भोली फोर्स गुर्खाको औपचारिक लन्च हुने

नेपाली बजारमा भोली फोर्स गुर्खाको औपचारिक लन्च हुने भएको छ । नेपालका लागी आधिकारिक बितरक आयाम इन्टरकिन्टनेन्टल प्रालिले एक समारोहका विच यो अफरोडर एसयुभीलाई औपचारिक लन्च गर्न लागेको हो । यो एसयुभीको मूल्य भने यसअघि नै निर्धारण भैसेको छ । नेपाली बजारमा यसको मूल्य ७८ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको हो ।

२ महिनाअघि नेपाल आएको यो एसयुभीलाई कम्पनीले देशका बिभिन्न स्थानहरुमा सडक परिक्षण गर्दै आइरहेको थियो । उक्त परिक्षणका क्रममा यो एसयुभीले सबै भुभागमा राम्रो पर्फमेन्स दिएको र अहिले औपचारिक लन्च गर्न लागिएको कम्पनी स्रोतले बताएको छ ।

यो नयाँ एसयूभीमा विश्व प्रशिद्ध मर्सिडिज बेन्जको २.६ लिटर ईन्जिन, गियरवक्स र एक्सल जडान गरिएको छ । पावरफुल फोर ह्विल ड्राईभ, म्यानुअल डिफ्रेन्सियल लक(अगाडी र पछाडी दुबै एक्सलमा), ३५ डिग्री ग्रेडिएविलिटी र उच्च ग्राउन्ड क्लियरेन्स भएकोले यसलाई जस्तो सुकै वाटोमा पनि गुडाउन उपयुक्त हुने देखिन्छ ।

वल्की डिजाईन र वोल्ड लुक्स भएको फोर्स गुर्खामा डिआरएल सहितको आकर्शक एलईडि हेडल्याम्प, टिल्ट एण्ड टेलिस्कोपिक स्टेरिङ्ग, एडभान्स ईन्फोटेन्मेन्ट सिस्टम लक्जरियस पाईलट सिट, कोयल स्प्रिङ्ग सस्पेन्शन जस्ता आधुनिक फिचर्स दिएको छ ।

सुरक्षालाई मध्यनजर गर्दै एयर व्याग, एविएस, इविडी र रिभर्स पार्किङ्ग सेन्सर जस्ता फिचर्स रहेका छन् । थ्री डोर डिजाईन र ४ सिट क्षमता भएको यो अफरोडरमा सहज ईन्ट्री र एक्जिट, पर्याप्त वुट स्पेस र ग्याङ्गवे लगायत सुबिधा दिइएको छ । ठुलो सिङ्गल विन्डो रहेकोले आकर्षक दृश्यको अवलोकन गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

नेपाल भित्रियो फोर्स गोर्खा : औपचारिक लन्च केही दिन पछि गरिने, मूल्य ६९ लाख ७९ हजार

नेपाल भित्रियो फोर्स गोर्खा : औपचारिक लन्च केही दिन पछि गरिने, मूल्य ६९ लाख ७९ हजार

काठमाडौं नेपाली बजारमा धेरै समय देखि प्रतीक्षारत फोर्स गोर्खा भित्रिएको छ...

बजारमा ९० लाख माथिका पिकअप, सबैभन्दा महंगो फोर्ड -याप्टरको मूल्य १ करोड ५९ लाख

बजारमा ९० लाख माथिका पिकअप, सबैभन्दा महंगो फोर्ड -याप्टरको मूल्य १ करोड ५९ लाख

सामान्यतः पिकअपलाई सामान ओसारपसार गर्ने साधनका रुपमा लिइन्छ । तर बजारमा...

डिएफएसके ग्लोरी ५६० को खरिदमा ३ लाख ५० हजार नगद छुट

डिएफएसके ग्लोरी ५६० को खरिदमा ३ लाख ५० हजार नगद छुट

डिएफएसके मोटर्सको नेपालका लागि आधिकारिक बितरक कुजु नेपालले नयाँ बर्ष अफर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...