नयाँ इन्जिन र अटोमेटिक गियरबक्सको साथमा फोर्ड फिगो चाँडै लन्च हुँदै

फोर्ड फिगोले चाँडै नै अटोमेटिक गियरबक्सको साथमा नयाँ ह्याचब्याक लन्च गर्ने भएको छ । हाल कम्पनीले म्यानुअल गियरबक्स मात्र बिक्री गरिरहेको छ ।

रिपोर्ट अनुसार फोर्ड फिगो कार पेट्रोल इन्जिन भेरिएन्टको ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक गियरबक्सको साथमा प्रस्तुत गर्ने सम्भावना रहेको छ । सो कारले बजारमा मारुती सुजुकी स्विफ्टसँग प्रतिस्पर्धा गर्छ । नयाँ फोर्ड फिगो १.२ लिटर पेट्रोल इन्जिनको साथमा उपलब्ध हुनेछ, जसले ९६ बीएचपीको पावर र ११९ एनएमको टर्क जेनेरेट गर्छ ।

फोर्ड फिगो पहिलो पटक सन् २०१५ मा लन्च गरिएको थियो । जसमा १.५ लिटर, ४ सिलिन्डर पेट्रोल इन्जिन समावेश गरिएको थियो । सो कारमा डुअल क्लच अटोमेटिक गियरबक्सको प्रयोग गरिएको थियो । जसले ११० बीएचपीको पावर जेनेरेटर गथ्र्याे । जब फोर्डले २०१९ मा फिगोको फेसलिफ्ट भर्सन लन्च ग¥यो, तब टर्क कन्भर्टर गियरबक्समा परिवर्तन गरिएको थियो । जसलाई बीएस६ उत्सर्जन लागु भए पछि बन्द गरिएको थियो । कम्पनीले सो कारमा पहिलो पटक १.५ लिटर ड्रयागन पेट्रोल इन्जिनको प्रयोग गरेको थियो ।

अनुमानित रिपोर्ट अनुसार नयाँ फोर्ड फिगोको नयाँ पेट्रोल अटोमेटिक इन्जिन गियरबक्सलाई यसको मिड स्पेक टाइटेनियम ट्रिममा पेश गरिनेछ । यसको साथै सो गियरबकसलाई ह्याचब्याकको टप स्पेक भेरिएन्टको साथमा उपलब्ध गराइने छ ।

सम्बन्धित समाचारहरू

अफरोडर एड्भेन्चर लाइफस्टाइल एसयूभी फोर्स गोर्खाको मूल्य र फिचर सार्वजनिक

अफरोडर एड्भेन्चर लाइफस्टाइल एसयूभी फोर्स गोर्खाको मूल्य र फिचर सार्वजनिक

फोर्स मोटसले आइकनिक अफरोडर एड्भेन्चर लाइफस्टाइल एसयूभी गोर्खाको नयाँ...

यी कारको बिक्री बन्द भयो सन् २०२१ मा : इकोस्पोर्ट देखि यारिस सम्म

यी कारको बिक्री बन्द भयो सन् २०२१ मा : इकोस्पोर्ट देखि यारिस सम्म

कोरोना महामारीका कारण सन् २०२१ सवारी साधन बजारमा निकै उतारचढाव आएको छ ।...

इभीको चर्चाले ओझेलमा पर्दै कम्वसन कार, यी नयाँ कारमा छैन ग्राहकको आकर्षण

इभीको चर्चाले ओझेलमा पर्दै कम्वसन कार, यी नयाँ कारमा छैन ग्राहकको आकर्षण

इलेक्ट्रिक कारको वढ्दो लोकप्रियताले कम्वसन इन्जिनयुक्त नयाँ कार ओझेलमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...