फोर्डले देखायो फक्सवागन प्लेटफर्ममा आधारित नयाँ इभीको टिजर

फोर्डले छिट्टै अन्तराष्ट्रिय बजारमा नयाँ इभी ल्याउने भएको छ । यो नयाँ इलेक्ट्रिक कारलाई उसले फक्सवागनको एमइवी प्लेटफर्ममा निर्माण गर्न लागेको हो । जुन प्लेटफर्मममा फक्सवागनले आइडी–४ निर्माण गरी विक्रीवितरण गरिरहेको छ । यो नयाँ कार २०२३ को मध्यतिर सार्वजनिक हुनसक्ने आँकलन गरिएको छ ।

यूरोपेली बजारलाई लक्षित गरी ल्याउन लागिएको यो इलेक्ट्रिक कारको टिजर फोर्डले सार्वजनिक गरेको छ । यो नयाँ कारले हाल बिक्री भैरहेको फियस्टालाई विस्थापन गर्ने छ भने स्कोडा इनायक यसको प्रमुख प्रतिस्पर्धी हुनेछ । कारको अगाडीको केही भागमात्र देखाइएका कारण यसवारे विस्तृत विवरणहरु भने वाहिर आइसकेको छैन ।

फोर्डका अनुसार यो कारमा प्रयोग हुने व्याट्री र मोटर फक्सवागन आइडी–४ बाट लिइनेछ । आइडी ४ मा ६२ किलोवाट आवरको व्याट्री प्याक र पिक पावर १५० किलोवाट मोटर दिइएको छ । यसको स्ट्यान्डर्ड भेरियन्ट रियर ह्विल ड्राइभ र टप भेरियन्ट अल ह्विल ड्राइभमा उपलब्ध छ । यो कारले सिंगल चार्जमा ३३५ किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।

सम्बन्धित समाचारहरू

दिगोको विद्युतीय गाडी अब भाडामै पाइने

दिगोको विद्युतीय गाडी अब भाडामै पाइने

नेपालमा पहिलो पटक व्यावसायिक विद्युतीय गाडी भाडामा पाइने भएको छ । दिगो...

बजेट पश्चात हौंसिए व्यवसायी, विद्युतीय सवारीमा लगानी गर्न उत्साहित

बजेट पश्चात हौंसिए व्यवसायी, विद्युतीय सवारीमा लगानी गर्न उत्साहित

काठमाडाैं – आर्थिक वर्ष २०७८/७९ को बजेटले विद्युतीय सवारी साधनलाई...

जीहोको नयाँ स्कुटर नेपाली बजारमा, मूल्य ३ लाख ४५ हजार

जीहोको नयाँ स्कुटर नेपाली बजारमा, मूल्य ३ लाख ४५ हजार

जीहोको नयाँ स्कुटर नेपाल आएको छ । नेपालका लागि आधिकारिक वितरक रिलायन्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...