यामाहाले गुपचुप लन्च ग-यो सस्तो स्पोर्ट्स बाइक, यस्तो छ विशेषता
यामाहाले गोप्य तरिकाले आर१५ भी४ डार्क नाइट एडिसन बाइक १ लाख ८२ हजार भारु...
यामाहाले हालै भारतीय बजारमा नयाँ मोटरसाइकल एफजेड–एक्स लन्च गरेको छ । कम्पनीको १५० सीसी सेगमेन्टमा यो नयाँ मोटरसाइकल हो ।
नेपाली बजारमा समेत आगामी दिनमा उपलब्ध हुने यामाहा एफजेड–एक्स मोटरसाइकलका ५ विशेषता यस्ता छन् ः
डिजाइन
यामाहा एफजेड–एक्सको डिजाइन एकदमै सामान्य छ र राइडरले अपराइड पोजिसनमा बस्न मिल्ने छ । बजारमा नियो–रेट्रो स्टाइलका मोटरसाइकल धेरै नभएको अवस्थामा यामाहाले यो बजारमा प्रवेश गर्ने जमर्को गरेको छ । अन्तर्राष्ट्रिय बजारमा उपलब्ध यामाहा एसएक्सआर १५५ को डिजाइनबाट यसको डिजाइन प्रभावित छ ।
इन्जिन
एफजेड–एक्समा १४९ सीसी एफजेडएस–एफआई प्लेटफर्मको इन्जिन प्रयोग गरिएको छ । यसले १२.४ बीएचपी पावर र १३.३ एनएम टर्क जेनेरेट गर्छ ।
इन्जिनका साथ ५–स्पिड गियरबक्स उपलब्ध छ । सस्पेन्सनमा मोनोसकका साथ टेलिस्कोपिक फोर्क्स उपलब्ध छ । ब्रेकिङका लागि सिंगल च्यानल एबीएसका साथ डिस्क ब्रेक दिइएको छ ।
ब्लुटुथ कनेक्टिभिटी
यामाहा एफजेड–एक्समा भएको ब्लुटुथ कनेक्टिभिटीमार्फत यामाहाको वाई–कनेक्ट एप प्रयोग गर्न सकिन्छ । यसले स्मार्टफोनलाई जोड्छ र मिस्ड कल, इमेल, म्यासेज र फोनको ब्याट्री लेवल आदि थाहा पाउन सकिन्छ । यसले मोटरसाइकलको इन्जिन आयल र ब्याट्री लेवल समेत थाहा दिन्छ ।
आधुनिक फिचर
यो मोटरसाइकल हेर्दा सामान्य लागे पनि यसमा धेरै आधुनिक फिचर राखिएका छन् । यामाहा एफजेड–एक्समा अघिल्लो र पछिल्लो भागमा एलईडी लाइट, एलईडी फ्ल्यासर, सिंगल च्यानल एबीएस, साइड स्ट्यान्ड इन्जिन कटअफ र ब्लक प्याटर्न टायर जस्ता फिचर उपलब्ध छन् ।
मूल्य
भारतीय बजारमा एफजेड–एक्सको मूल्य १ लाख २० हजार भारु सम्म तोकिएको छ । लगभग उस्तै फिचर भएको एफजेड मोटरसाइकल भन्दा यसको मूल्य केही महंगो छ ।
नेपाली बजारमा उपलब्ध एफजेडएस–एफआई मोटरसाइकलको मूल्य २ लाख ८४ हजार ९ सय रुपैयाँ छ । यसका आधारमा एफजेड–एक्सको मूल्य ३ लाख रुपैयाँ हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।
यामाहाले गोप्य तरिकाले आर१५ भी४ डार्क नाइट एडिसन बाइक १ लाख ८२ हजार भारु...
काठमाडौँ — नेपालमा फुटबल क्रेज निकै लोभलाग्दो छ । नेपाली फुटबल समर्थकहरू...
यामाहाले हाल बजारमा उपलब्ध आर१५ को नयाँ भर्सन कस्तो ल्याउला भन्ने समाचार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...