पैदल यात्रीको हिड्ने साइड कता ? दायाँबाट कि बायाँबाट ?
धेरै पैदलयात्री सडकमा हिड्ने क्रममा बायाँ साइडबाट हिड्नु पर्छ भन्ने...
ट्राफिक प्रहरीले विभिन्न अवस्थामा सवारी चालकलाई जरिवाना तिराउने गरेको पाइन्छ । सडकमा नियम उल्लंघन गरेको अवस्थामा यसरी जरिवाना लिने गरेको पाइन्छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ का आधारमा यसरी कारवाही गर्ने गरेको पाइन्छ । दफा १६० (३) अनुसार १००० रुपैयाँ सम्म जरिवाना हुने कसूरहरु यस प्रकार छन् :
१. सवारी चालक अनुमति पत्र (स.चा.अ.प.) प्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिएमा ।(दफा ४६)
२. पटके इजाजतपत्र नलिई सवारी चलाएमा ।(दफा ८१)
३. लामो बाटोमा यातायात सेवा संचालन गर्ने यात्रीबाहक सार्वजनिक सवारीमा कम्तिमा दुईजना चालक राखी पालोपालोसँग सवारी नचलाएमा ।(दफा १०४)
४. सिट सुरक्षित नराखेमा ।(दफा १०७)
५. सार्वजनिक सवारीमा धुम्रपान गरेमा ।(दफा ११०)
६. सवारी साधनको अन्य भागमा मानिस राखेमा ।(दफा १२३)
७. खतरापूर्ण मालसामान ढुवानी गर्ने मालबाहक सार्वजनिक सवारीले अन्य सवारी तथा सर्वसाधारणको जानकारीको लागि सांकेतिक चिन्ह देखिने गरी नराखेमा ।(दफा १२७)
८. रोक्न संकेत गरेको वा आदेश दिएकोमा नरोकेमा ।(दफा १३२)
९. तोकिएको ढाँचा अनुसारको टिकट जारी नगरेमा ।(दफा ९८) (का.उ.ट्रा.प्र.का.लाई मात्र)
१०. कुनै सवारीको दर्ता प्रमाणपत्र र सार्वजनिक सवारीको बाटो इजाजतपत्र खोजेको बेला देखाउनु पर्नेमा नदेखाएमा । (दफा १३१ को (२))
११. अन्य लागु पदार्थ सेवन गरी सवारी चलाएमा । (दफा १४२)
धेरै पैदलयात्री सडकमा हिड्ने क्रममा बायाँ साइडबाट हिड्नु पर्छ भन्ने...
काठमाडौं – गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयमा हरेक महिना दश...
काठमाडौँ – टयाक्सी व्यवसायीहरूले सरकारविरुद्ध आन्दोलन सुरू गरेका छन् ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...