नेपालमा फोर्डको उपस्थिति मजबुत बनाउँदै जीओ अटोमोबाइल्स
काठमाडौं– फोर्डले भारतमा आफ्नो सवारीसाधन बिक्री तथा उत्पादन सञ्चालन बन्द...
काठमाडौं – फोर्स मोटर्स नेपालले आफ्नो नयाँ गाडी फोर्स गुर्खाको नेपाली बजारमा विक्री वितरण शुभारम्भ गर्दैछ । ‘नेपालका बाटोहरुलाई अन्त्यन्त उपयुक्त यस गाडीको विक्री वितरण हामी आजदेखि गर्दैछौ’, नेपालका लागि फोर्स मोटर्सको आधिकारिक वितरक आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष ध्रुव थापाले बताए ।
ग्राउण्ड–अप मोडुलर आर्किटेक्चर प्लेटफर्ममा निर्मित यस गाडीको आकृतिले अघिल्लो पुस्ताको प्रसिद्ध जी–वागनलाई प्रतिविम्बित गर्छ। लामो र चौडा वनावट भएको गुर्खाको क्याबिन अत्यन्त फराकिलो र आरामदायी छ । यसमा चारै जना यात्रुको लागि क्याप्टेन सिट लगायत सर्वोत्कृष्ट लेगरुम, हेडरुम, एल्बोरुम एवं ५०० लिटरको बुट स्पेसको व्यवस्था छ।
कम्पनीका अनुसार मर्सिडिजद्वारा निर्मित २६०० सीसी इन्जिन जडित गुर्खा आफ्नो सेगमेन्टमा एक मात्र यस्तो गाडी हो जुन विना कुनै समस्या तीन अंकको गतिमा हाइवेमा दौडिन, ३५ डिग्रीको उकालो चढ्न र ७०० मिलिमिटर गहिरो पानीलाई छिचोल्न सक्छ । त्यस्तै यसमा रहेको एयर इन्टेक स्नोर्कल र चारैवटा पाङ्ग्रामा भएको लक पनि अन्य भन्दा विशेष प्रकारको रहेको छ।
पाँचवटा विभिन्न आकर्षक रंगहरुमा उपलब्ध गुर्खाको वारेन्टी ३ लाख किलोृमिटर वा ३ वर्ष छ । साथै ग्राहकहरुले चार पटक सम्म निः शुल्क सर्भिसिङ सेवा प्राप्त गर्नेछन।
दक्ष र अनुभवी जनशक्ति तथा अत्याधुनिक पूर्वाधार सहित गुर्खाको अधिकृत विक्रेताले ग्राहकहरुलाई उच्च भन्दा उच्च सेवा र सुविधा प्रदान गर्ने बताइएको छ ।
यो एसयुभीको मूल्य भने यसअघि नै निर्धारण भैसेको छ । नेपाली बजारमा यसको मूल्य ७८ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...