नेपाली बजारमा थपियो नयाँ ब्रान्डको इलेक्ट्रिक कार : सीजी मोटर्सले ल्यायो नेटा भी
काठमाडौं – चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्स वातावरणमैत्री विद्युतीय...
नेपाली बजारमा हाल विद्युतीय सवारी अर्थात ईभीको प्रयोग बढ्दो छ । पहिले केही संख्यामा मात्र ईभी गुड्ने गरेका नेपाली सडकमा हाल अधिकांश सवारी साधन ईभी नै देखिन थालेका छन् । नेपाली उपभोक्ताहरुमा समेत ईभीको प्रयोग गर्ने चाहना बढ्दै गएको छ ।
यद्यपि दुईपांग्रे सवारी साधनको प्रयोग उल्लेख्य रुपमा बढ्न सकेको छैन । तर चारपांग्रे सवारी साधनको प्रयोग भने बढ्दो छ । नेपाली ग्राहकहरु पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन चलाउन छोडेर विद्युतीय सवारी रोज्न थालेका छन् ।
नेपाल सरकारले लिएको विभिन्न सकारात्मक नीति र प्रोत्साहनका अलावा अन्य विभिन्न कारणले समेत ईभीको प्रयोग बढेको मान्न सकिन्छ । यी कारणहरुलाई यस प्रकार उल्लेख गर्न सकिन्छ ।
१. सरकारी नीति र प्रोत्साहन
सरकारले विद्युतीय सवारी प्रवद्र्धनका लागि निरन्तर नीतिगत सहजीकरण र प्रोत्साहन उपलब्ध गराउँदै आएको छ। संसदमा पेश गरिएको बजेटमा विद्युतीय सवारी आयातमा लाग्ने कर र शुल्क सम्बन्धी सबै मौजुदा प्रावधानलाई अपरिवर्तित राख्ने निर्णय भयो । व्यवसायी र यस क्षेत्रमा चासो राख्ने धेरै व्यक्तिहरुले कर बढ्ने आँकलन गरिरहेको समयमा पुरानै प्रावधान लागु भएका कारण धेरैले खुसी व्यक्त गरेका छन् । यसका साथै चार्जिङ स्टेशन स्थापना र सम्बन्धित उद्योगका लागि आवश्यक उपकरणमा मात्र १ प्रतिशत भन्सार शुल्क निर्धारण गर्दै अन्य करलाई यथावत राखिएको छ ।
नेपाल सरकारले आगामी दिनमा समेत विद्युतीय सवारीको प्रयोग बढाउने र पेट्रोल खपत कम गर्ने नीति समेत लिएको छ । यसकारण पनि विद्युतीय सवारीको आयात राम्रो भएको मान्न सकिन्छ ।
२. आर्थिक तत्वहरू
नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिले विद्युतीय सवारीलाई आकर्षक विकल्प बनाएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार विद्युत् सवारी साधनको प्रयोगले वार्षिक तेल आयातमा बचत भएको छ । विद्युतीय सवारीको सञ्चालन र मर्मत खर्च पेट्रोलियम सवारीभन्दा निकै कम हुन्छ । मर्मत खर्च कम लाग्ने र पार्ट्स तथा अन्य एसेसरिज समेत थोरै मात्र प्रयोग हुने भएकाले यसमा भूमिका खेल्छ । त्यसैगरी दैनिक रुपमा प्रयोग हुने पेट्रोलियम पदार्थको तुलनामा विद्युतको खपत नगन्य हुने भएकाले यसमा धेरै भूमिका खेलेको मान्न सकिन्छ ।
बैंकिङ तथा वित्तीय अनुदानमा हालै लागु भएको नयाँ व्यवस्थाले ग्राहकलाई सजिलै ऋण उपलब्ध गराएको छ । यद्यपि पहिले ८० प्रतिशत सम्म डाउन पेमेन्टका लागि बैंकहरुले कर्जा उपलब्ध गराउने व्यवस्था रहेकोमा अब भने ६० प्रतिशत सम्म मात्र उपलब्ध गराउने भएका छन् । नयाँ ईभी किन्नका लागि पहिले २० प्रतिशत मात्र रकम भए पुग्थ्यो भने अब ४० प्रतिशत जम्मा गर्नु पर्ने भएको छ ।
यस्ता व्याजदर र डाउटपेमेन्ट छुटका कारण ईभीको अग्रिम लागतचाहिँ केही उच्च भए तापनि दीर्घकालमा इन्धन र मर्मत खर्च बचत हुने भएकाले उपभोक्ताको आकर्षण बढेको नै मान्न सकिन्छ ।
३. वातावरणीय प्रेरणा
काठमाडौं उपत्यकाको वायु प्रदूषण विश्वकै खराब सूचीमा परेको छ, र वायु प्रदूषणले नेपालमा लगभग १९ प्रतिशत मृत्युको कारक बनेको बताइन्छ । सवारी साधनबाट निस्कने धुँवाका कारण वायुमा करिव २५ प्रतिशत क्षति पुग्ने गरेका तथ्यांक समेत सार्वजनिक भइरहेका छन् ।
यो अवस्थामा विद्युतीय सवारी शून्य उत्सर्जक भएकाले उद्योग, इन्धन र धुलोले भरिएको हावा सफा गर्नमा यसले ठूलो भूमिका खेल्छ । विद्युतीय सवारीको प्रयोग बढ्दै गएमा भविष्यमा वायु प्रदूषण कम गर्न र मानिसको आयु बढाउनमा समेत भूमिका खेल्ने अपेक्षा गर्न सकिन्छ ।
४. प्रविधिमा सुधार
हाल नेपालमा बीवाईडी, टाटा, एमजी, हुन्डाई लगायतका प्रतिष्ठित अन्तर्राष्ट्रिय ब्रान्ड र पछिल्लो समयमा विकास भएका विभिन्न चिनियाँ ब्रान्डका विभिन्न विद्युतीय सवारी साधन उपलब्ध छन् । ब्याट्री प्रविधिमा भएको सुधारका कारण सामान्यतः ३००–४५० किलोमिटरसम्म रेन्ज भएका ईभी नेपाली बजारमा उपलब्ध छन् । यसकारण एक स्थानबाट अर्को स्थानमा पुग्नका लागि कुनै चिन्ता लिनु पर्ने अवस्था समेत छैन ।
चार्जिङ पूर्वाधार पनि तीव्र गतिमा बढ्दै गएको छ। नेपाल विद्युत् प्राधिकरणले करिव ६० चार्जिङ स्टेशन स्थापना गरिसकेको छ र थप ५०० स्टेशन थप्ने योजना अघि बढाइरहेको छ । निजी क्षेत्रबाट पनि चार्जिङ समाधान र ब्याट्री स्वापिङ जस्ता नयाँ प्रविधिमा लगानी बढेको छ । निर्बाध बिजुली आपूर्ति र सौर्य–जलविद्युत् केन्द्रित उर्जा प्रणालीले गर्दा चार्जिङ सहज र भरपर्दो हुनुका साथै यसबाट ईभी प्रयोग थप व्यावहारिक बनेको छ
।
५. जनचेतना र उपभोक्ता रोजाइ
अहिले नेपालमा विद्युतीय सवारीप्रति आम उपभोक्तामा सकारात्मक दृष्टिकोण फैलिएको छ। पर्यावरणमैत्री जीवनशैलीप्रति जागरुकतासँगै केही प्रयोगकर्ताहरूले ईभीलाई नयाँ तथा विलासी विकल्पको रूपमा हेर्न थालेका छन्। एक चिकित्सक भन्छन्, ‘ईभी चलाउँदा प्रदूषण घटाउन सहयोग पुगिरहेको देखिन्छ, बिजुली चार्ज गर्न खर्च निकै कम छ, र त्यही मूल्यमै एक आकर्षक गाडी प्राप्त गरेँ ।’ यस्तै लामो दुरीको यात्रामा ईभी माइक्रोबस चलाइरहेका बस चालकको भनाइ छ – ईभी चलाउन सजिलो, प्रदूषण हुँदैन, र राष्ट्रको पैसा विदेश नजाने भएकाले फाइदा सबैतर्फ हुने पाए ।
। यी व्यक्तिगत उदाहरणहरूबाट देखिन्छ कि आर्थिक बचत र वातावरणीय लाभ दुवैले उपभोक्ताको प्राथमिकता परिवर्तन गरिरहेका छन्। तथ्यांक अनुसार पछिल्ला वर्षहरूमा नेपालमा नयाँ कार बिक्रीमध्ये करिब ६५ देखि ७० प्रतिशत ईभी नै बिक्री भइरहेका छन्, जुन विश्वमै एकदम उच्च दर हो ।
सरकार र सञ्चारमाध्यमले विद्युतीय सवारीबारे गरेका प्रचार–प्रसारले समेत जनचेतना बढाउन मद्दत पुगेको छ। फलस्वरूप, नेपाली बजारमा विद्युतीय मोडलको विविधता र पोर्टफोलियो हुर्कँदै गइरहेको छ, जसले थप उपभोक्तालाई आकर्षित गरिरहेको छ ।
काठमाडौं – चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्स वातावरणमैत्री विद्युतीय...
काठमाडौं – नेपालका लागि केई ईभीको आधिकारिक वितरक जीओ अटोमोबाइल्स र...
काठमाडौं – नेपाली बजारमा आइमा इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...