नेपालका लागि प्रस्थान ग-यो लिप मोटरको लक्जरी इलेक्ट्रिक एसयभी सी१०

काठमाडौं – लिप मोटरले आफ्नो लक्जरी इलेक्ट्रिक एसयभी सी१० को ढुवानी एकै पटक नेपाल र युरोपमा शुरु गरेको छ । नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले सो जानकारी दिएको छ ।

सांग्रिला मोटरले आफ्ना ग्राहकलाई लक्जरी ईभी उपलब्ध गराउने ब्रान्डको प्रतिबद्धतालाई जोड दिँदै नेपाली बजारमा सी१० ल्याउने भएको छ। यरोपु र नेपालमा एकैसाथ ढुवानीले लिप मोटरको विश्वव्यापी रणनीतिको प्रमुख भागको रूपमा नेपाली बजारप्रति बलियो प्रतिबद्धतालाई जोड दिएको कम्पनीको भनाइ छ ।

लिप मोटरको सी१० एक लक्जरी इलेक्ट्रिक एसयूभी हो र यसमा ६९.९ किलोवाट आवरको एलएफपी ब्याट्री छ भने यसले १६० किलोवाट पावर र ३२० एनएम टर्क जेनेरेट गर्छ । सो गाडीले डब्लुएलटीपी अनुसार ४२० किलोमिटर रेन्ज दिन्छ ।

यसको ग्राउन्ड क्लियरेन्स १९० एमएम छ भने सुरक्षाका लागि यसले फाइभ स्टार एनक्याप प्राप्त गरेको छ ।

काठमाडौँ, विर्तामोड, वीरगन्ज, विराटनगर, दाङ, नारायणघाट, बुटवल, नेपालगञ्ज र पोखरासहित नेपालका प्रमुख सहरहरूमा लिप मोटर सी१० वितरण गर्न सांग्रिला मोटर्सले तयारी गरेको बताएको छ ।

नेपाली बजारका लागि लिप मोटर सी१० बिक्री हुने घोषणा केही दिन पहिले भएको थियो । अब यसको डेलिभरी समेत हुने विश्वास गरिएको छ ।

सम्बन्धित समाचारहरू

सेरेसले सार्वजनिक ग-यो बजारमा आउने एइटो एम८ को एक्सटेरियर, आउन सक्छ नेपाल

सेरेसले सार्वजनिक ग-यो बजारमा आउने एइटो एम८ को एक्सटेरियर, आउन सक्छ नेपाल

चिनियाँ सवारी साधन निर्माता कम्पनीले सेरेसले नयाँ ब्रान्ड एइटोको नयाँ...

एप्पल इलेक्ट्रिक कारमा ब्याट्रीका लागि सीएटीएल र बीवाईडीका ब्याट्री राख्ने चर्चा

एप्पल इलेक्ट्रिक कारमा ब्याट्रीका लागि सीएटीएल र बीवाईडीका ब्याट्री राख्ने चर्चा

प्रविधि क्षेत्रको लोकप्रिय कम्पनी एप्पलले अटोनोमस इलेक्ट्रिक कार...

२०२५ मा विश्वभर ईभीको बिक्री ३० प्रतिशतले वृद्धि हुने, नेपालमा के होला ?

२०२५ मा विश्वभर ईभीको बिक्री ३० प्रतिशतले वृद्धि हुने, नेपालमा के होला ?

एक नयाँ अध्ययन अनुसार, विद्युतीय सवारीको बिक्री यो वर्ष ३० प्रतिशतले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...