हिरोको नयाँ वर्ष अफर : हरेक स्क्र्याचमा १ लाख सम्म छुट
काठमाडौं – हिरोको नेपालका लागि आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ...
हिरो मोटोकर्पले भारतीय बजारमा नयाँ र अपडेटेड स्प्लेन्डर प्लस एक्सटेक लन्च गरेको छ । नयाँ बाइकमा धेरै नयाँ र अपडेटेड फिचर थपिएको छ । यसमा अपडेट गरिएको फिचर पहिले नै प्लेजर एक्सटेक स्कुटरमा समावेश गरिसकेको छ ।
स्प्लेन्डर प्लस एक्सटेक ७२ हजार ९०० भारु मूल्यमा लन्च गरिएको हो । कम्पनीले स्प्लेन्डर प्लस एक्सटेकमा ५ वर्षको वारेन्टी पनि दिएको छ । कम्पनीले सो बाइकमा ५ वटा मुख्य फिचर हालै अपडेट गरेको छ ।
ब्लुटुथ
नयाँ स्प्लेन्डर प्लस एक्सटेक ब्लुटुथ कनेक्टिभिटीको साथमा पूर्ण डिजिटलमा उपलब्ध छ । यो डिजिटल डिस्प्ले व्यावहारिक र प्रयोगकर्ता अनुकूल कार्य जस्तै इनकमिङ र मिस कल अलर्ट, नयाँ सन्देश अलर्ट, आरटीएमआई र कम इन्धन सूचकका साथ दुई ट्रिप मिटर सहित पेश गरिएको छ ।
यूएसबी चार्जिङ
यो फिचर स्कुटरमा सामान्य बनिसकेको छ । विशेषगरी कम्युटर बाइकमा यसको प्रयोग गरिएको हुन्छ । यसले स्प्लेन्डर प्लस एक्सटेकलाई पहिलेभन्दा बढी विशेष बनाउँछ ।
एलईडी लाइटिङ
नयाँ स्प्लेडर एलईडी हाई इन्टेन्सिटी पोजिसन ल्याम्प र एक्सक्लुसिभ ग्राफिक्समा उपलब्ध छ । साथै, नयाँ एलईडीले नयाँ स्प्लेन्डर बाइकलाई स्पोर्टी लुक दिइएको छ ।
आई३एस टेक्नोलोजी
यो आइडल स्टप–स्टार्ट सिस्टमको लागि हिरोको पेटेन्ट गरिएको शब्द हो र यसले पावरट्रेनबाट राम्रो इन्धन दक्षता हासिल गर्न मद्दत गर्छ ।
पावरट्रेन
नयाँ स्प्लेन्डरमा ९७.२सीसी बीएस६ इन्जिन समावेश गरिएको छ, जसले ७००० आरपीएममा ७.९ पीएस पावर र ६००० आरपीएममा ८.०५ एनएम टर्क उत्पादन गर्छ । यो बाइकमा ४ स्पिड ट्रान्समिसन जडान गरिएको छ ।
काठमाडौं – हिरोको नेपालका लागि आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ...
हिरो मोटोकर्पले अपडेटेड एक्सट्रिम १६०आर भी४ भारतीय बजारमा लन्च गरेको छ ।...
हिरो मोटोकर्पले ग्ल्यामर एक्सटेक बाइक लन्च गरेको छ । हिरो ग्ल्यामर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...