लन्च भयो फोर भल्वयुक्त हिरो एक्सपल्स २००, अझै पावरफुल र फिचर लोडेड
हिरो मोटोकर्पले भारतीय बजारमा पावरफुल एक्सपल्स २०० ४भी लन्च गरेको छ । यसको...
हिरो मोटोकर्पले चौथो जेनेरेशन नयाँ हिरो एक्सपल्स २०० भारतीय बजारमा लन्च गरेको छ । कम्पनीले सो बाइक २ लाख भारु एक्स शोरुम मूल्यमा लन्च गरेको हो । सो बाइकको यो नयाँ भर्सन अधिकांश अफरोड आधारित ¥याली किटमा उपलब्ध छ ।
१. लुक्स र डिजाइन
नयाँ हिरो एक्सपल्स २०० फोरभीमा केही परिवर्तन गरिएको छ । यसमा नयाँ विशेष ¥याली कोड पेन्ट स्किम समावेश छ, जसलाई सिलिन्डर हेडमा रातो फिनिसिङ दिइएको छ । सो बाइकलाई हिरोको फ्याक्ट्री डकार रेसर सीएस सन्तोषको अटोग्राफले फरक पहिचान दिएको छ । यद्यपि यो भर्सनमा अफ–रोड फोकस गरिएको ब्ल्याक प्याटर्न म्यक्सिस टायर उपलब्ध छैन । यसमा सिएट टायर समावेश गरिएको छ ।
२. अपेडट स्पेसिफिकेशन
नयाँ हिरो एक्सपल्स २०० बाइकको फ्रन्टमा अग्लो र ठूलो ३७ एमएमको एडजस्टेबल फोक्स सस्पेन्सन र पछाडि मोनो–शक युनिट समावेश गरिएको छ । साथै कम्पनीले सो बाइकको ग्राउण्ड क्लियरेन्समा पनि सुधार गरेको छ । यसको ग्राउण्ड क्लियरेन्स २७० एमएम र सिटको उचाई ८ सय ८५ एमएम छ । ह्यान्डलबार ४० एमएमभन्दा लामो छ ।
३. इन्जिन र गियरबक्स
कम्पनीले सो नयाँ भर्सनको इन्जिनमा कुनै परिवर्तन गरेको छैन । नयाँ हिरो एक्सपल्स २०० मा १९९ सीसीको सिंगल सिलिन्डर पेट्रोल इन्जिन जडान गरिएको छ, जसले १९ बीएचपीको पावर र १७.३५ एनएमको टर्क जेनेरेट गर्छ ।
४. बुकिङ
कम्पनीले नयाँ हिरो एक्सपल्स २०० को बुकिङ जुलाई २२ देखि २९ जुलाईसम्म मात्र खुला गर्नेछ ।
५. मूल्य
नयाँ हिरो एक्सपल्स २०० भारतमा १ लाख ५२ हजार १०० भारुमा लन्च गरिएको छ । यसको मुल्य बाइकको स्ट्यान्डर्ड भर्सनको तुलनामा १६ हजार १२२ भारु मँहगो बनाएको छ । नेपाली बजारमा तत्काल यो बाइक आउने सम्भावना भने छैन ।
हिरो मोटोकर्पले भारतीय बजारमा पावरफुल एक्सपल्स २०० ४भी लन्च गरेको छ । यसको...
प्रिमियम लाइफस्टाइल बाइकको बजारमा एकछत्र राज गरिरहेको रोयल इन्फिल्डलाई...
भारतको सवैभन्दा ठूलो टु ह्विलर उत्पादक हिरोले एक्सपल्स २०० २भीको उत्पादन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...