो घोषणाले नेपाली उभोक्तालाई समेत प्रभाव पार्ने देखिएको छ । नेपाली बजारमा फोर्डका दशौं हजार सवारीसाधन बिक्री भैसकेका छन् । फोर्डको इकोस्पोर्ट, फिगो, फिएस्टा, फ्रि स्टाइल र एन्डेभर एसयूभी भारतबाट आयात भैरहेका छन् भने रेन्जर पिकअप थाइल्यान्डबाट आयात हुन्छ ।

यति धेरै संख्यामा बिक्री भएको सवारीसाधनको बिक्री पछिको सेवा प्रभावित बन्ने सहजै अनुमान लगाउन सकिन्छ । नेपाल आयात भएका फोर्डका प्यासेन्जर कार र एसयूभी भारतबाटै आयात भैरहेका कारण भोलिका दिनमा स्पेयर पार्ट्स र सर्भिसिङमा समस्या हुने देखिएको हो । साथै फोर्डका देशभर १ दर्जन बढी डिलरका शोरुम र सर्भिस सेन्टर समेत सञ्चालनमा छन् । यी डिलरले गरेको लगानी समेत जोखिममा पर्ने देखिन्छ । अर्कोतर्फ रिकन्डिसन बजारमा समेत यसले नकारात्मक प्रभाव पार्नेछ ।

समाचार बाहिरिएपछि फोर्डका ग्राहकले आफूसँग भएको गाडी जतिसक्दो चाँडै बिक्री गर्न चाहने हुँदा रिकन्डिसनमा खासै मूल्य पाउने छैनन् । यद्यपि नेपालस्थित आधिकारिक बिक्रेताले तेस्रो मुलुकबाट सवारी आयात गरी बिक्री गर्ने सम्भावना भने यथावतै छ ।

सम्बन्धित समाचारहरू

उत्कृष्ट विशेषताका साथ नेपाली बजारमा भित्रियो फोर्ड फिगो अटोमेटिक

उत्कृष्ट विशेषताका साथ नेपाली बजारमा भित्रियो फोर्ड फिगो अटोमेटिक

काठमाडौं – नेपाली बजारमा फोर्ड फिगो अटोमेटिक ह्याचब्याक भित्रिएको छ ।...

यी हुन् नेपालमा उपलब्ध भारतबाट आयात हुने करोड भन्दा बढी मूल्यका कार

यी हुन् नेपालमा उपलब्ध भारतबाट आयात हुने करोड भन्दा बढी मूल्यका कार

भारतमा प्लान्ट स्थापना गरी सवारीसाधन उत्पादन गरिरहेका केही बहुराष्ट्रिय...

एक यूनिट इभीमै फोर्डलाई ५८ हजार वढी डलर नोक्सान, यस्तो छ कारण

एक यूनिट इभीमै फोर्डलाई ५८ हजार वढी डलर नोक्सान, यस्तो छ कारण

अमेरीकन अटो निर्माता फोर्डको इभी यूनिट पुरै घाटामा संचालन भएको विवरण...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...