लन्च भयो फोर्सको अफरोड एसयूभी गुर्खा, ७९ लाख मूल्यमा उपलब्ध एसयूभीमा यस्ता छन् गजब फिचर

काठमाडौं – नेपाली बजारमा फोर्सको अफरोड एसयूभी ‘गुर्खा’ औपचारिक रुपमा लन्च गरिएको छ । नेपालमा फोर्स गाडीको आधिकारिक वितरक आयाम इन्टरकन्टिनेन्टल र सिद्धार्थ विश्वज्योति मल्टी पर्पोज कम्पनीले संयुक्त रुपमा सो गाडी सार्वजनिक गरेका हुन् । सो अवसरमा फोर्स मोटर्स इन्डियाका प्रतिनिधिहरुले गाडीमा भएका विभिन्न फिचरको वारेमा जानकारी प्रदान गरेका थिए ।

अघिल्लो पुस्ताको लिजेन्ड्री मर्सिडिज जी–वागनलाई प्रतिनिधित्व गर्ने आकृति भएको यो गाडीले कमान्डिङ रोड प्रिजेन्स, अनम्याच्ड क्याबिन स्पेस, एक्सेप्सनल राइड क्वालिटी र लिजेन्ड्री अफरोडरको पहिचान कायम गरेको छ ।

यो गाडीको अघिल्लो भागमा भएको प्रो–एज एलईडी हेडल्याम्पले नाइट टाइम भिजिबिलिटी बढाउन सहयोग गर्छ भने ग्रिलमै भएको ब्रान्ड ब्याजले यसलाई एड्भेन्चर फिल प्रदान गरेको छ । त्यसैगरी अघिल्लो भागमा देखिने एयर इन्टेक स्नोर्कल कुनै पनि अन्य गाडीमा भएको भन्दा फरक फिचर हो । यसले गर्दा यात्राको समयमा पानीमा गाडी गुडाए पनि इन्जिनमा कुनै असर पुग्दैन ।

स्पेस र कम्फर्टको हिसाबले पनि यो गाडी निकै नै आरामदायी छ । एम्पल लेगरुम, हेडरुम र सोल्डर रुम तथा सबैका लागि क्याप्टेन सिट छ भने पछिल्लो भागमा भएका सिटका लागि समेत आर्मरेस्ट उपलब्ध छ । त्यसैगरी सबै प्यासेन्जरका लागि डेडिकेटेड चार्जिङ स्लट छ ।

एड्भेन्चरका लागि नै विशेष रुपमा निर्माण गरिएकाले यसमा त्यसै अनुसारका विभिन्न विशेषता छन् । अघिल्लो र पछिल्लो दुवै भागमा मेकानिकल्ली एक्चुएटेड डिफ्रेन्सियल लक भएकाले जस्तोसुकै कठिन सडकमा पनि यो ड्राइभरको कन्ट्रोलमा हुन्छ । त्यसैगरी यसमा भएको ३५ डिग्रीको बेस्ट इन क्लास ग्रेडेबिलिटीका कारण नेपाली उकालो सडकका लागि सहज हुन्छ । अनि ७०० एमएम सम्म माथि पानीमा डुबे पनि यो गाडीमा कुनै असर पर्दैन । यो गाडीको टर्निङ रेडियस ५.६५ मिटर मात्र छ, जुन एकदमै थोरै हो ।

सुरक्षाका लागि यो गाडीमा धेरै फिचर उपलब्ध छन् । ड्राइभर र को–ड्राइभर दुवैका लागि एयरब्याग, ईबीडी सहितको एबीएस, हाई बिम र लो बिम सहितको एलईडी हेडल्याम्प, टायर प्रेसर मोनिटरिङ सिस्टम तथा वान टच लेन इन्डिकेटर, स्पिड सेन्सिङ डोरलक र एन्टी–थेफ्ट अलार्म आदि यसमा भएका केही महत्वपूर्ण सेफ्टी फिचर हुन् ।

मनोरन्जनका लागि यो गाडीमा १७.७८ सेमीको इन्फोटेनमेन्ट सिस्टम छ, जसले एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट गर्छ । यसमा भएको फलो मी होम र रिच मी टु गुर्खाको प्रयोग गरी रातको समयमा गाडी पार्किङ गरिसके पछि सहज तरिकाले घरमा पुग्न सकिन्छ ।

थ्री डोर डिजाइन र ४ सिट क्षमता भएको यो अफरोडरमा सहज ईन्ट्री र एक्जिट, पर्याप्त वुट स्पेस र ग्याङ्गवे लगायत सुबिधा दिइएको छ । ठुलो सिङ्गल विन्डो रहेकोले आकर्षक दृश्यको अवलोकन गर्न सकिन्छ ।

यो नयाँ एसयूभीमा विश्व प्रशिद्ध मर्सिडिज बेन्जको २।६ लिटर इन्जिन, गियरवक्स र एक्सल जडान गरिएको छ, जसले ३२०० आरपीएममा ९१ एचपी पावर र १४०० देखि २४०० आरपीएममा २५० एनएम टर्क जेनेरेट गर्छ ।

नेपाली बजारमा यो गाडीको मूल्य ७८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

नेपाली बजारमा फोर्सका कमर्सियल भेइकल उपलब्ध भइरहेकोमा पहिलो पटक पर्सनल भेइकलको रुपमा फोर्स गुर्खा भित्रिएको हो ।

सम्बन्धित समाचारहरू

फोर्ड नेपालले रोडसाइड असिस्टेन्समार्फत यात्रालाई सहज बनाउने घोषणा

फोर्ड नेपालले रोडसाइड असिस्टेन्समार्फत यात्रालाई सहज बनाउने घोषणा

काठमाडौं – फोर्डको नेपालका लागि आधिकरिक वितरक जीओ अटोमोबाइल्सले...

फोर्ड भारतमा पुनरागमन गर्ने, चेन्नई प्लान्टमा ३ हजार २५० करोड लगानी गर्ने

फोर्ड भारतमा पुनरागमन गर्ने, चेन्नई प्लान्टमा ३ हजार २५० करोड लगानी गर्ने

फोर्डले २०२१ मा भारतमा आफ्नो कारोबार स्थगित गरेपछि अब पुनः भारतीय...

बीएस६ इन्जिन र नयाँ फिचर सहित सार्वजनिक भयो फोर्सको नयाँ गोर्खा

बीएस६ इन्जिन र नयाँ फिचर सहित सार्वजनिक भयो फोर्सको नयाँ गोर्खा

भारतमा फोर्सको नयाँ गोर्खा सार्वजनिक भएको छ । बीएस६ इन्जिनयुक्त फोर्सको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...