मोटरहेडको ५ दिने एक्सचेन्ज क्याम्प हुने, पुरानो बाइकमा थप २० हजार दिइने

काठमाडौं – मोटरहेड ब्रान्डको नेपालका लागि आधिकारीक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले यही माघ १९ गते देखि लागू हुने गरी ५ दिने एक्सचेन्ज क्याम्प सञ्चालन गर्ने भएको छ ।

उपत्यका भित्रका सबै शोरुमहरुमा लागू हुने उक्त कार्यक्रममा कम्पनीले यस पटक पुरानो बाइकको बजार मूल्यांकनमा थप २० हजार रुपैयाँ दिने भएको छ । यस अघि कम्पनीले थप मुल्यांकनमा १५ हजार रुपैयाँ दिने गरेको थियो ।

यसका साथै उक्त पाँच दिने कार्यक्रम एक्सचेन्ज नगरी नगदमै मोटरहेडका बाइक खरिद गर्दा १० हजार छुट र फाइनान्स खरिदमा ८ हजार रुपैयाँ छुटको व्यवस्था गरेको छ । उपत्यका भित्र कम्पनीको ५ ठाउँमा शोरुम रहेको छ ।

धोविघाट, सल्लाघारी, टेकु, चावहिल र बालाजुमा रहेको शोरुमहरुबाट आफूले पायक पर्ने गरी यो अफरको फाइदा लिन सकिने कम्पनीले बताएको छ । बजारमा राम्रो प्रवेश गर्न सफल यस ब्राण्डका हाल ७ मोडल रहेका छन्, जसमा अफरोड राइडका लागि स्पोर्ट्स २५०, एक्स–टर्क २५०, एमएच–२००एक्स र रोड तथा अफरोड दुवैलाई हुने गरी टेक्कन २५०, टेक्कन २५०आर (नयाँ एडिसन), एमएच १५०आर र स्क्र्याम्बलर रहेका छन् ।

मोटरहेडका वाइकहरुको मूल्य ३ लाख ५ हजार देखि देखि लिएर ४ लाख ४५ हजार रुपैयाँ सम्म रहेको छ । कम्पनीले बिक्रीलाई सहज बनाउन र ग्राहकलाई सजिलो महसुस गराउन विभिन्न रिकन्डिसन र फाइनान्सहरुसँग सहकार्य गरी अघि बढेको जानकारी कम्पनीले दिएको छ ।

यसका साथै बिक्री पछिको सेवालाई सवल र सहज बनाउन आवश्यकीय तालिम दिलाई विभिन्न ठाउँमा आधिकारिक मर्मत केन्द्रहरुको स्थापना गर्दै गरेको जानकारी दिइएको छ ।

सम्बन्धित समाचारहरू

ट्यारोका ५ मोडल नेपालमा : मूल्य ९ लाख ५० हजार सम्म

ट्यारोका ५ मोडल नेपालमा : मूल्य ९ लाख ५० हजार सम्म

काठमाडौं – इटालीमा डिजाइन भएको र प्रविधिलगायतका विभिन्न सपोर्टका लागि...

मोटरहेडको स्टक क्ल्यिरेन्स अफर : बाइक किन्दा ४० हजार सम्म छुट

मोटरहेडको स्टक क्ल्यिरेन्स अफर : बाइक किन्दा ४० हजार सम्म छुट

काठमाडौं – नेपालका लागि मोटरहेड बाइकको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड...

यस्तो छ सलमान खानले प्रयोग गर्ने बुलेटप्रुफ टोयोटा ल्यान्डक्रुजर

यस्तो छ सलमान खानले प्रयोग गर्ने बुलेटप्रुफ टोयोटा ल्यान्डक्रुजर

बलिउड अभिनेता सलमान खान गत हप्ता पहिलो पटक बुलेटप्रुफ टोयोटा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...