पल्सर अब फ्लेक्स फ्युलमा चल्ने, यस्तो छ विशेषता

बजाज अटोले हालै विश्वको पहिलो सीएनजी बाइक फ्रिडम १२५ लन्च गरेको छ । अब कम्पनीले आफ्नो प्रसिद्ध बाइक बजाज पल्सर एनएस १६० को नयाँ फ्लेक्स फ्युल संस्करण इन्डिया बायो-एनर्जी एण्ड टेक एक्सपो २०२४ मा सार्वजनिक गरेको छ ।

फ्लेक्स फ्युल एक वैकल्पिक इन्धन हो । वास्तवमा, फ्लेक्स फ्युल पेट्रोल, इथानोल वा मिथेनोल जस्ता इन्धनको मिश्रण हो जुन जलाउँदा कम प्रदूषण हुन्छ । हाल भारत सरकारले ई२० फ्लेक्स फ्युल मात्र बिक्री गर्न अनुमति दिएको छ । ई२० फ्लेक्स फ्युलमा ८० प्रतिशत पेट्रोल र २० प्रतिशत इथेनोलको मिश्रण हुन्छ । भारतीय सरकारले शतप्रतिशत इथानोलमा चल्ने सवारी साधनलाई प्रवर्द्धन गर्ने योजना बनाएको छ ।

मारुती सुजुकी र टीभीएस जस्ता कम्पनीले १०० प्रतिशत इथानोलमा चल्ने सवारीसाधन ल्याएका छन् । रिपोर्टका अनुसार आगामी समयमा ८० देखि १०० प्रतिशत इथानोल वा फ्लेक्स फ्युलमा चल्ने सवारी साधनले पेट्रोल र डिजेलमा चल्ने सवारी साधनलाई प्रतिस्थापन गर्नेछ । ब्राजिल र अन्य दक्षिण अमेरिकी देशमा ई८०/१०० इन्धनको खपत धेरै उच्च छ ।

बजाज पल्सर एनएस१६० फ्लेक्स फ्युल इथानोल र पेट्रोलको मिश्रणमा चल्ने कम्पनीले जनाएको छ । यद्यपि बजाज अटोले सो बाइकको बारेमा धेरै जानकारी दिएको छैन । हालै बजाज अटोका प्रबन्ध निर्देशक राजीव बजाजले इथानोलबाट चल्ने बाइक मार्च २०२५ सम्म लन्च हुने बताएका थिए ।

भारत पनि ई८०/१०० इन्धनतर्फ जाने अपेक्षा गरिएको छ। कम्पनीले फ्लेक्स फ्युलका सवारीसाधन पहिल्यै तयार गरेमा भविष्यमा यसले राम्रो मार्केट लिने र निकै सजिलो हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

वीरगञ्ज नाकाबाट मोटरसाइकल आयात दोब्बर

वीरगञ्ज नाकाबाट मोटरसाइकल आयात दोब्बर

पर्सा – देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट मोटरसाइकल अयातामा उलेख्य...

ट्रायम्फको ४०० सीसी बाइक स्पिड टी४ भारतमा लन्च

ट्रायम्फको ४०० सीसी बाइक स्पिड टी४ भारतमा लन्च

ट्रायम्फ मोटर्स इन्डियाले आफ्नो तेस्रो ४०० सीसी इलेक्ट्रिक बाइक स्पिड टी४...

सीएनजीपछि अब हाइड्रोजनबाट चल्ने मोटरसाइकलमा फोकस बढ्ने

सीएनजीपछि अब हाइड्रोजनबाट चल्ने मोटरसाइकलमा फोकस बढ्ने

विश्वको पहिलो सीएनजी मोटरसाइकल बजाज फ्रिडम १२५ भारतमा लन्च भइसकेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...