पहिलो एओजी नाइट राइड सम्पन्‍न

नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार र आइतबार काठमाडौंदेखि चित्लाङसम्म आयोजना गरेको अपाचे ओनर्स ग्रुप (एओजी) नाइट राइड धुमधामका साथ सम्पन्न भएको छ । 

३० जना राइडरहरुको सहभागिता रहेको उक्त कार्यक्रममा अपाचे राइडरहरुले यात्राको क्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरूमा भाग लिएका थिए । उनीहरु मनोरञ्जनमा मात्र सिमित रहेनन् । चित्लाङको प्राकृतिक सुन्दरताको अवलोकन गर्दै उनीहरुले कम्पनीको तर्फबाट समाज सेवा पनि गरे । चित्लाङको कालीदेवी आधारभूत विद्यालयमा अध्ययन सामाग्री वितरण गर्नुका साथै अरु विभिन्न कार्यक्रमहरु पनि आयोजना गरे ।  

राइडका एक सहभागी भन्छन् “चित्लाङमा यस्तो राइडको आयोजना धेरै थोरै मात्र हुन्छ । जगदम्बा मोटर्स्ले हामीलाई बाइकिब प्रविधि सिक्ने मौका दिएकोमा धन्यवाद दिन चहान्छौं ।”

टिभिएसले काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, र नारायणी क्षेत्र लगायत देशका विभिन्न स्थानमा एओजी राइड कार्यक्रम आयोजना गरिसकेको छ । यद्यपि रात्रिकालिन यात्रा भने यो पहिलो रहेको कम्पनीले जनाएको छ । अपाचेका चालकहरुले अत्याधिक रुचाइएको यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने कम्पनीको योजना छ ।

एओजी, अपाचे बाइक भएका राइडरहरूको समुदाय हो, जुन मोटरसाइकल प्रति उनीहरुको प्रेम, जोश, र लगाव बाड्ने एउटा साझा प्लेटफर्म हो । भारत तथा अन्य राष्ट्रहरूका अपाचे राइडरहरुले बनेको यस समुदायले सम्पूर्ण राइडरहरुलाई एकजुट बनाएर विभिन्न कार्यक्रम तथा साहसिक खेलहरुमा संलग्न गराउँछ ।

सम्बन्धित समाचारहरू

टीभीएस रोनिनवारे जान्नैपर्ने ५ तथ्य

टीभीएस रोनिनवारे जान्नैपर्ने ५ तथ्य

टीभीएसले केहीदिन अघिमात्र मोडर्न रेट्रो मोटरसाइकल रोनिन लन्च गरेको छ । यो...

ग्राहक तान्न ४ मोटरसाइकल ब्रान्डविच प्रतिस्पर्धा, यस्तो छ स्किम र अफर

ग्राहक तान्न ४ मोटरसाइकल ब्रान्डविच प्रतिस्पर्धा, यस्तो छ स्किम र अफर

बजारमा तरलता अभावको समस्या चर्किन शुरु भएसंगै मोटरसाइकल तथा स्कुटरको...

टिभिएस, होन्डा र हिरोले मूल्य बढाए संगै नयाँ बर्षमा महंगो भए यी बाइक

टिभिएस, होन्डा र हिरोले मूल्य बढाए संगै नयाँ बर्षमा महंगो भए यी बाइक

नेपाली बजारमा सर्बाधिक बिक्री हुनेमध्येको तीनवटा बाइक टिभिएस, होन्डा र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...