यस्तो छ हालै सार्वजनिक बजाजको नयाँ मोटरसाइकल पल्सर एन२५० का ५ विशेषता

भारतको दिग्गज टु ह्विलर कम्पनी बजाज अटोले बजाज पल्सर २५० रेन्जमा दुई मोटरसाइकल लन्च गरेको छ । कम्पनीले फुल फेयर बजाज पल्सर एफ२५० र नेकेड स्ट्रिटफाइटर बजाज पल्सर एन२५० लन्च गरेको हो ।

सो दुबै बाइक नयाँ ट्युबुलर फ्रेम चेसिसमा विकसित गरिएको हो र यसमा नयाँ इन्जिन समावेश गरिएको छ । पल्सर एन२५० मा भएका नयाँ फिचर र अपडेटेड डिजाइन लगायतका विभिन्न विशेषता यी हुन् ।

डिजाइन र कलर
पल्सर एन२५० को केही डिजाइन पल्सर एनएस२०० जस्तै राखिएको छ । बाइकको स्टाइलिङमा प्रमुख फ्रन्ट फेसिया हो, जसमा स्लिम एलईडी डीआरएलले घेरिएको एलईडी प्रोजेक्टर समावेश छ । यसमा शार्प फ्युल ट्यांक एक्सटेन्सन, स्लीक र रेक्ड टेल सेक्सनले बाइकलाई आक्रामक बनाएको छ । सो बाइक हाल टेक्नो ग्रे कलरमा मात्र उपलब्ध रहेको छ ।

फिचर
बजाज पल्सर एन२५० मा डाउन सिफ्टिङमा सहज र सुरक्षित गियरसिफ्टको लागि सहायक र स्लिपर क्लच जडान गरिएको छ । बाइकमा एलसीडी युनिटसहितको नयाँ सेमी–डिजिटल कन्सोल समावेश छ । जसले गियरको स्थिति, माइलेज, क्लक, रेन्ज, इन्धनको स्थिति देखाउँछ । यसको ह्यान्डलबार मुनि यूएसबी चार्जिङ पोर्ट पनि समावेश गरेको छ ।

विभिन्न पार्ट्स
बजाज पल्सर एन२५० बाइकमा १७ इन्चको अलोय ह्वील, फ्रन्टमा १००/८० र रियरमा १३०/७० सेक्सनको टायर जडान गरिएको छ । सस्पेन्सनका लागि फ्रन्टमा ३७ एमएमको टेलिस्कोपिक फोर्क र रियरमा मोनोसक रहेको छ । ब्रेकिङको लागि सिंगल डिस्क ब्रेक र इन्धन ट्यांक क्षमता १४ लिटरको छ ।

इन्जिन
बजाज पल्सर एन२५० मा नयाँ २५०सीसी, आयल–कूल्ड इन्जिन समावेश गरेको छ । जसले २४.१ बीएचपीको पावर र २१.५ एनएम टर्क जेनेरेट गर्छ । इन्जिनमा ५ स्पिड गियरबक्स जोडिएको छ ।

मूल्य र प्रतिस्पर्धा
बजाज पल्सर एन२५० एउटा भेरिएन्टमा मात्र पेश गरेको छ, जसको मूल्य १ लाख ३८ हजार भारु तोकिएको छ । सो बाइक पल्सर एफ२५० भन्दा २००० भारु सस्तो छ । पल्सर एफ२५० को मूल्य १ लाख ४० हजार भारु रहेको छ । भारतमा सो बाइकले सुजुकी जिक्सर २५० र यामाहा एफजेड२५ सँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

फुल चार्जमा १५३ किलोमिटरको रेन्ज र ३५ लिटर स्टोरेज क्षमता भएको बजाज चेतक ३५ सिरिज लन्च

फुल चार्जमा १५३ किलोमिटरको रेन्ज र ३५ लिटर स्टोरेज क्षमता भएको बजाज चेतक ३५ सिरिज लन्च

बजाज अटोले भारतीय बजारमा आफ्नो लोकप्रिय इलेक्ट्रिक स्कुटरको नयाँ...

पल्सर एफ २५० को नयाँ संस्करण सार्बजनिक, यस्तो छ मूल्य र विशेषता

पल्सर एफ २५० को नयाँ संस्करण सार्बजनिक, यस्तो छ मूल्य र विशेषता

बजाजले भारतमा पल्सर एफ २५० को २०२४ संस्करण सार्वजनिक गरेको छ । बाइकको मूल्य...

अब ४० प्रतिशत डाउन पेमेन्टमै बजाज बाइक पाइने, शून्य प्रतिशत ब्याजदर

अब ४० प्रतिशत डाउन पेमेन्टमै बजाज बाइक पाइने, शून्य प्रतिशत ब्याजदर

काठमाडौं – बजाज बाइक किन्न चाहनेहरुका लागि अब झनै सजिलो हुने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...