उड्ने कार र रोबोट सुरक्षित रुपमा काठमाडौं आइपुगे : नाडा

काठमाडौं– नाडा अटो शो २०२५ को प्रमुख आकर्षण मानिएको उड्ने कार र रोबोट काठमाडौं आइपुगेका छन् । नाडाले शनिबार प्रेस विज्ञप्ती जारी गर्दै तातोपानी क्षेत्रमा देखिएका प्राकृतिक विपद् र अनपेक्षित चुनौतीहरूलाई पार गर्दै दिपलको भर्टिकल टेकअफ एण्ड ल्यान्डिङ फ्लाइङ (ईभीटीओएल)कार र अत्याधुनिक युनिट्री रोबोट्स सुरक्षित रूपमा काठमाडौं आइपुगेको जनाएको हो ।

यी अति उच्च प्रविधिहरू पहिलोपटक नेपालमा सार्वजनिक प्रदर्शनको लागि तयार रहेको र यस ऐतिहासिक क्षणलाई नाडा अटो शो २०२५ मार्फत दर्शकहरूले प्रत्यक्ष अनुभव गर्न सकिनेछ ।

नाडाका अनुसार, १७औं संस्करणको अटो शो केवल एउटा प्रदर्शनी मात्र नभएर, यो हाम्रो देशको दृढता, नवीनता र भविष्यप्रतिको दृष्टिकोणको जीवन्त प्रमाण समेत हो । यसले नेपालमा प्रविधिको नयाँ सम्भावनालाई उद्घाटन गर्नेछ ।

भदौ ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा हुने यस ठुलो प्रदर्शनीमा सहभागी भई यो ऐतिहासिक क्षणको साक्षी बन्न नाडाले आग्रह गरेको छ ।

सम्बन्धित समाचारहरू

नाडाको ऐतिहासिक कार्यसमिति बैंठक रारामा सम्पन्न

नाडाको ऐतिहासिक कार्यसमिति बैंठक रारामा सम्पन्न

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको एतिहासिक कार्यसमिति बैठक रारामा...

एसेम्बल उद्योगका लागि तोकिएको अन्तःशुल्क यथावत, व्यवसायीलाई राहत

एसेम्बल उद्योगका लागि तोकिएको अन्तःशुल्क यथावत, व्यवसायीलाई राहत

सरकारले हालै सार्वजनिक गरेको बजेटले सवारी साधन एसेम्बल गर्नका लागि आवश्यक...

मन्दीको प्रभाव देखियो यसरी : हजारभन्दा बढी सवारीसाधन वीरगञ्ज भन्सारमा थन्किए

मन्दीको प्रभाव देखियो यसरी : हजारभन्दा बढी सवारीसाधन वीरगञ्ज भन्सारमा थन्किए

वीरगञ्ज भन्सार कार्यालयमा एक हजार दुई सयभन्दा बढी सवारीसाधन जाँचपास नभएर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...