इलेक्ट्रिक कारमा आयो फेस्टिभ अफर, एमजी कार किन्दा २ लाखसम्म फाइदा

काठमाडौं– इलेक्ट्रिक कार बिक्री गर्ने कम्पनीको उपस्थिती वढेसंगै यो सेग्मेन्टको बजार थप प्रतिस्पर्धात्मक बन्न थालेको छ । सिमित ब्रान्डको मात्र उपस्थिती भएका कारण केही समयअघि सम्म इलेक्ट्रिक कार हात पार्न लामै समय कुर्नुपर्ने अवस्था थियो । आफूले चाहेको गाडी हात पार्नुलाई नै ठूलो उपलब्धि मान्नुपर्ने तत्कालिन समयमा नगद छुट र थप सुविधाको माग गर्न ग्राहकले हिम्मत गर्न सक्दैन थिए ।

तर अहिले अवस्था फेरिएको छ । बजारमा धेरै ब्रान्डका ईभी उपलब्ध हुन थालेपछि ग्राहकले छनोटमा विकल्प पाएका छन् । आफूले चाहेको ईभी छानीछानी किन्नमात्र होइन अहिले उनीहरु बिक्रेता कम्पनीसंग नगद छुट र अन्य सुविधा माग गर्न सक्ने अवस्थामा समेत पुगेका छन् ।इलेक्ट्रिक कारको बजार प्रतिस्पर्धी वनेसंगै यसको सिधा फाइदा ग्राहकसम्म पुग्न थालेको छ ।

प्रतिस्पर्धात्मक बजारलाई मध्यनजर गर्दै ईभी आयत गर्ने कम्पनीले नयाँ स्किम र अफर समेत ल्याउन थालेका छन् । यसअघि केही कम्पनीले ईभीको एक्सचेन्ज क्याम्प चलाएर सुरु भएको यो यात्रा अहिले फेस्टिभल सीजनसम्म आईपुग्दा अन्य सुविधामा समेत विस्तार भएको छ । जसलाई एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोर्टले ल्याएको फेस्टिभ अफरले राम्रैसंग पुष्टि गर्छ ।

पारामाउन्ट मोटर्सले यसपालीको दशैं तिहारलाई लक्षित गरी ‘फेस्टिभ भाइब्स’ स्किम ल्याएको छ । सो स्किम अन्तर्गत ग्राहकले एमीजीको जेडएस ईभी खरिद गर्दा २ लाखसम्मको फाइदा पाउनेछन् । एमजी जेडएस ईभी खरिद गर्ने ग्राहकलाई कम्पनीले एकथान स्पेयर टायर, ७ किलोवाटको एसी चार्जर र १ वर्षको इन्स्युरेन्स निशुल्क दिने जनाएको छ । जसको मूल्य २ लाख पर्ने उसको भनाई छ ।

एमजीले ल्याएको यस्तो स्किमले भोलिका दिनमा अन्य ब्रान्डमाथी समेत नयाँ अफर ल्याउनुपर्ने दबाव सिर्जना गरेको छ ।

सम्बन्धित समाचारहरू

नाइमा आकर्षण : कम मूल्यका कारण चर्चित हेनरी भोल्ट्सका कार

नाइमा आकर्षण : कम मूल्यका कारण चर्चित हेनरी भोल्ट्सका कार

चिनियाँ अटोमोबाइल कम्पनी हेनरीका गाडीहरू मध्ये एक नयाँ मोडल भोल्ट्स सी...

बीएमडब्ल्युले टीभीएससँगको सहकार्यमा इलेक्ट्रिक बाइक लन्च गर्ने

बीएमडब्ल्युले टीभीएससँगको सहकार्यमा इलेक्ट्रिक बाइक लन्च गर्ने

बीएमडब्ल्युले टीभीएससँगको सहकार्यमा इलेक्ट्रिक बाइक निर्माण गर्ने योजना...

इलेक्ट्रिक मोटरसाइकल कम्पनी यात्री मोटरसाइकल्सले ल्यायो यात्री हब एप

इलेक्ट्रिक मोटरसाइकल कम्पनी यात्री मोटरसाइकल्सले ल्यायो यात्री हब एप

काठमाडौं – केही दिन पहिले देखि नै चर्चामा रहेको नेपाली युवा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...