आक्रमक बजार विस्तार गर्दै टाटा मोटर्स, पहिलो पटक एकै महिनामा बेच्यो ४० हजार कार
पछिल्ला केही महिना टाटा मोटर्स प्यासेन्जर कारको लागि निकै उत्कृष्ट सावित...
भारत एनक्यापद्वारा गरिएको क्र्यास टेष्टमा टाटा सिएराले ५ स्टार रेटिङ पाएको छ । एसयूभीले वयस्क यात्रु सुरक्षाका लागि ३१.१४/३२ अंक र बाल यात्रु सुरक्षाका लागि ४४.७३/४९ अंक प्राप्त गरेको हो ।
फ्रन्टल अफसेट डिफर्मेबल ब्यारियर परीक्षणमा सिएराले चालकको टाउको, घाँटी र तल्लो शरीरलाई राम्रो सुरक्षा प्रदान गरेको छ । सिएरा एसयूभीले साइड मुभेबल डिफर्मेबल ब्यारियर र साइड पोल इम्प्याक्ट परीक्षणमा राम्रो सुरक्षा प्रदान गरेको जनाइएको छ ।
बाल संयम प्रणालीहरूको प्रयोग गरेर गरिएको गतिशील परीक्षणमा सिएराले २३.७३/२४ को गतिशील स्कोर र १२/१२ को सीआरएस स्थापना स्कोर प्राप्त गरेको छ । साथै, सवारी मूल्याङ्कन स्कोर ९/१३ पाएको छ ।
परीक्षण गाडीमा फ्रन्टल एयरब्याग, साइड हेड कर्टेन एयरब्याग, साइड चेस्ट एयरब्याग, साइड पेल्भिस एयरब्याग, सिटबेल्ट प्रिटेन्सनर तथा लोड लिमिटर, सिटबेल्ट रिमाइन्डर र ईएससी जडान गरिएको थियो ।
सुरक्षा मूल्याङ्कन नयाँ सिएराका सबै भेरियन्टहरूमा लागू हुने भारत एनक्यापले जनाएको छ ।
पछिल्ला केही महिना टाटा मोटर्स प्यासेन्जर कारको लागि निकै उत्कृष्ट सावित...
नेपाली बजारमा पछिल्लो समय एसयूभी सेग्मेन्टका गाडीको माग उच्च रहँदै आएको छ...
आर्थिक मन्दीका कारण अहिले बजारमा समग्र उपभोग्य सामग्रीको खपतमा कमी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...