उत्कृष्ट विशेषताका साथ नेपाली बजारमा भित्रियो फोर्ड फिगो अटोमेटिक
काठमाडौं – नेपाली बजारमा फोर्ड फिगो अटोमेटिक ह्याचब्याक भित्रिएको छ ।...
फोर्ड फिगोले चाँडै नै अटोमेटिक गियरबक्सको साथमा नयाँ ह्याचब्याक लन्च गर्ने भएको छ । हाल कम्पनीले म्यानुअल गियरबक्स मात्र बिक्री गरिरहेको छ ।
रिपोर्ट अनुसार फोर्ड फिगो कार पेट्रोल इन्जिन भेरिएन्टको ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक गियरबक्सको साथमा प्रस्तुत गर्ने सम्भावना रहेको छ । सो कारले बजारमा मारुती सुजुकी स्विफ्टसँग प्रतिस्पर्धा गर्छ । नयाँ फोर्ड फिगो १.२ लिटर पेट्रोल इन्जिनको साथमा उपलब्ध हुनेछ, जसले ९६ बीएचपीको पावर र ११९ एनएमको टर्क जेनेरेट गर्छ ।
फोर्ड फिगो पहिलो पटक सन् २०१५ मा लन्च गरिएको थियो । जसमा १.५ लिटर, ४ सिलिन्डर पेट्रोल इन्जिन समावेश गरिएको थियो । सो कारमा डुअल क्लच अटोमेटिक गियरबक्सको प्रयोग गरिएको थियो । जसले ११० बीएचपीको पावर जेनेरेटर गथ्र्याे । जब फोर्डले २०१९ मा फिगोको फेसलिफ्ट भर्सन लन्च ग¥यो, तब टर्क कन्भर्टर गियरबक्समा परिवर्तन गरिएको थियो । जसलाई बीएस६ उत्सर्जन लागु भए पछि बन्द गरिएको थियो । कम्पनीले सो कारमा पहिलो पटक १.५ लिटर ड्रयागन पेट्रोल इन्जिनको प्रयोग गरेको थियो ।
अनुमानित रिपोर्ट अनुसार नयाँ फोर्ड फिगोको नयाँ पेट्रोल अटोमेटिक इन्जिन गियरबक्सलाई यसको मिड स्पेक टाइटेनियम ट्रिममा पेश गरिनेछ । यसको साथै सो गियरबकसलाई ह्याचब्याकको टप स्पेक भेरिएन्टको साथमा उपलब्ध गराइने छ ।
काठमाडौं – नेपाली बजारमा फोर्ड फिगो अटोमेटिक ह्याचब्याक भित्रिएको छ ।...
विश्वको सबैभन्दा ठुलो कार कम्पनी मध्येको एक फोर्ड र बत्तीको बल्बको...
इकोस्पोर्ट एसयूभीको अन्तिम युनिट फोर्ड इन्डियाको चेन्नई उत्पादन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...