यी हुन् विश्वका पाँच सबैभन्दा महँगा मोटरसाइकल

विश्वको सबैभन्दा महँगो मोटरसाइकल कुन हो? यसको बारेमा कहिले सोच्नु भएको छ ? संसारभर यस्ता मोटरसाइकलहरू छन्, जसको मूल्य एक विलासी घर जत्तिकै पर्छ । यी बाइक केवल सवारीका साधन मात्र नभई इन्जिनियरिङ र डिजाइनको उत्कृष्ट नमुना पनि मानिन्छन् ।

डुकाटी सुपरलेगेरा भी४ : यो बाइकको मूल्य करिब करिब १ कराेड ६० लाख रुपैयाँ पर्छ । ९९८ सीसीको शक्तिशाली इन्जिनसहित आउने सो बाइकले अधिकतम २९९ किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ। यसको इन्जिनले २२४ पीएस पावर र ११६ एनएमको टर्क उत्पादन गर्छ । यसमा राइडिङ मोडदेखि लिएर ट्र्याक्सन कन्ट्रोल, एबीएस र डब्ल्यूसी कन्ट्रोलजस्ता सेफ्टी फिचर प्रदान गरिएको छ ।

आर्क भेक्टर : यो संसारकै अत्याधुनिक इलेक्ट्रिक सुपरबाइकमध्ये एक मानिन्छ । यसको मूल्य करिब २ कराेड रुपैयाँ पर्छ । कार्बन फाइबर च्यासिस र १६.८ किलोवाट ब्याट्रीसहित आउने सो बाइकले १३३ बीएचपीको पावर जेनेरेट गर्छ । यसले ० देखि १०० किलोमिटर प्रतिघण्टा पुग्न मात्र ३.१ सेकेन्ड लिन्छ। फुल चार्जमा सो बाइकले २७० माइल भन्दा बढी रेन्ज दिन्छ ।

कम्ब्याट मोटर्स रैथ : यो बाइक पनि महँगो बाइकहरूको सूचीमा पर्छ। यसको मूल्य करिब २ करोड रुपैयाँ छ र यसको केवल २१ युनिट मात्र उत्पादन गरिएको थियो। यसमा २,१६३ सीसीको भी ट्विन इन्जिन जडान गरिएको छ, जसले ११०.५ पीएसको पावर र १९५ एनएमको टर्क उत्पादन गर्छ । यसमा आल्मुनियम मोनोकक फ्रेम, कार्बन फाइबर ह्विल र अनौठो डिजाइनले यसलाई विशेष बनाएको छ।

एएमबी ००१ प्रो : यसलाई एस्टन मार्टिन र ब्राउ सुपिरियरद्वारा संयुक्त रुपमा तयार पारिएको हो ।एएमबी ००१ प्रो मूल्य करिब २ कराेड १५ लाख पर्छ । यसमा ९९७ सीसीको वाटर कुल्ड डीओएचसी ८८ डिग्री ४ भोल्भ सिलिन्डर इन्जिन प्रयोग गरिएको छ । सो इन्जिनले २२५ हर्सपावर जेनेरेट गर्छ । यसमा हाई परफर्मेन्सको फियोर/होसेन फ्रन्ट फोर्क, मोनोशक रियर सस्पेन्शन, ६ स्पिड क्यासेट टाइप गियरबक्स, हाइड्रोलिक स्लिपर क्लच र हाइड्रोलिक ब्रेकको प्रयोग गरिएको छ ।

एमटीटी ४२० आरआर टर्बाइक सुपरबाइक : यो विश्वको सबैभन्दा महँगो बाइक हो । यसको मूल्य करिब ४ कराेड रुपैयाँ पर्छ। विमान इन्जिन जडान गरिएको सो बाइकले ४२० हर्सपावर र ६७८ एनएम टर्क उत्पन्न गर्छ। यसको उच्चतम गति ४३९ किलोमिटर प्रतिघण्टा रहेको छ ।  यसमा कार्बन फाइबर, दुई-स्पिड अटोमेटिक ट्रान्समिसन र क्यामेरा-आधारित रियर-भ्यु सिस्टम जस्ता एयरोस्पेस-ग्रेड प्रविधि प्रयोग गरिएको छ।

सम्बन्धित समाचारहरू

स्टक क्लियरेन्स अफर : हार्टफोर्ड भीआर १५० एच अब ३ लाख ६० हजारमा, १ लाख ३० हजार छुट

स्टक क्लियरेन्स अफर : हार्टफोर्ड भीआर १५० एच अब ३ लाख ६० हजारमा, १ लाख ३० हजार छुट

काठमाडौं – हार्टफोर्ड बाइकको नेपालका लागि आधिकारिक वितरक इग्निसन अटोले...

नयाँ ब्रान्ड मोर्बिडेलीका २ मोटरसाइकल नेपालमा, नाइमामा बुक गर्दा भारी छुट

नयाँ ब्रान्ड मोर्बिडेलीका २ मोटरसाइकल नेपालमा, नाइमामा बुक गर्दा भारी छुट

काठमाडौं – मोर्बिडेली नेपालले हाल राजधानीको भृकुटीमण्डपमा चलिरहेको...

ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्ससी नेपालमा सार्वजनिक

ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्ससी नेपालमा सार्वजनिक

काठमाडौं – ट्रायम्फ मोटरसाइकल्स नेपालले आफ्नो प्रसिद्ध ४०० सीसी मोडर्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...