सानदार फिचर र तीव्र गतियुक्त फोर्डको इलेक्ट्रिक पिकअप ट्रक सार्वजनिक

फोर्डले आफ्नो सबैभन्दा लोकप्रिय र धेरै बिक्री हुने पिकअप ट्रक एफ–१५० लाइटनिङलाई इलेक्ट्रिक भर्सनमा लन्च गरेको छ । करिव ४० वर्ष देखि सबैभन्दा बढी बिक्री हुने पिकअपको रुपमा परिचित एफ–१५० लाइटनिङ किफायती हुनुका साथै कनेक्टेड टेक्नोलोजीयुक्त समेत छ । कम्पनीले यसमा अविस्मरणिय ड्राइभिङ अनुभव लिन सकिने बताएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले समेत सो पिकअप ट्रकलाई फोर्ड टेस्ट ट्रयाकमा चलाए र भने, ‘यो निकै नै तीव्र गतिमा कुद्न सक्छ ।’

एफ–१५० लाइटनिङको डिजाइन यसको पेट्रोल डिजाइनसँग मिल्दोजुल्दो छ । यद्यपि यसमा अन्य धेरै नयाँ फिचर समेत थपिएका छन् । सबैभन्दा विशेष कुरा यसमा ४ सय लिटरको बुट स्पेस छ । यसमा यात्रीहरुले आफ्ना आवश्यक सामान सहज तरिकाले राख्न सक्छन् ।

सो पिकअप ट्रकमा १२ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र १२ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले छ । त्यसैगरी १५.५ इन्चको पोट्रेट स्टाल टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम पनि उपलब्ध छ । यसमा भ्वाइस कन्ट्रोल, क्लाउडमा आधारित नेभिगेसन सिस्टम जस्ता फिचर उपलब्ध छ र यसले एन्ड्रोइड अटो र एप्पल कारप्लेलाई पनि सपोर्ट गर्छ ।

यसमा ड्युअल मोटरको प्रयोग गरिएको छ । सो मोटरले ५६३ एचपीको पावर १०५० एनएम टर्क जेनेरेट गर्छ । यसमा प्रयोग भएको ब्याट्री प्याकले ११५ देखि १५० किलोवाट आवरको पावर जेनेरेट गर्छ । सो ट्रकले ४ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रतिघण्टा सम्मको गति लिन सक्छ ।

दुई भेरिएन्टमा उपलब्ध सो पिकअप ट्रकको स्ट्यान्डर्ड भर्सनले फुल चार्जमा ३७० किलोमिटर र एक्सटेन्डेड भर्सनले ४८३ किलोमिटर सम्मको रेन्ज दिन्छ । उल्लेखनिय के छ भने १० मिनेट मात्र चार्ज गर्दा पनि यसले ८७ किलोमिटर सम्म दुरी पार गर्न सक्छ । त्यसैगरी ४१ मिनेटमै १५ देखि ८० प्रतिशत सम्म चार्ज हुन सक्छ ।

अमेरिकामा सो पिकअप ट्रकको मूल्य ३९ हजार ९७४ डलर तोकिएको छ ।

सम्बन्धित समाचारहरू

बीएस६ इन्जिन र नयाँ फिचर सहित सार्वजनिक भयो फोर्सको नयाँ गोर्खा

बीएस६ इन्जिन र नयाँ फिचर सहित सार्वजनिक भयो फोर्सको नयाँ गोर्खा

भारतमा फोर्सको नयाँ गोर्खा सार्वजनिक भएको छ । बीएस६ इन्जिनयुक्त फोर्सको...

डिएफएसके ग्लोरी ५६० को खरिदमा ३ लाख ५० हजार नगद छुट

डिएफएसके ग्लोरी ५६० को खरिदमा ३ लाख ५० हजार नगद छुट

डिएफएसके मोटर्सको नेपालका लागि आधिकारिक बितरक कुजु नेपालले नयाँ बर्ष अफर...

फोर्स मोटर्स र कामना सेवा विकास बैंकबीच सम्झौता

फोर्स मोटर्स र कामना सेवा विकास बैंकबीच सम्झौता

काठमाडौं -फोर्स मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता हिमालय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...