सुरक्षा लुब्रिकेन्टको डिलर मिट सम्पन्न, उत्कृष्ट डिलर र अन्य पुरस्कृत
विराटनगर – नेपालमै उत्पादित लुब्र्रिकेन्ट ‘सुरक्षा लुब्रिकेन्ट’ को डिलर...
हाई पर्फमेन्स आयल र लुब्रिकेन्ट उत्पादनको विशेषज्ञता हासिल गरेको मोटुल विश्व प्रसिद्ध फ्रेन्च कम्पनी हो । नवप्रवर्तन र गुणस्तरीयताका लागि परिचित मोटुल अटोमोटिभ र इन्डष्ट्रियल क्षेत्रमा विश्वमै लोकप्रिय छ ।
नेपालका लागि मोटुल लुब्रिकेन्टको आधिकारिक वितरक आईएमई इलेक्ट्रिक हो । नेपालको लुब्रिकेन्ट बजारमा यसले छोटो समयमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।
मोटुल लुब्रिकेन्ट बिक्री–वितरण प्रारम्भ गरेको ६ महिनामै आईएमई इलेक्ट्रिक ‘मोटुल इन्डिया एलिट क्लब’ मा प्रतिष्ठित स्थान बनाउन सफल भएको छ । गत जुलाई १२ मा मोटुल इन्डियाले प्रागमा आयोजना गरेको ‘एलिट क्लब कन्फ्रेन्स’ मा सो महत्वपूर्ण उपलब्धि मनाइएको थियो ।
सो इभेन्टमा भारत, नेपाल, बंगलादेश र श्रीलंकाका टप–पर्फमिङ डिस्ट्रिब्युटर्सहरु सहभागी थिए । आईएमई अटोमोटिभका सीईओ हेमन्त पुराणिकका अनुसार त्यसमा पनि नेपाली बजारमा आईएमई इलेक्ट्रिकले गरेको आउटस्ट्यान्डिङ पर्फमेन्सलाई विशेष महत्व दिइएको थियो ।
आईएमई इलेक्ट्रिकलाई किन र के कारणले मोटुल इन्डिया एलिट क्लबमा समावेश गरिएको हो त ? यस वारेमा सीईओ पुराणिकको भनाइ यस्तो छ
१. राष्ट्रव्यापी पहुँच
आईएमई इलेक्ट्रिकले मोटुल लुब्रिकेन्टलाई देशव्यापी रुपमा विस्तार गर्ने आफ्नो विशेष क्षमता प्रदर्शन गरेको छ । ६ महिनाको अवधिमै देशभर १०० भन्दा बढी नेटवर्क पार्टनर स्थापना गरेर मोटुलका उत्पादनलाई देशभरका ग्राहक माझ पु¥याउन कम्पनी सक्षम बनेको छ ।
२. बिक्रीमा उल्लेखनिय वृद्धि
मासिक रुपमा निरन्तर रुपमा बिक्री बढाउदै जानु आईएमई इलेक्ट्रिकका लागि कुनै नयाँ काम होइन । तर यसरी बिक्रीको मात्रा निरन्तर रुपमा बढ्दै जानु भनेको ग्राहक सन्तुष्टि बढाउँदै जानु र नयाँ नयाँ बजार प्रवेश गर्नु झन् कम्पनीको लागि महत्वपूर्ण कार्य हो । यसबाट यो क्षेत्रमा कम्पनीले उत्कृष्ट कार्य गरिरहेको समेत प्रमाणित भएको छ ।
३. ब्रान्ड सहकार्य
अटोमोटिभ र इन्डष्ट्रियल लुब्रिकेसन इन्डष्ट्रिको क्षेत्रमा मोटुल विश्वव्यापी रुपमा हाई–पर्फमेन्स र इनोभेटिभ प्रोडक्ट उत्पादन गर्ने ब्रान्डको रुपमा परिचित छ । यस प्रकारको प्रतिष्ठित ब्रान्डसँग सहकार्य गरेर आईएमई इलेक्ट्रिकले उत्कृष्टताको लागि गरेको कम्पनीको प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ ।
४. प्रिमियम प्रोडक्टमा पहुँच
मोटुल इन्डिया एलिट क्लबको सदस्यकोे नाताले अब आईएमई इलेक्ट्रिकले मोटुलका अत्याधुनिक र सबैभन्दा उन्नत उत्पादनमा विशेष पहुँच प्राप्त गर्नेछ । यसबाट कम्पनीले नेपाली ग्राहकलाई कम्पनीका उच्च गुणस्तरीय लुब्रिकेन्ट र फ्लुइड उपलब्ध गराउन सक्ने छ र नेपाली बजारको नेतृत्व लिनमा जोड दिनेछ ।
५. नेटवर्किङ र उद्योगमा पहिचान
एलिट क्लबको सदस्यता पश्चात आईएमई इलेक्ट्रिकले यो क्षेत्रका विशेषज्ञ, व्यवसायी र हाई क्वालिटी तथा पर्फमेन्समा लागिपरेका अन्य सदस्यहरुसँग नेटवर्किङ गर्ने मौका पाउने छ । यसबाट आईएमई इलेक्ट्रिकको ब्रान्ड इमेज अझै बढेको छ भने उद्योग भित्रको स्थिति र मान्यतामा समेत वृद्धि भएको छ ।
मोटुल इन्डियाले नेपाली बजारलाई विशेष महत्व दिएको र यसका आधारमा यहाँ मोटुलको उपस्थिति समेत राम्रो रहेको मान्न सकिन्छ । गत माघ महिनामा औपचारिक कार्यक्रमको आयोजना गरी मोटुलले आईएमई इलेक्ट्रिकसँग सहकार्यको घोषणा गरेको थियो ।
विराटनगर – नेपालमै उत्पादित लुब्र्रिकेन्ट ‘सुरक्षा लुब्रिकेन्ट’ को डिलर...
तपाईले चलाइरहेको सवारी साधनबाट कुनै समयमा कालो धुवाँ निस्कन सक्छ । यो...
काठमाडौं – विश्व प्रख्यात लुब्रिकेन्ट ब्रान्ड भिडोलले नेपालमै उत्पादन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...