आयोन वाईका साथ नेपाली बजारमा उपस्थिति विस्तार गर्दै जीएसी मोटर्स
जीएसी मोटर्स नेपाली बजारमा आफ्नो आधिकारिक बिक्रेता सीजी मोटर्समार्फत...
काठमाडौ. – नेपाली बजारमा नयाँ इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड रिभोल्ट भित्रिने भएको छ । नेपाली बजारमा एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइलले रिभोल्ट ब्रान्ड भित्र्याउने भएको हो ।
भारतमा राम्रो चर्चा कमाएको रिभोल्टका पाँच मोडल नेपाली बजारमा पनि उपलब्ध हुने कम्पनी स्रोतको भनाइ छ । नेपाली बजारमा पनि आरभी१, आरभी१ प्लस, आरभी ब्लेजएक्स, आरभी४०० बीआरजेड र आरभी४०० मोटरसाइकल उपलब्ध हुनेछन् ।
आरभी१ वाहेक अन्य सबै मोडलमा ३.२४ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ । आरभी१ मा भने २.२ किलोवाट आवरको ब्याट्री छ । त्यसगरी आरभी१ र आरभी१ प्लसमा २.८४ किलोवाटको पिक मोटर पावर र १.७९ किलोवाटको रेटेड मोटर पावर छ ।
अन्य तीन मोडलमा क्रमशः ४.०८, ४.१ र ३.९ किलोवाटको पिक मोटर पावर छ भने रेटेड मोटर पावर लगभग समान २.८ किलोवाट छ ।

यी सबै मोडलको मूल्य भने कम्पनीले लन्चिङको समयमा सार्वजनिक गर्ने बताएको छ । यी सबै मध्ये कम मूल्यको मोटरसाइकल आरभी१ हो । भारतमा यसको मूल्य लगभग ९० हजार भारु छ । सबैभन्दा बढी मूल्यको आरभी४०० को मूल्य १ लाख २४ हजार भारु छ ।
सिंगल चार्जमा १५० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको रिभोल्ट मोटरसाइकललाई फास्ट चार्जरको साहयतामा ८० मिनेटमै शून्यदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
कम्पनीले यी मोटरसाइकलको ब्याट्रीमा ५ वर्ष अर्थात ७५ हजार किलोमिटरको वारेन्टी र चार्जरमा २ वर्षको वारेन्टी दिएको छ ।
जीएसी मोटर्स नेपाली बजारमा आफ्नो आधिकारिक बिक्रेता सीजी मोटर्समार्फत...
काठमाडौँ – ओमोडा एन्ड जेइकोको नेपालका लागि आधिकारिक वितरक एसपीजी...
हालै सम्पन्न बेइजिङ अटो शोमा सार्वजनिक भएको ‘फ्ल्यास चार्जिङ’ प्रविधि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...