एम्पियर बन्यो भारतको शीर्ष ५ इलेक्ट्रिक स्कुटर ब्रान्ड, नेपालमा लोकप्रिय बन्दै
काठमाडौं–इलेक्ट्रिक स्कुटर ब्रान्ड एम्पियरले भारतमा उल्लेखनीय सफलता...
चीनले तेल र बिजुली बिना चल्ने रेल बनाएको छ । यो ट्रेन हाइड्रोजन इन्धनबाट चल्छ जसको कार्बन उत्सर्जन शून्य छ । यसको गति १६० किमी प्रति घन्टा छ ।
सो ट्रेनलाई चिनियाँ सरकारी कम्पनी मोनोलिथ सीआरआरसी र चेङ्दु रेल ट्रान्जिटले संयुक्त रूपमा विकास गरेको हो । सो ट्रेन एक पटकमा ६०० किमीसम्म चल्न सक्छ । सो ट्रेन फाइभजी टेक्नोलोजी, अटोमेटिक वेक–अप, स्टार्ट र सेल्फ ड्राइभिङ सिस्टमले सुसज्जित छ ।
हाइड्रोजन ट्रेन बनाउनमा जर्मनी सबैभन्दा अगाडि छ । यहाँ करिब १४ हाइड्रोजन ट्रेन छ । तर गतिमा जर्मनको भन्दा चीनको बढी छ । जर्मनको ट्रेन २० किमी प्रति घन्टा छ । यद्यपि रेन्जको हिसाबले जर्मन ट्रेन इन्धन भरेपछि १ हजार किमीसम्म चल्न सक्छ ।
विश्वमा सबैभन्दा बढी हाइड्रोजन इन्धन ट्रेन चीनमा छ । रिपोर्टका अनुसार विश्वमा एक हजार भन्दा बढी हाइड्रोजन स्टेशनहरु छन् र तीमध्ये करिब एक तिहाइ चीनमा छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...