नयाँ वर्ष अफरमा हिरो मोटरसाइकल तथा स्कुटर खरिद गर्न अव २ दिन वाँकी
हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागी आधिकारिक वितरक नेपाल जनरल...
चलाउन सजिलो र मूल्य समेत कम पर्ने विशेषताका कारण स्कुटर आम नेपाली उपभोक्तामाझ लोकप्रिय साधनका रुपमा स्थापित बनिरहेको छ । पुरुष र महिला दुबै राइडरको रोजाइमा पर्न सफल यो दुई पाङग्रे साधनको मूल्य भने इन्जिन क्षमता र उपलब्ध फिचर्सक आधारमा फरक रहँदै आएको छ ।
अहिले बजारमा १ सय सिसी देखी १५० सिसी सम्मका स्कुटर बढी प्रचलनमा रहेको पाइन्छ । जसमध्ये अधिकांश मोडलको मूल्य २ लाख माथी रहँदै आएकोमा केही स्कुटरलाई भने सो भन्दा कम रकममा समेत खरिद गर्न सकिने देखिएको छ ।
२ लाख भन्दा कम मूल्यका स्कुटरमा हिरोको ३ वटा मोडल र टिभिएको २ वटा मोडल अहिले उपलब्ध छन् । जसमध्ये सबैभन्दा सस्तो स्कुटर हिरो प्लेजर हो । १०२ सिसी क्षमताको यो स्कुटरको मूल्य १ लाख ७८ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ । यो स्कुटरको पावर ६.९ बिएचपी र टर्क ८.१ एनएम रहेको छ ।
हिरोकै अर्को ११० सिसी क्षमताको प्लेजर प्लसको मूल्य १ लाख ९७ हजार ५ सय रुपैयाँ तोकिएको छ । यो स्कुटरको पावर ८ बिएचपी र टर्क ८.७ एनएम रहेको छ । त्यसैगरी हिरोकै अर्को मोडल डुएटको मूल्य १ लाख ९३ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ । ११० सिसी क्षमताको यो स्कुटरको अधिकतम पवार र टर्क प्लेजर प्लस सरह नै रहेको छ ।
२ लाख भन्दा कम मूल्यका स्कुटरमा टिभिएससंग ड्याज र जेस्ट स्कुटर उपलब्ध छन् । ११० सिसी क्षमताका यी स्कुटरको मूल्य क्रमश १ लाख ९९ हजार ९ सय र १ लाख ७८ हजार ९ सय रुपैयाँ तोकिएको छ । जसमध्ये ड्याजको पावर ८.७ बिएचपी र टर्क पनि ८.७ एनएम नै रहेको छ भने जेस्टको पावर ७.७ बिएचपी र टर्क ८.८ एनएम रहेको छ ।
हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागी आधिकारिक वितरक नेपाल जनरल...
भारतको सवैभन्दा ठूलो टु ह्विलर उत्पादक हिरोले एक्सपल्स २०० २भीको उत्पादन...
हिरो मेटोकर्पले भारतीय बजारमा हिरो एक्सट्रिम १६०आर टुभीको अपडेटेड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...