काठमाडौंको सडकमा एउटै नम्बर प्लेटका पाँच बाइक

काठमाडौँ उपत्यकाबाट एउटै नम्बर प्लेट भएका ५ वटा बाइकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले शङ्कास्पद अवस्थामा से ७ प ८५६२ नम्बरको ३५० सिसीको बुलेट बाइक चलाइरहेका अछाम घर भई कोटेश्वर बस्ने वर्ष २८ का हिमाल खत्रीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उक्त तथ्य खुलेको हो ।

खत्रीसँग बरामद भएको बुलेट बाइक नेपालमा दर्ता नभएको जानकारी पश्चात थप अनुसन्धान गर्दै जाँदा सोही नम्बरको अर्को मोटरसाइकल छ भन्ने पत्ता लागेको हो । बाइकको खोजतलासमा निस्केको टोलीले मध्यवानेश्वरमा बस्दै आएका अछाम चौरपाटी गाउँपालिका–२ घर भएका २५ वर्षीय प्रमोद कुँवरलाई समेत से ७ प ८५६२ नम्बरको ३५० सिसीको बुलेट बाइकसहित नियन्त्रणमा लिइएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वकराज खड्काले जानकारी दिए । कार्यालयले घटना विवरणसहित आरोपीलाई सार्वजनिक गरेको छ ।

उक्त बाइकको वास्तविक नम्बर बागमती प्रदेश ०२–०४७ प १९७५ रहेको र काठमाडौँस्थित रानीबारीबाट गत साउन २८ गते हराएको थियो ।  रानीबारी बस्ने रुपन्देहीका अनुज पाण्डेले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए । सोधपुछका क्रममा से ७ प ८५६२ नम्बर भएको अर्को बाइकसमेत रहेको चोरीमा संलग्न कुँवरबाट खुलेपछि उक्त बाइक पनि छाउनीबाट नियन्त्रणमा लिइएको हो । 

अनुसन्धानका क्रममा वास्तविक नम्बर बागमती प्रदेश ०२–०३८ प ९२५३ रहेको उक्त बाइक काडाँघारी बस्ने ओखलढुङ्गाका उत्तमकुमार पराजुलीको रहेको खुल्न आएको हो । उक्त बाइक ललितपुरको बालकुमारी क्षेत्रबाट गत वर्ष असोजमा हराएको थियो ।

थप अनुसन्धान एवं कारबाहीका लागि चोरीमा संलग्न कुँवरलाई बरामद भएका बाइकसहित प्रहरी वृत्त लैनचौरमा र नेपालमा दर्ता नगरी भन्सार छलेको आशङ्कामा बुलेट बाइकसहित खत्रीलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरण पठाइएको प्रवक्ता खड्काले जानकारी दिए ।

थप अनुसन्धान गर्दै जाँदा करिब एक महिना अगाडि से ७ प ८५६२ नम्बर प्लेट भएको बाइक बेवारिसे अवस्थामा फेला पारिएको थियो ।  वास्तविक नम्बर बा प्र ०२–०२२ प ५०७८ भएको उक्त बाइक बागबजार बस्ने हितेश तण्डुकारले सिफल एरियाबाट हराएको भनी ट्राफिक प्रहरीमा निवेदन दिएका थिए । थप सूचनाका आधारमा नियन्त्रणमा लिइएको वास्तविक नम्बर से ७ प ८५६२ भएको भन्सार पठाइएकोमा उक्त बाइक आरोपी खत्रीको रहेको तथ्य खुलेको छ । उनले उक्त बाइकको वास्तविक कागजात प्रयोग गरी अन्य बाइक समेत त्यही नम्बर राखेर प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । 

सम्बन्धित समाचारहरू

सहज र सुरक्षित सेवाका लागि गैरआवासीय नेपालीको लगानीमा शुरु भयो ई–क्याब ट्याक्सी सेवा

सहज र सुरक्षित सेवाका लागि गैरआवासीय नेपालीको लगानीमा शुरु भयो ई–क्याब ट्याक्सी सेवा

काठमाडौं – नेपाली राइड सेयर बजारमा अर्को कम्पनीको प्रवेश भएको छ । ई–क्याब...

नारायणी नदीमा सिग्नेचर पुल बन्ने

नारायणी नदीमा सिग्नेचर पुल बन्ने

काठमाडौं -चितवन र नवलपरासीलाई जोड्ने नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माण...

यी कारणले गर्मीमा गाडीमा आगलागी हुन्छ, यी कुरामा ध्यान दिनुहोस्

यी कारणले गर्मीमा गाडीमा आगलागी हुन्छ, यी कुरामा ध्यान दिनुहोस्

गर्मीको मौसममा सवारी साधनको ख्याल राख्नु एकदमै जरुरी छ। सवारी साधनको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...