पहिलो रोनिन कल्ट राइड सफलतापूर्वक सम्पन्न

काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले आफ्ना सम्मानित ग्राहकहरूका लागि विभिन्न पृष्ठभूमिका ३० जना राइडरहरूसहित काठमाडौंदेखि कुलेखानीसम्मको यात्रा, “फर्स्ट रोनिन कल्ट राइड” सफलतापूर्वक आयोजना गरेको छ ।

२३ वर्षीय राइडर सञ्जय आलेले सो महत्वपूर्ण सवारीका लागि पोखरा देखि काठमाडौंसम्मको यात्रा गरेर सहभागीहरूको साहसिक जोशको प्रतीक बने । उनी भन्छन, ‘यो केवल सवारी मात्र नभई एक साहसिक यात्रा थियो । टीभीएस रोनिनले हरेक मोडमा आफ्नो क्षमता प्रमाणित गर्दै अफरोड भूभागहरूमा पनि ह्यान्डल गर्न सहज थियो ।’

जेठ १२ गते आयोजित, ’रोनिन कल्ट राइड’ आधुनिक रेट्रो मोटरसाइकल उत्साहीहरूका बीच साहसिक र सौहाद्र्रताको भावनाका साथ उत्कृष्ट सफलता हासिल ग¥यो। २३ देखि ५५ वर्ष उमेरका सहभागीहरूको विविध समूहको उपस्थिति रहेको उक्त यात्रा काठमाडौंदेखि कुलेखानीसम्म केही चुनौतीपूर्ण भूभाग समेटिएको थियो।

अफरोड र भारी वर्षाका कारण यात्राको समयमा चुनौती अझै थप भए तापनि राइडरहरूले अटल उत्साह र ऊर्जाका साथ यात्रा पुरा गरेको कम्पनीको भनाइ छ। मौसमका कारण कुलेखानीको तालमा डुङ्गा चढ्ने र माछा मार्ने योजना रद्द गर्नुपर्ने भए पनि सहभागीहरूको दृढता र मनोबलले यात्रामा उत्साह थपेको थियो ।

अगाडि र पछाडि रहेको डुअल–च्यानल एबीएस सहितको डिस्क ब्रेकको साथ, रोनिनले जुनसुकै मौसम र जस्तोसुकै भूभागहरूमा उत्कृष्ट स्टपिङ पावरसँगै राइडरको सुरक्षा सुनिश्चित गर्दछ। यात्रामा राइडरहरूले टीभीएस रोनिनलाई लामो यात्राका लागि आरामदायी र भरपर्दो सवारी साधनको रूपमा आफ्नो विश्वास व्यक्त गरेका थिए ।

यसको उच्चतम २२५ सीसी सिंगल सिलिन्डर इन्जिनले बलियो टर्क र सहज पावर डेलिभरी प्रदान गर्दछ, जसले यसलाई शहरी र लामो दुरी दुवै यात्राका लागि उपयुक्त बनाउँछ। यसमा समावेश उत्कृष्ट विशेषताहरूका साथ, उत्कृष्ट निर्माण र स्टाइलिश रेट्रो–आधुनिक डिजाइनले टीभीएस रोनिनलाई मोटरसाइकल मात्र नभई हरेक यात्राको एक विश्वसनीय साथी बनाउँछ ।

नेपाली जनतामाझ राइडर फ्ल्यागशिप मोडलको रुपमा टीभीएस अपाचे आरटीआर र एनटर्क लोकप्रिय छन् । यो ब्रान्ड पावरको हिसाबले र स्पोर्टी लुकसहितको मोटरसाइकलको रुपमा लोकप्रियता हासिल गरेको छ ।

जगदम्बा मोटर्सका नेपालभर १४० भन्दा बढी सेल्स, सर्भिस र स्पेयर्स सहितको थ्रीएस डिलरहरू र २०० भन्दा बढी आधिकारिक सेवा केन्द्रहरूका साथ काठमाडौंमा ६ विशेष शोरूमहरू सहितको विस्तृत डिलर नेटवर्क रहेका छन् ।

सम्बन्धित समाचारहरू

आयो इको र पावर मोडमा चलाउन मिल्ने टीभीएस राइडर १२५, पल्सर  र साइनसँग प्रतिस्पर्धा हुने

आयो इको र पावर मोडमा चलाउन मिल्ने टीभीएस राइडर १२५, पल्सर र साइनसँग प्रतिस्पर्धा हुने

टीभीएसले भारतीय बजारमा १२५ सीसीको स्पोर्टी कम्युटर बाइक राइडर १२५ लन्च...

टीभीएस राइडर दसैं भित्रै नेपाली बजारमा उपलब्ध हुने

टीभीएस राइडर दसैं भित्रै नेपाली बजारमा उपलब्ध हुने

काठमाडौं – टीभीएसले केही दिन पहिले भारतीय बजारमा सार्वजनिक गरेको नयाँ...

टीभीएस एनटर्क ‘वुमन ईन कन्सर्ट ट्यालेन्ट हन्ट २०२४’ को विजेता घोषणा

टीभीएस एनटर्क ‘वुमन ईन कन्सर्ट ट्यालेन्ट हन्ट २०२४’ को विजेता घोषणा

काठमाडौं– निर्भया फाउण्डेसनद्वारा आयोजित टीभीएस एनटर्क ‘वुमन ईन कन्सर्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...