क्र्यास टेष्टमा किया साइरोसलाई ५ स्टार रेटिङ

कियाले हालै लन्च गरेको नयाँ सब कम्प्याक्ट एसयुभी साइरोसले क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको छ । भारत एनक्याले गरेको उक्त टेष्टमा साइरोसले एडल्ट र चाइल्ड दुबै अकुपेन्ट प्रोटेक्सनमा ५ स्टार रेटिङ पाएको हो । यससंगै साइरोस भारत एनक्याप क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाउने पहिलो किया मोडल बनेको छ ।

कम्पनीले साइरोस एसयूभीमा १.० लिटर क्षमताको टर्बो पेट्रोल स्मार्टस्ट्रिम इन्जिन उपलब्ध गराएको छ, जसका कारण यसले १२० पीएसको पावर र १७२ न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड म्यानुअल र ७ स्पीड डीसीटी ट्रान्समिसन ल्याइएको छ । यसका साथै यसमा १.५ लिटर क्षमताको डिजेल इन्जिन पनि दिइएको छ, जसले ११६ पीएस पावर र २५० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ ।

साइरोसमा क्लाइमेट कन्ट्रोल सिस्टमका लागि ५ इन्चको स्क्रिनको साथमा ३० इन्चको डिस्प्ले दिइएको छ। यसमा नयाँ दुई–स्पोक स्टेयरिङ ह्विल छ, जसमा वायरलेस चार्जिङ प्याडसहितको सेन्टर कन्सोल पनि समावेश छ ।

साइरोसमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, इन्फोटेनमेन्ट सिस्टमका लागि ओटीए अपडेट, इन–कार कनेक्टिभिटी टेक्नोलोजी, चार वटा भेन्टिलेट सिट, सेन्टर आर्मरेस्ट, ६०ः४० स्प्लिट फोल्डिङ फंक्शन, पावर ड्राइभर सिट, ८– स्पिकर हरमन कार्डन साउन्ड सिस्टम र ड्युअल प्यानोरामिक सनरुफ लगायत फिचर राखिएको छ ।

सुरक्षाका लागि यसमा इलेक्ट्रोनिक पार्किङ ब्रेक, ६ वटा एयरब्याग, फ्रन्ट र रियरमा पार्किङ सेन्सर, ३६० डिग्री क्यामेरा र लेभल २ एडीएएस सुइट सहित कुल १६ फिचर प्रदान गरिएको छ ।

सम्बन्धित समाचारहरू

किया मोटर्सको पहिलो मास-मार्केट इलेक्ट्रिक एमपीभी क्यारेन्स चाँडै लन्च हुने तयारीमा

किया मोटर्सको पहिलो मास-मार्केट इलेक्ट्रिक एमपीभी क्यारेन्स चाँडै लन्च हुने तयारीमा

कियाको बहुप्रतिक्षित इलेक्ट्रिक कार क्यारेन्स लन्च हुने तयारीमा रहेको छ ।...

प्युजो ब्रान्डले पहिलो पटक ल्याउदै एड्भेन्चर स्कुटर

प्युजो ब्रान्डले पहिलो पटक ल्याउदै एड्भेन्चर स्कुटर

अन्य सेगमेन्टका सवारी साधन करिव १०० वर्ष देखि नै उत्पादन गरिरहे पनि स्कुटर...

किया सेल्टोस अझ राम्रो बन्दै, लन्च हुनुभन्दा अगाडि परीक्षणको क्रममा देखियो

किया सेल्टोस अझ राम्रो बन्दै, लन्च हुनुभन्दा अगाडि परीक्षणको क्रममा देखियो

कियाले चाँडै नै नयाँ पुस्ताको किया सेल्टोस लन्च गर्ने तयारी गरिरहेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...