‘मोटुल इन्डिया एलिट क्लब’ मा समावेश हुनुको कारण र फाइदा वारेमा यस्तो छ सीईओको विचार

हाई पर्फमेन्स आयल र लुब्रिकेन्ट उत्पादनको विशेषज्ञता हासिल गरेको मोटुल विश्व प्रसिद्ध फ्रेन्च कम्पनी हो । नवप्रवर्तन र गुणस्तरीयताका लागि परिचित मोटुल अटोमोटिभ र इन्डष्ट्रियल क्षेत्रमा विश्वमै लोकप्रिय छ ।

नेपालका लागि मोटुल लुब्रिकेन्टको आधिकारिक वितरक आईएमई इलेक्ट्रिक हो । नेपालको लुब्रिकेन्ट बजारमा यसले छोटो समयमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।

मोटुल लुब्रिकेन्ट बिक्री–वितरण प्रारम्भ गरेको ६ महिनामै आईएमई इलेक्ट्रिक ‘मोटुल इन्डिया एलिट क्लब’ मा प्रतिष्ठित स्थान बनाउन सफल भएको छ । गत जुलाई १२ मा मोटुल इन्डियाले प्रागमा आयोजना गरेको ‘एलिट क्लब कन्फ्रेन्स’ मा सो महत्वपूर्ण उपलब्धि मनाइएको थियो ।

सो इभेन्टमा भारत, नेपाल, बंगलादेश र श्रीलंकाका टप–पर्फमिङ डिस्ट्रिब्युटर्सहरु सहभागी थिए । आईएमई अटोमोटिभका सीईओ हेमन्त पुराणिकका अनुसार त्यसमा पनि नेपाली बजारमा आईएमई इलेक्ट्रिकले गरेको आउटस्ट्यान्डिङ पर्फमेन्सलाई विशेष महत्व दिइएको थियो ।

आईएमई इलेक्ट्रिकलाई किन र के कारणले मोटुल इन्डिया एलिट क्लबमा समावेश गरिएको हो त ? यस वारेमा सीईओ पुराणिकको भनाइ यस्तो छ

१. राष्ट्रव्यापी पहुँच
आईएमई इलेक्ट्रिकले मोटुल लुब्रिकेन्टलाई देशव्यापी रुपमा विस्तार गर्ने आफ्नो विशेष क्षमता प्रदर्शन गरेको छ । ६ महिनाको अवधिमै देशभर १०० भन्दा बढी नेटवर्क पार्टनर स्थापना गरेर मोटुलका उत्पादनलाई देशभरका ग्राहक माझ पु¥याउन कम्पनी सक्षम बनेको छ ।

२. बिक्रीमा उल्लेखनिय वृद्धि
मासिक रुपमा निरन्तर रुपमा बिक्री बढाउदै जानु आईएमई इलेक्ट्रिकका लागि कुनै नयाँ काम होइन । तर यसरी बिक्रीको मात्रा निरन्तर रुपमा बढ्दै जानु भनेको ग्राहक सन्तुष्टि बढाउँदै जानु र नयाँ नयाँ बजार प्रवेश गर्नु झन् कम्पनीको लागि महत्वपूर्ण कार्य हो । यसबाट यो क्षेत्रमा कम्पनीले उत्कृष्ट कार्य गरिरहेको समेत प्रमाणित भएको छ ।

३. ब्रान्ड सहकार्य
अटोमोटिभ र इन्डष्ट्रियल लुब्रिकेसन इन्डष्ट्रिको क्षेत्रमा मोटुल विश्वव्यापी रुपमा हाई–पर्फमेन्स र इनोभेटिभ प्रोडक्ट उत्पादन गर्ने ब्रान्डको रुपमा परिचित छ । यस प्रकारको प्रतिष्ठित ब्रान्डसँग सहकार्य गरेर आईएमई इलेक्ट्रिकले उत्कृष्टताको लागि गरेको कम्पनीको प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ ।

४. प्रिमियम प्रोडक्टमा पहुँच
मोटुल इन्डिया एलिट क्लबको सदस्यकोे नाताले अब आईएमई इलेक्ट्रिकले मोटुलका अत्याधुनिक र सबैभन्दा उन्नत उत्पादनमा विशेष पहुँच प्राप्त गर्नेछ । यसबाट कम्पनीले नेपाली ग्राहकलाई कम्पनीका उच्च गुणस्तरीय लुब्रिकेन्ट र फ्लुइड उपलब्ध गराउन सक्ने छ र नेपाली बजारको नेतृत्व लिनमा जोड दिनेछ ।

५. नेटवर्किङ र उद्योगमा पहिचान
एलिट क्लबको सदस्यता पश्चात आईएमई इलेक्ट्रिकले यो क्षेत्रका विशेषज्ञ, व्यवसायी र हाई क्वालिटी तथा पर्फमेन्समा लागिपरेका अन्य सदस्यहरुसँग नेटवर्किङ गर्ने मौका पाउने छ । यसबाट आईएमई इलेक्ट्रिकको ब्रान्ड इमेज अझै बढेको छ भने उद्योग भित्रको स्थिति र मान्यतामा समेत वृद्धि भएको छ ।

मोटुल इन्डियाले नेपाली बजारलाई विशेष महत्व दिएको र यसका आधारमा यहाँ मोटुलको उपस्थिति समेत राम्रो रहेको मान्न सकिन्छ । गत माघ महिनामा औपचारिक कार्यक्रमको आयोजना गरी मोटुलले आईएमई इलेक्ट्रिकसँग सहकार्यको घोषणा गरेको थियो ।

सम्बन्धित समाचारहरू

बुटवल र भैरहवामा टोटल इनर्जिज लुब्रिकेन्ट्सको निःशुल्क सर्भिस क्याम्प सम्पन्न

बुटवल र भैरहवामा टोटल इनर्जिज लुब्रिकेन्ट्सको निःशुल्क सर्भिस क्याम्प सम्पन्न

काठमाडौं–बुटवल र भैरहवामा टोटल इनर्जिज लुब्रिकेन्ट्सको निःशुल्क सर्भिस...

लक्ष्मी ल्युब आयलको च्यानल पार्टनर्स मिट २०२५ सफलतापूर्वक सम्पन्न

लक्ष्मी ल्युब आयलको च्यानल पार्टनर्स मिट २०२५ सफलतापूर्वक सम्पन्न

काठमाडौं – टोटल इनर्जिजको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ल्युब...

स्मार्ट लुब्रिकेन्ट्सको तेस्रो बार्षिक साधरणसभा बैंककमा हुने, बिक्री ३० प्रतिशतले बृद्धि

स्मार्ट लुब्रिकेन्ट्सको तेस्रो बार्षिक साधरणसभा बैंककमा हुने, बिक्री ३० प्रतिशतले बृद्धि

काठमाडौं–स्मार्ट लुब्रिकेन्ट्सको तेस्रो वार्षिक साधारणसभा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...