स्पेनमा आयोजना हुने एफआईए मोटरस्पोर्ट गेम्समा नेपाली टोली सहभागी हुँदै

यही अक्टोवर २३ देखि २७ मा स्पेनको भ्यालेन्सियामा आयोजना हुने एफआईए मोटरस्पोर्ट गेम्स २०२४ मा नेपाली खेलाडीहरु सहभागी हुने निश्चित भएको छ । अन्तर्राष्ट्रिय अटोमोबाइल फेडरेसन –फेडरेसन इन्टरनेसनल डेल अटोमोबाइल, एफआईए) को आयोजनमा ओलम्पिक फर्म्याटमा हुने विश्वकै सबैभन्दा ठूलो एक मात्र अन्तर्राष्ट्रिय मोटरस्पोर्टसको प्रतियोगितामा तीन नेपाली ड्राइभरले सहभागिता जनाउने छन् ।

विभिन्न दर्जनौ विधामा हुने सो गेम्समा नेपाली टिमले दुई विधामा भाग लिनेछ । ई-स्पोर्ट्स जीटी विधामा दिप्रश शाक्यले प्रतिस्पर्धा गर्नेछन् भने कृष्ण प्रसाद पौडेल र प्रज्ञा कंडेल अटो स्लालमका प्रतिस्पर्धी हुन । जहाँ उनीहरुले चुनौतीपूर्ण कोर्स र प्रतिस्पर्धामा आफ्नो क्षमता, स्किल्स र स्पिडको प्रदर्शन गर्नेछन् ।

सुरुवातमा कार्ट्स ड्राइभर रहेका दिप्रश शाक्य नेपाली सिम–रेसिङका उत्कृष्टमध्येका ड्राइभर हुन् भने कृष्ण प्रसाद पौडेल एशिया प्यासिफिक अटो जिमखाना च्याम्पियनसिपका प्रतिस्पर्धी र एथलेट कमिसनका संयोजक समेत हुन् । त्यसैगरी बैंक अफिसर रहेकी प्रज्ञा नेसनल अटोक्रसकी सफल प्रतिस्पर्र्धी तथा मोटर स्पोर्ट्स लाइसेन्स होल्डर ड्राइभर हुन् ।

प्रत्येक दुई दुई वर्षमा हुने सो प्रतिष्ठित अन्तर्राष्ट्रिय प्लेटफर्ममा विश्वका पचासौँ देशका खेलाडीहरुसँग प्रतिस्पर्धा हुने हुँदा आफ्नो कौशलता प्रर्दशन गर्नेे ठूलो अवसरको रुपमा विश्वकै खेलाडीले लिएका हुन्छन्, जहाँ मोटर स्पोर्ट्सका विश्वप्रसिद्ध ड्राइभरहरुसँग नेपाली ड्राइभरहरु भिड्ने रोमाञ्चकता र इतिहास छुट्टै हुनेछ ।

नेपाल अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष दशरथ रिसाल नेपाली टिमको अफिसियल डेलिगेट र टिम व्यवस्थापकमा यदुराज लामिछाने तथा यस अघिको संस्करणमा फ्रान्सको ट्रयाकबाटै रिर्पोटिङ गरेका टीकाराम यात्री मिडिया डेलिगेटको रुपमा उपस्थित हुनेछन् । देशमा भर्खरै लोकप्रिय बन्दै गरेको मोटर स्पोर्ट्सको प्रर्वद्घन र प्रमोसनमा तथा विश्वस्तरिय ड्राइभरहरु तयार गर्न यस किसिमको अन्तर्राष्ट्रिय सहभागिता र टिमले थप मदत पुग्नेछ ।

अघिल्लो संस्करण २०२२ का समेत टिम व्यवस्थापक रहेका यदुराज लामिछानेले एफआईए मोटरस्पोर्ट गेम्स २०२४ मा नेपालको प्रतिनिधित्व गर्न पाउँदा नेपाली मोटरस्पोर्ट्सले गर्व महसुस गरेको र गेम्सको उत्कृष्ट प्रतिस्पर्धिहरुसँग प्रतिस्पर्धा गर्न खेलाडीहरु उत्सुक भएको बताएका छन् । सो गेम्सको लागि नेपाली टिम समर्पित रहेका र उनीहरुको क्षमतामा रामो प्रदर्शन गर्ने विश्वास गर्दै संघका अध्यक्ष दशरथ रिसाल भन्छन्, ‘यो केवल प्रतिस्पर्धा मात्र होइन, नेपालको बढ्दो मोटर स्पोर्ट्स संस्कृतिलाई प्रदर्शन गर्ने अवसर पनि हो ।’

स्मरण रहोस्, केही वर्ष अघिदेखि मात्रै सुरु यस विश्व प्रतिस्पार्धासँगै एसिया संस्करण एसिया प्यासिफिक मोटर स्र्पोट च्याम्पियनसिप, एसिया प्यासिफिक अटो जिमखाना च्याम्पियनसिप, ओलम्पिक ई-स्पोर्ट्स सिरिज समेतमा नेपाली टिम नियमित सहभागी भइरहेको छ ।

सम्बन्धित समाचारहरू

२०२३ मा भारतमा बाइक रेसिङ प्रतियोगिता मोटोजीपी आयोजना हुने

२०२३ मा भारतमा बाइक रेसिङ प्रतियोगिता मोटोजीपी आयोजना हुने

भारतमा आगामी वर्ष अर्थात सन् २०२३ मा मोटोजीपी प्रतियोगिता आयोजना हुने...

ट्रान्स हिमालय एड्भेन्चर पुग्यो पोखरा, गरियो स्वागत र विदाई

ट्रान्स हिमालय एड्भेन्चर पुग्यो पोखरा, गरियो स्वागत र विदाई

पोखरा – मुस्ताङ सम्म पुग्नका लागि काठमाडौंबाट प्रस्थान गरेकाे ट्रान्स...

सुरक्षित हेल्मेट तथा मोटरसाइक्लिङ सेफ्टी सम्बन्धी उच्च स्तरीय अन्तरक्रिया सम्पन्न

सुरक्षित हेल्मेट तथा मोटरसाइक्लिङ सेफ्टी सम्बन्धी उच्च स्तरीय अन्तरक्रिया सम्पन्न

काठमाडौं – नेपालमा पहिलो पटक मोटरसाइक्लिङ सेफ्टी सम्बन्धी उच्च स्तरीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...