५ मोडलका रिभोल्ट इलेक्ट्रिक मोटरसाइकल नेपाल भित्र्याउँदै दुगड ग्रुप, यस्तो हुनेछ फिचर

काठमाडौ. – नेपाली बजारमा नयाँ इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड रिभोल्ट भित्रिने भएको छ । नेपाली बजारमा एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइलले रिभोल्ट ब्रान्ड भित्र्याउने भएको हो ।

भारतमा राम्रो चर्चा कमाएको रिभोल्टका पाँच मोडल नेपाली बजारमा पनि उपलब्ध हुने कम्पनी स्रोतको भनाइ छ । नेपाली बजारमा पनि आरभी१, आरभी१ प्लस, आरभी ब्लेजएक्स, आरभी४०० बीआरजेड र आरभी४०० मोटरसाइकल उपलब्ध हुनेछन् ।

आरभी१ वाहेक अन्य सबै मोडलमा ३.२४ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ । आरभी१ मा भने २.२ किलोवाट आवरको ब्याट्री छ । त्यसगरी आरभी१ र आरभी१ प्लसमा २.८४ किलोवाटको पिक मोटर पावर र १.७९ किलोवाटको रेटेड मोटर पावर छ ।

अन्य तीन मोडलमा क्रमशः ४.०८, ४.१ र ३.९ किलोवाटको पिक मोटर पावर छ भने रेटेड मोटर पावर लगभग समान २.८ किलोवाट छ ।

यी सबै मोडलको मूल्य भने कम्पनीले लन्चिङको समयमा सार्वजनिक गर्ने बताएको छ । यी सबै मध्ये कम मूल्यको मोटरसाइकल आरभी१ हो । भारतमा यसको मूल्य लगभग ९० हजार भारु छ । सबैभन्दा बढी मूल्यको आरभी४०० को मूल्य १ लाख २४ हजार भारु छ ।

सिंगल चार्जमा १५० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको रिभोल्ट मोटरसाइकललाई फास्ट चार्जरको साहयतामा ८० मिनेटमै शून्यदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

कम्पनीले यी मोटरसाइकलको ब्याट्रीमा ५ वर्ष अर्थात ७५ हजार किलोमिटरको वारेन्टी र चार्जरमा २ वर्षको वारेन्टी दिएको छ ।

सम्बन्धित समाचारहरू

चीनको प्रतिष्ठित कम्पनीले ल्यायो ‘बेस्ट एसयूभी इन द वर्ल्ड’, फर्स्ट आवरमै ३ हजार अर्डर

चीनको प्रतिष्ठित कम्पनीले ल्यायो ‘बेस्ट एसयूभी इन द वर्ल्ड’, फर्स्ट आवरमै ३ हजार अर्डर

चीनमा गत डिसेम्बर २० मा आईएम मोटर्सले सार्वजनिक गरेको इलेक्ट्रिक एसयूभी...

नयाँ शोरुमका साथ नेपालगञ्जमा सार्वजनिक भयो ओमोडा ई–फाइभ

नयाँ शोरुमका साथ नेपालगञ्जमा सार्वजनिक भयो ओमोडा ई–फाइभ

काठमाडौं – नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले...

आज बजेट सार्वजनिक हुँदै : सवारी साधनको कर बढ्ने चिन्ता

आज बजेट सार्वजनिक हुँदै : सवारी साधनको कर बढ्ने चिन्ता

आज सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि बजेट सार्वजनिक गर्दैछ । बजेटमा अन्य...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...