एफआईए मोटरस्पोर्ट गेम्स २०२४ का लागि नेपाली टिमलाई गरियो विदाई

स्पेनको भ्यालेन्सियामा अक्टोवर २३ देखि २७ मा आयोजना हुने एफआईए मोटरस्पोर्ट गेम्स २०२४ को लागि नेपाली टिमलाई अन्तर्राष्ट्रिय स्पोर्टस् कम्प्लेक्स, सातदोबाटोबाट विदाई गरिएको छ ।

अन्तर्राष्ट्रिय अटोमोबाइल फेडरेसन (फेडरेसन इन्टरनेसनल डेल अटोमोबाइल, एफआईए) को आयोजनमा ओलम्पिक फर्म्याटमा हुने विश्वकै सबैभन्दा ठूलो एक मात्र अन्तर्राष्ट्रिय मोटरस्पोर्ट्समा भाग लिने तीन नेपाली ड्राइभर सहित छ सदस्यीय नेपाली टिमलाई नेपाल अटोमोबाइल्स एसोसिएसनले आज विदाई गरेको हो ।

सांसद तथा पूर्व मन्त्री योगेश भट्टराई, बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दिपक लामा, राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य अन्जन धमला तथा एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई लगायतले नेपाली टिमलाई विदाई गरे । आज साँझ ७ बजेको इमिरेटको फ्लाइटबाट प्रस्थान गर्ने नेपाली टिम भोलि स्पेन पुग्नेछ ।

सो गेम्सको ई–स्पोर्ट्स जीटी विधामा दिप्रश शाक्यले प्रतिस्पर्धा गर्नेछन् भने कृष्ण प्रसाद पौडेल र प्रज्ञा कंडेल अटो स्लालमका प्रतिस्पर्धी हुन् ।

नेपाल अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष दशरथ रिसाल नेपाली टिमको अफिसियल डेलिगेट, टिम व्यवस्थापकमा यदुराज लामिछाने तथा टीकाराम यात्री मिडिया डेलिगेटको रुपमा नेपाली टिममा सहभागी छन् ।

प्रत्येक दुई दुई वर्षमा हुने सो प्रतिष्ठित अन्तर्राष्ट्रिय प्लेटफर्ममा नेपालको सहभागिताले भर्खरै लोकप्रिय बन्दै गरेको मोटरस्पोर्ट्सको प्रर्वद्घनमा सहयोग पुग्नुका साथै विश्वस्तरिय ड्राइभरहरु तयार गर्न थप मद्दत पुग्ने बताइएको छ ।

सम्बन्धित समाचारहरू

नेपालकै कान्छी राइडर र रेसर बन्ने क्रममा अन्श्री बराल

नेपालकै कान्छी राइडर र रेसर बन्ने क्रममा अन्श्री बराल

अन्श्री बराल सम्भवतः नेपालकै कान्छी राइडर र रेसर बन्ने क्रममा छिन् । हाल...

दुर्घटना न्यूनीकरणका लागि अभिमूखिकरण कार्यक्रम सम्पन्न

दुर्घटना न्यूनीकरणका लागि अभिमूखिकरण कार्यक्रम सम्पन्न

बुटवल – सडक दुर्घटनामा निधन भएकाहरुको स्मृति दिवसका अवसरमा सुरक्षित सवारी...

ट्रान्स हिमालय एडभेन्चर चैत १९ देखि, जोमसोम सम्म टुरिङ -याली हुने

ट्रान्स हिमालय एडभेन्चर चैत १९ देखि, जोमसोम सम्म टुरिङ -याली हुने

काठमाडौं – ट्रान्स हिमालय एडभेन्चरको पहिलो संस्करण आगामी चैत १९ गतेदेखि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...