ट्याक्सीको लागि नयाँ मापदण्ड तयार हुँदै, यस्तो हुनेछन् अवका साधारण र विशेष ट्याक्सी
काठमाडौं – संघीय सरकारले ट्याक्सीको लागि नयाँ मापदण्ड निर्माण लगभग अन्तिम...
अमेरिकामा चालकविहीन ट्रकले १९३० किलोमिटरको दूरी तय गर्दै अटोनोमस यातायातमा नयाँ इतिहास रचेको छ। अरोरा इनोभेसन नामक अमेरिकी सफ्टवेयर कम्पनीले डलासदेखि ह्युस्टनसम्म चालकविहीन ट्रकमार्फत सफलतापूर्वक पार गराउँदै पूर्ण स्वचालित ट्रकिङ सेवा सुरु गरेको हो ।
यो अमेरिकामै पहिलो पटक भएको घटनाले सिस्टमको विकासमा ठूलो फड्को मारेको मानिन्छ। अरोराले अब दर्जनौं चालकविहीन ट्रक सञ्चालन गर्ने योजना बनाएको छ र एल पासो तथा फिनिक्सजस्ता शहरमा सेवा विस्तारको तयारी गरिरहेको छ।
कम्पनीले सेवा सुरु गर्नु अघि सुरक्षाका सबै पक्षमा ध्यान दिएको बताइएको छ। अरोरा ड्राइभर नामक एसएई लेभल ४ को अटाेनाेमस सिस्टमले हालसम्म ३० लाख माइलभन्दा बढीको परीक्षण यात्रा गरिसकेको छ र १० हजारभन्दा बढी ग्राहकलाई सामान डेलिभरी गरिसकेको छ।
सो सिस्टमले उच्च-स्तरको सेन्सर र एआई प्रविधिको प्रयोग गरी ट्रकलाई पूर्णतः स्वतन्त्र रूपमा सञ्चालन गर्न सक्षम बनाउँछ।
उबर फ्रेट र हिर्षबाक मोटर लाइन्सजस्ता कम्पनीले अरोराको प्रविधिमा विश्वास व्यक्त गर्दै लामो दूरीको यातायातमा यसको प्रयोगले सुरक्षा र कार्यक्षमता दुबैमा सुधार ल्याएको बताएका छन्।
यद्यपि अरोरालाई अझै केही चुनौतीहरू छन्, जस्तै सरकारी नियमको पालना र सेवा विस्तारको तीव्र गति कायम राख्नु। यस्ता चुनौतीका बाबजुद, अरोराले चालकविहीन प्रविधिको क्षेत्रमा आफूलाई अग्रणीको रूपमा स्थापित गरिसकेको छ।
काठमाडौं – संघीय सरकारले ट्याक्सीको लागि नयाँ मापदण्ड निर्माण लगभग अन्तिम...
नेक्सन र टिगोरलाई इभी भर्सनमा उतारेर लोकप्रिय बनिरहेको टाटा मोटर्सले केही...
काठमाडौं – नेपालका लागि एथर ईभी स्कुटरको आधिकारिक वितरक वैद्य इनर्जी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...