एक वर्षमा ८०० बढी दिपल नेपाली सडकमा, ४ फयुचरिस्टिक मोडल सार्वजनिक, ९६ बढी चार्जिङ स्टेसन

लन्चदेखि नेतृत्वसम्म : उल्लेखनीय उपलब्धि र महत्वपूर्ण कोशेढुंगाले भरिएको दिपलको पहिलो वर्ष

काठमाडौं – नेपालको नेतृत्वदायी लक्जरी ईभी ब्रान्ड दिपलले आफ्नो पहिलो वर्ष उल्लेखनीय उपलब्धि र महत्वपूर्ण कोशेढुंगाहरु हासिल गरेर मनाएको छ ।

नेपालमा सार्वजनिक गरेको एक वर्षमै दिपलले आठ सयभन्दा बढी ग्राहकको मन र विश्वास जितेर आफूलाई नेपालको नम्बर १ लक्जरी ईभी ब्रान्डका रुपमा स्थापना गर्न सफल भएको बताएको छ । ग्राहकहरुको बेजोड साथ र सहयोगबाट एमएडब्लु वृद्धि अटोकर्पले दिपललाई ‘इलेक्ट्रिक मोबिलिटी र इनोभेसन’मा आफूलाई स्थापित गरेको हो ।

पहिलो वर्ष दिपलले दिपल एस०७, दिपल एल०७, दिपल एस०७ एल र दिपल ई०७ गरी चार प्राविधिक रुपमा उच्च कोटीको ईभी मोडल सार्वजनिक गरेको छ । यी ईभीहरुमा उपलब्ध ‘जेस्चर कन्ट्रोल’, ‘एआर–एचयुडी’, ‘सनफ्लावर टचस्क्रिन’ जस्ता १० भन्दा बढी ‘इन्डष्ट्री–फर्स्ट’ फिचरहरुको माध्यमबाट दिपलले ईभीबाट ग्राहकले गर्ने अपेक्षालाई पुनःपरिभाषित गरेको छ ।

एमएडब्लु वृद्धिले हाल नेपालका ९६ भन्दा बढी स्थानमा चार्जिङ स्टेसन संचालन गर्दै आएको छ जुन नेपालकै सबैभन्दा ठूलो सञ्जाल हो । यस अवधिमा दिपलले नेपालका लोकप्रिय क्रिकेट आइकन तथा पूर्व कप्तान पारस खड्कालाई आफ्नो आधिकारिक ‘ब्रान्ड एम्बेसडर’ बनाएको छ भने नीति शाह, सन्दिप क्षेत्री, प्रतिश जिसी, सुशान्त केसी, श्वेता खड्का, जोन चाम्लिङ राई जस्ता देशका ३० भन्दा चर्चित सेलिब्रिटी र खेलाडीलाई दिपलले आफ्नो यात्राको साथी बनाएको छ ।

साथै, दिपलले क्रिकेट लेजेन्ड ब्रायन लारा र बलिउड गायक सोनु निगम जस्ता हस्तीहरुलाई पनि नेपालमा ल्याएर ब्रान्डको उपस्थितिलाई माथि पुर्याउनुका साथै नेपाल पनि अन्तर्राष्ट्रिय सहकार्यका लागि गन्तव्य हुनसक्छ भन्ने देखाएको छ ।

सार्वजनिक भएको पहिलो वर्षमा एमएडब्लु वृद्धिले चांगान अटोबाट नेपालमा ‘ईभी इनोभेसन’मार्फत ‘ग्रिन मोबिलिटी’मा योगदान पुर्याएको भन्दै ‘सांग्रिला न्यु इनर्जी अवार्ड‘ पाएको थियो । यसबाहेक ‘टेकलेख’ले दिपल एस०७ लाई ‘एसयूभी अफ द इयर २०२४’ बाट सम्मान गरेको थियो ।

दोस्रो वर्षमा प्रवेश गरिरहँदा दिपल ब्रान्ड अझै धेरै आफ्नो ग्राहक, प्रविधि र नेपाललाई दीर्घकालीन तथा उत्साहजनक इलेक्ट्रिक भविष्यतिर डोर्याउने प्रतिबद्धता जाहेर गरेको छ । साथै, आफ्नो विश्वास, उत्साह र सहयोगमार्फत दिपलको पहिलो वर्षलाई अद्वितीय बनाउन योगदान पुर्याउने सबै ग्राहक, डिलर, मिडिया, इन्फ्लुएन्सर र टिमप्रति आभार प्रकट गरेको बताएको छ ।

सम्बन्धित समाचारहरू

सेरेसको २१ देशको ‘युरोपेली ग्रान्ड टुर’ सम्पन्न, नेपाल अर्को स्टप

सेरेसको २१ देशको ‘युरोपेली ग्रान्ड टुर’ सम्पन्न, नेपाल अर्को स्टप

सेरेसले भर्खरै युरोपमा आफ्नो पहिलो ठूलो यात्रा पूरा गरेको छ। सेरेसले २३...

नेपाल स्कोर्स, ओमोडा ग्रोज अन्तर्गत गरियो ३ हजार वृक्षरोपण

नेपाल स्कोर्स, ओमोडा ग्रोज अन्तर्गत गरियो ३ हजार वृक्षरोपण

काठमाडौं — नेपालमा ओमोडाको लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले...

भ्यालेन्टाइन डे अवसरमा बीवाईडीको एक्सक्लुसिभ फ्ल्यास सेल, एट्टो १ मा २ लाख छुट र अन्य अफर

भ्यालेन्टाइन डे अवसरमा बीवाईडीको एक्सक्लुसिभ फ्ल्यास सेल, एट्टो १ मा २ लाख छुट र अन्य अफर

काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले भोलि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...