पहिलो रोनिन कल्ट राइड सफलतापूर्वक सम्पन्न

काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले आफ्ना सम्मानित ग्राहकहरूका लागि विभिन्न पृष्ठभूमिका ३० जना राइडरहरूसहित काठमाडौंदेखि कुलेखानीसम्मको यात्रा, “फर्स्ट रोनिन कल्ट राइड” सफलतापूर्वक आयोजना गरेको छ ।

२३ वर्षीय राइडर सञ्जय आलेले सो महत्वपूर्ण सवारीका लागि पोखरा देखि काठमाडौंसम्मको यात्रा गरेर सहभागीहरूको साहसिक जोशको प्रतीक बने । उनी भन्छन, ‘यो केवल सवारी मात्र नभई एक साहसिक यात्रा थियो । टीभीएस रोनिनले हरेक मोडमा आफ्नो क्षमता प्रमाणित गर्दै अफरोड भूभागहरूमा पनि ह्यान्डल गर्न सहज थियो ।’

जेठ १२ गते आयोजित, ’रोनिन कल्ट राइड’ आधुनिक रेट्रो मोटरसाइकल उत्साहीहरूका बीच साहसिक र सौहाद्र्रताको भावनाका साथ उत्कृष्ट सफलता हासिल ग¥यो। २३ देखि ५५ वर्ष उमेरका सहभागीहरूको विविध समूहको उपस्थिति रहेको उक्त यात्रा काठमाडौंदेखि कुलेखानीसम्म केही चुनौतीपूर्ण भूभाग समेटिएको थियो।

अफरोड र भारी वर्षाका कारण यात्राको समयमा चुनौती अझै थप भए तापनि राइडरहरूले अटल उत्साह र ऊर्जाका साथ यात्रा पुरा गरेको कम्पनीको भनाइ छ। मौसमका कारण कुलेखानीको तालमा डुङ्गा चढ्ने र माछा मार्ने योजना रद्द गर्नुपर्ने भए पनि सहभागीहरूको दृढता र मनोबलले यात्रामा उत्साह थपेको थियो ।

अगाडि र पछाडि रहेको डुअल–च्यानल एबीएस सहितको डिस्क ब्रेकको साथ, रोनिनले जुनसुकै मौसम र जस्तोसुकै भूभागहरूमा उत्कृष्ट स्टपिङ पावरसँगै राइडरको सुरक्षा सुनिश्चित गर्दछ। यात्रामा राइडरहरूले टीभीएस रोनिनलाई लामो यात्राका लागि आरामदायी र भरपर्दो सवारी साधनको रूपमा आफ्नो विश्वास व्यक्त गरेका थिए ।

यसको उच्चतम २२५ सीसी सिंगल सिलिन्डर इन्जिनले बलियो टर्क र सहज पावर डेलिभरी प्रदान गर्दछ, जसले यसलाई शहरी र लामो दुरी दुवै यात्राका लागि उपयुक्त बनाउँछ। यसमा समावेश उत्कृष्ट विशेषताहरूका साथ, उत्कृष्ट निर्माण र स्टाइलिश रेट्रो–आधुनिक डिजाइनले टीभीएस रोनिनलाई मोटरसाइकल मात्र नभई हरेक यात्राको एक विश्वसनीय साथी बनाउँछ ।

नेपाली जनतामाझ राइडर फ्ल्यागशिप मोडलको रुपमा टीभीएस अपाचे आरटीआर र एनटर्क लोकप्रिय छन् । यो ब्रान्ड पावरको हिसाबले र स्पोर्टी लुकसहितको मोटरसाइकलको रुपमा लोकप्रियता हासिल गरेको छ ।

जगदम्बा मोटर्सका नेपालभर १४० भन्दा बढी सेल्स, सर्भिस र स्पेयर्स सहितको थ्रीएस डिलरहरू र २०० भन्दा बढी आधिकारिक सेवा केन्द्रहरूका साथ काठमाडौंमा ६ विशेष शोरूमहरू सहितको विस्तृत डिलर नेटवर्क रहेका छन् ।

सम्बन्धित समाचारहरू

हुन्डाईले टीभीएससँग साझेदारी गरेर इलेक्ट्रिक थ्री–ह्विलर ल्याउँदै

हुन्डाईले टीभीएससँग साझेदारी गरेर इलेक्ट्रिक थ्री–ह्विलर ल्याउँदै

हुन्डाईले टीभीएससँग साझेदारी गरेर इलेक्ट्रिक लास्ट–माइल मोबिलिटी खण्डमा...

यस्तो छ टीभीएस एनटर्कको ६ वटै भेरिएन्टको मूल्य

यस्तो छ टीभीएस एनटर्कको ६ वटै भेरिएन्टको मूल्य

काठमाडौं– टीभीएस एनटर्कले टु–ह्विलर बजारमा पछिल्लो समय निकै राम्रो चर्चा...

१२५ सीसी सेग्मेन्टमा टीभीएस रेडरको बजार कस्तो रहला : तुलनात्मक विश्लेषण

१२५ सीसी सेग्मेन्टमा टीभीएस रेडरको बजार कस्तो रहला : तुलनात्मक विश्लेषण

विशेषतः प्रौढ उमेर समूहका उपभोक्ताले बढी मात्रामा रुचाउँदै आइरहेको १२५...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...