सस्तोमा ईभी बिक्री गर्दा चीनका अधिकांश ब्रान्ड संकटमा, यी ३ बाहेक बाँकी सबै ब्रान्ड घाटामा
ईभी रेसम निकै अगाडी देखिएको चीनले द्रुत गतिमा अत्याधुनिक प्रविधि र उन्नत...
काठमाडौं – लिप मोटरले आफ्नो लक्जरी इलेक्ट्रिक एसयभी सी१० को ढुवानी एकै पटक नेपाल र युरोपमा शुरु गरेको छ । नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले सो जानकारी दिएको छ ।
सांग्रिला मोटरले आफ्ना ग्राहकलाई लक्जरी ईभी उपलब्ध गराउने ब्रान्डको प्रतिबद्धतालाई जोड दिँदै नेपाली बजारमा सी१० ल्याउने भएको छ। यरोपु र नेपालमा एकैसाथ ढुवानीले लिप मोटरको विश्वव्यापी रणनीतिको प्रमुख भागको रूपमा नेपाली बजारप्रति बलियो प्रतिबद्धतालाई जोड दिएको कम्पनीको भनाइ छ ।
लिप मोटरको सी१० एक लक्जरी इलेक्ट्रिक एसयूभी हो र यसमा ६९.९ किलोवाट आवरको एलएफपी ब्याट्री छ भने यसले १६० किलोवाट पावर र ३२० एनएम टर्क जेनेरेट गर्छ । सो गाडीले डब्लुएलटीपी अनुसार ४२० किलोमिटर रेन्ज दिन्छ ।
यसको ग्राउन्ड क्लियरेन्स १९० एमएम छ भने सुरक्षाका लागि यसले फाइभ स्टार एनक्याप प्राप्त गरेको छ ।
काठमाडौँ, विर्तामोड, वीरगन्ज, विराटनगर, दाङ, नारायणघाट, बुटवल, नेपालगञ्ज र पोखरासहित नेपालका प्रमुख सहरहरूमा लिप मोटर सी१० वितरण गर्न सांग्रिला मोटर्सले तयारी गरेको बताएको छ ।
नेपाली बजारका लागि लिप मोटर सी१० बिक्री हुने घोषणा केही दिन पहिले भएको थियो । अब यसको डेलिभरी समेत हुने विश्वास गरिएको छ ।
ईभी रेसम निकै अगाडी देखिएको चीनले द्रुत गतिमा अत्याधुनिक प्रविधि र उन्नत...
भारतको स्टार्टअप कम्पनी प्रावगले आफ्नो पहिलो इलेक्ट्रिक एसयूभीलाई आज...
चीनको घरेलु कार बजार लगातार कमजोर बन्दै गइरहेका बेला त्यहाँका अटो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...