इन्जिन आयल वाहेक यी हुन् कारमा प्रयोग गरिने ६ प्रकारका तरल पदार्थ

हामीले कार वा बाइकमा प्रयोग गर्ने विभिन्न प्रकारका तरल पदार्थ अर्थात फ्लुइडको वारेमा जानकारी लिनु आवश्यक छ । छोटो समयमा फेर्नु पर्ने भएकाले धेरैले इन्जिन आयल जस्ता फ्लुइडको वारेमा मात्र जानकारी लिएको पाइन्छ । तर यी भन्दा वाहेक अन्य फ्लुइड समेत सवारी साधनमा प्रयोग गर्नु आवश्यक हुन्छ ।

इन्जिन आयल
कारको इन्जिनका लागि सबैभन्दा महत्वपूर्ण छ इन्जिन आयल । कारमा भएका मुभिङ पार्ट्सलाई चिप्लो बनाउन र इन्जिनको तापक्रमलाई सामान्य अवस्थामा राख्नका लागि यसको भूमिका महत्वपूर्ण हुन्छ । सामान्यतः महिनामा एक पटक इन्जिन आयल चेक गर्नु पर्दछ । निश्चित दुरी चलाए पश्चात इन्जिन आयल परिवर्तन गर्नु आवश्यक हुन्छ ।

कुलेन्ट
कुलेन्टको काम कुल बनाउनु अर्थात इन्जिनलाई चिसो बनाउनु हो भन्ने कुरा नामबाटै थाहा हुन्छ । ताप शोषण गरेर र रेडिएटरबाट यसलाई चिसो बनाएर कुलेन्टले इन्जिनलाई धेरै तातो निकाल्नबाट रोक्छ र सुरक्षित राख्छ । इन्जिन आयल जस्तो कुलेन्टलाई छोटो समयमा परिवर्तन गर्नु पर्दैन ।

ब्रेक फ्लुइड
कारमा ब्रेक लगाउदा ब्रेक पेडलको माध्यमबाट ब्रेकिङ सिस्टमलाई सहज तरिकाले कार्य गर्नका लागि ब्रेक फ्लुइडले भूमिका खेल्छ । समयक्रममा यसले हावाबाट आद्र्रता लिन्छ र कम प्रभावकारी हुन्छ । यसले गर्दा ब्रेक फ्लुइड पनि परिवर्तन गर्नुपर्छ । करिव एक दुई वर्षमा मात्र यसलाई परिवर्तन गरेको पाइन्छ ।

ट्रान्समिसन फ्लुइड
कारको गियर सिस्टममा रहेका मुभिङ कम्पोनेन्टलाई चिप्लो र चिसो बनाउने कार्य ट्रान्समिसन फ्लुइडले गर्छ । त्यसैगरी यसले फरक फरक मेकानिकल पार्ट्सको कार्यका लागि ट्रान्समिसन कम्प्युटरको रुपमा समेत कार्य गर्ने हाइड्रोलिक फ्लुइडको कार्य समेत गर्छ ।

डिफ्रेन्सियल फ्लुइड
फोर ह्विल र रियर ह्विल ड्राइभ गाडीमा डिफ्रेन्सियल फ्लुइडले डिफ्रेन्सियलमा रहेका बेरिङ र गियरलाई कुलिङ र लुब्रिकेसन गर्ने कार्य गर्दछ । प्रत्येक पटक आयल चेन्ज गर्दा यसलाई पनि चेक गर्नु पर्छ र त्यसै अनुसार परिवर्तन गर्न सकिन्छ ।

पावर स्टेयरिङ फ्लुइड
कारको पावर स्टेयरिङलाई सहज तरिकाले चलाउनका लागि पावर स्टेयरिङ फ्लुइडको प्रयोग गरिन्छ । यसले स्टेयरिङ कोलमलाई सहज बनाउछ । सामान्यतः वार्षिक रुपमा यसको जाँच गरेर त्यही अनुसार पावर स्टेयरिङ फ्लुइड प्रयोग गर्न सकिन्छ ।

विन्डशिल्ड वाइपर फ्लुइड
अन्य आयल जस्तो विन्डशिल्ड वाइपरले कारको इन्जिन वा मेकानिकल पार्ट्सका लागि कार्य गर्दैन । यसले विन्डशिल्ड वाइपरलाई सहज बनाउने कार्य गर्छ र त्यसमा मात्र प्रयोग गरिन्छ । प्रत्येक पटक आयल चेन्ज गर्दा यसलाई पनि चेन्ज गर्दा राम्रो हुन्छ ।

सम्बन्धित समाचारहरू

पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य

पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य

काठमाडौँ–खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको...

पम्पमा लाइन वा चार्जिङ स्टेसनमा चार्ज ? होइन, अब काठमाडौंमा गर्न सकिने छ नयाँ प्रयोग

पम्पमा लाइन वा चार्जिङ स्टेसनमा चार्ज ? होइन, अब काठमाडौंमा गर्न सकिने छ नयाँ प्रयोग

हाल सवारी साधन चलाउनेहरु पेट्रोल पम्पमा लाइन लागेको देखिन्छ । त्यसैगरी...

बुटवलमा मुख्य कार्यालय रहेको लुब्रिकेन्ट लुब्रेक्स र युनिपेट्रो, देशभर विस्तार हुँदै डिलर नेटवर्क

बुटवलमा मुख्य कार्यालय रहेको लुब्रिकेन्ट लुब्रेक्स र युनिपेट्रो, देशभर विस्तार हुँदै डिलर नेटवर्क

नेपाली बजारमा रहेका विभिन्न लुब्रिकेन्ट ब्रान्डको भीडमा दुई ब्रान्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...