फोर्ड नेपालले रोडसाइड असिस्टेन्समार्फत यात्रालाई सहज बनाउने घोषणा

काठमाडौं - फोर्डको नेपालका लागि आधिकरिक वितरक जीओ अटोमोबाइल्सले चाडपर्वको उपलक्ष्यमा आफ्नो ग्राहकको सहज र झन्झटरहित यात्राको लागि रोडसाइड असिस्टेन्सको घोषणा गरेको छ ।

दशैँ र तिहारलाई मध्यनजर राख्दै आफ्नो ग्राहकवर्गको सुविधाको लागि रोडसाइड असिस्टेन्सको योजना ल्याएको कम्पनीले बताएको छ ।

चाडबाडको समयमा सबैको व्यापार व्यवसाय बन्द हुने र कामदारहरुको कमी हुने कारणले गर्दा गाडी बिग्रिएको अवस्थामा स्थानीय सर्भिस पाउन कठिन हुन्छ । यस्तो समयमा फोर्ड नेपालले महत्वपूर्ण भूमिका खेल्दै आफ्ना सेवाग्राहीहरुलाई आफूले गरेको बाचा निभाउन रोडसाइड असिस्टेन्स मार्फत सेवा प्रदान गर्दैछ ।

फोर्ड नेपालले नेपालका प्रमुख दुई राजमार्गलाई लक्षित गर्दै दुई स्थान (सिन्धुली र कुरिनटार) मा सर्भिस क्याम्प नै स्थापना गरी ग्राहक वर्गलाई सेवा प्रदान गर्नेछ । यो स्थानहरु काठमाडौंबाट बाहिरिने मुख्य बाटो मध्ये पर्दछ र नेपालको अरु स्थानमा ग्राहकहरुको सेवा सुविधाको लागि नेपालभरि रहेका फोर्डका सर्भिस सुविधा सञ्जाल सक्रिय अवस्थामा रहनेछ ।

यी दुई स्थानका साथै विर्तामोडमा युनाइटेड ब्रदर्स एलियन्स, विराटनगरमा गो इन्टरनेसनल, जानकी अटो ट्रेड लिकं, बीरगञ्जमा सा इन्टरप्राइजेज, नारायणघाटमा अटो केयर, पोखरामा एरिहन्ट मोटर्स, बुटवलमा एभरेष्ट अटो केयर, दाङ्गमा अटोमार्ट, नेपालगञ्जमा स्वस्तिक अटो एण्ड इङ्ग वर्क्स र धनगढीमा वसन्त फोर ह्वील्र्सले यी सुविधा प्रदान गर्नेछन् ।

सम्बन्धित समाचारहरू

फोर्डले ३ लाखभन्दा बढी गाडी फिर्ता लिने, यस्तो छ कारण

फोर्डले ३ लाखभन्दा बढी गाडी फिर्ता लिने, यस्तो छ कारण

फोर्डले बजारबाट ३ लाखभन्दा बढी गाडी फिर्ता लिने भएको छ । अमेरिकाको नेशनल...

फोर्डद्वारा तमिलनाडुमा आफ्नो म्यान्युफेक्चरिङ प्लान्ट पुनः सञ्चालन गर्ने घोषणा

फोर्डद्वारा तमिलनाडुमा आफ्नो म्यान्युफेक्चरिङ प्लान्ट पुनः सञ्चालन गर्ने घोषणा

अमेरिकी कार निर्माता फोर्डले तमिलनाडुमा रहेको आफ्नो म्यान्युफेक्चरिङ...

१ करोड ९९ लाख मूल्यको नयाँ फोर्ड एभरेष्ट नेपाल भित्रिदै, खुल्यो बुकिङ

१ करोड ९९ लाख मूल्यको नयाँ फोर्ड एभरेष्ट नेपाल भित्रिदै, खुल्यो बुकिङ

काठमाडौं – फोर्डको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्सले नयाँ २.०...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...