नेपाल भित्रियो २०२२ नेक्स्ट जेन फोर्ड रेन्जर, मूल्य १ करोड ४५ लाख सम्म
काठमाडौं – नेपालका लागि फोर्डको आधिकारिक वितरक जीओ अटोमोबाइल्सले २०२२...
फोर्स मोटर्सले न्यु जेनेरेसन अफ रोडर एसयूभी गोर्खाको लन्चिङ समय पहिलो पटक स्पष्ट गरेको छ । हालै फोर्स गोर्खा एसयूभीको न्यू जेनेरेसन मोडलको फोटो इन्टरनेटमा लिक भएको थियो । कम्पनीले सो कार जुलाई र सेप्टेम्बरमा लन्च गर्ने सम्भावना रहेको छ । लन्चिङ पछि सो कारको महिन्दा थारसँग प्रतिस्पर्धा हुनेछ ।
फोर्स मोटर्सले २०२० को अटो एक्सपोमा नयाँ गोर्खा बीएस ६ सार्वजनिक गरेको थियो । कोभिड–१९ को कारणले गर्दा सो कारको लन्चिङ समय केही समयको लागि सारिएको थियो । महिन्द्रा थार भारतमा निकै चर्चित रहेको छ । महिन्द्रा थारसँग प्रतिस्पर्धा गर्नको लागि नयाँ गोर्खा एसयूभीको लुक र डिजाइनमा कैयौ परिवर्तन गरिएको छ ।
नयाँ फोर्स गोर्खा बीएस६ एसयूभीमा २.६ लिटर डिजेल इन्जिन समावेश गरिएको छ । जसले ८९ बीएचपीको पावर जेनेरेट गर्छ । यसमा ५ स्पिड म्यानुअल गियरबक्स समावेश गरिएको छ । सो कारमा अल ह्वील ड्राइभ सिस्टम उपलब्ध हुनेछ । सो एसयूभी दमदार अफ रोडर हुनेछ र यसमा फोर बाई फोर सिस्टमको साथ अफरोडिङ टायर उपलब्ध हुनेछ ।
नयाँ फोर्स गोर्खाको डिजाइन र लुक अटो एक्सपो २०२० मा सार्वजनिक गरिएको गोर्खा जस्तो देखिन्छ । यसको अटो एक्सपोमा प्रदर्शन गरिएको जस्तो फेन्डर माउन्टेड इन्डिकेटर्स, सर्कुलर एलईडी डिआरएल, सिंगल स्लेट ग्रिल, स्नोर्कल, फाइव स्पोक अलोय ह्वीलको साथमा रुफ माउन्टेड लगेज क्यारियर समावेश गरिएको छ । नयाँ गोर्खामा नयाँ हेडल्याम्पको साथै सर्कुलर डे टाइम रनिङ लाइटको साथै सिंगल स्लट ग्रिलको बीचमा कम्पनीको लोगो समावेश गरिएको छ ।
कम्पनीले सो कारमा डबल हाइड्रोलिक स्प्रिङ क्वाइल सस्पेन्सन र १७ इन्चको ट्युबलेस टायर समावेश गरेको छ । कारमा नयाँ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, दुई एयरब्याग, एबीएस, रियर पार्किङ सेन्सर, पावर विन्डो, डिआरएलको साथमा एलईडी हेडल्याम्प जस्ता फिचर समावेश गरिएको छ । साथै यसमा म्यानुअल लकिङ डिफ्रेन्सियलको साथमा नयाँ च्यासिस पनि उपलब्ध रहेको छ ।
सो एसयूभीमा एन्टि लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन, डुअल एयरब्याग, पार्किङ सेन्सर, स्पिड अलर्ट जस्तो सेफ्टी फिचर रहेको छ । मिडिया रिपोर्ट अनुसार नयाँ गोर्खा बीएस६ एसयूभी १० देखि १५ लाख भारुमा लन्च गर्ने सम्भावना रहेको छ ।
काठमाडौं – नेपालका लागि फोर्डको आधिकारिक वितरक जीओ अटोमोबाइल्सले २०२२...
इलेक्ट्रिक कारमा आइसिईको भन्दा फरक पावरट्रेनको साथ सम्पूर्ण ड्राइभिङ...
नेपाल आउने तयारीमा रहेको भनिएको फोर्स गोर्खाको मूल्य भारतमा ५१ हजार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...