ई–सेवा महा–उत्सवको विजेता रवि बम्जनलाई नामी कार हस्तान्तरण
ललितपुर – ई–सेवाले नेपालीहरुको महान चाड दशैं, तिहार र छठको अवसरमा...
इलेक्ट्रिक बाहेक अन्य सबै प्रकारका गाडीको आयात असार मसान्तसम्मका लागि बन्द गर्ने सरकारी निर्णयले फेस्टिभल सिजन प्रभावित हुने देखिएको छ । व्यवसायीसँग हाल स्टकमा रहेका र यसअघि एलसी खोलिएका कारले बढीमा साउन महिनासम्म धान्ने हुँदा भदौदेखि बजारमा यस्ता गाडीको अभाव हुने देखिएको हो । नाडा अटो शोसँगै भदौ महिनादेखि फेस्टिभल सिजन शुरु हुने नेपाली बजारमा यसपाली उक्त सिजनमा ग्राहकले आफूले चाहेको गाडी खरिद गर्न नसक्ने अवस्था निम्तिने लगभग पक्कापक्की जस्तै देखिएको छ ।
वर्षभरी कारोबार हुने कुल गाडीको ३० प्रतिशत हाराहारी उक्त सिजनमा बिक्री हुँदै आएको यसअघिका तथ्यांकहरुले देखाएका छन् । यो सिजनमा ५ हजार हाराहारी कार बिक्री हुँदै आएकोमा यसपाली आयात प्रभावित हुँदा सो संख्यामा गाडी भित्रिन नसक्ने व्यावसायीले बताएका छन् । ‘हामीसँग स्टकमा रहेको र पुरानो एलसीको गाडी आउँदा साउन महिनासम्म खासै समस्या नहुने देखिएपनि फेस्टिभल सिजनमा गाडी नहुने हामीले आँकलन गरेका छौ’ एक व्यवसायीले नेपाल अटोसँग भने ।
असार मसान्तसम्मको समय सीमा तोकिएका कारण सो समयपछि गाडी आयात सहज हुँदा पनि नयाँ लट आउन अर्को ३ महिनासम्म लाग्ने अनुमान गरेर व्यवसायीले यस्तो आँकलन गरेका हुन् । एलसी खोलेर नयाँ गाडीको अर्डर गरेपछि मात्र उत्पादक कम्पनीले उत्पादन गर्ने र यसरी तयार भएको गाडी नेपाल आउन औसत ३ महिना सम्मको समय लाग्ने ती व्यवसायीको भनाइ छ ।
कस्तो छ इलेक्ट्रिक कारको अवस्था ?
इलेक्ट्रिक कारको आयातमा कुनै रोकावट नगर्ने सरकारी निर्णयले यस्ता गाडीको आयातमा भने कुनै समस्या नहुने भएको छ । बजारमा अहिले इलेक्ट्रिक कारको माग उच्च रहँदै आएपनि आपूर्तिमा देखिएको विश्वव्यापी समस्याका कारण अधिकांश ब्रान्डले अझैपनि अभावको अवस्था झेल्नु परिरहेको छ । बजारमा अहिले टाटा, एमजी, किया र हुन्डाई ब्रान्डका इलेक्ट्रिक कारको माग उच्च रहेको छ । जसमध्ये कुनै पनि ब्रान्डले ग्राहकको मागलाई पुरा गर्न सकिरहेका छैनन् ।
एमजी मोटर्सले केही समय पहिले भित्र्याएको जेडएस ईभीको फेसलिफ्ट मोडल बुकिङ लिने ५ सय बढी ग्राहकले कहिले देखी डेलिभरी पाउने हुन् भन्ने बारे आयातकर्ता कम्पनी नै अनिर्णित रहँदै आएको छ । माग बमोजिम आपूर्ति हुन नसक्ने अवस्था देखेपछि केही समय पहिले कम्पनीले वुकिङ लिएर वसेका ग्राहकलाई गाडी दिन नसक्ने आशयसहित रकम फिर्ता लिन आह्वान गरेको थियो ।
एमजीको जस्तै अवस्था अर्को ब्रान्ड टाटामा पनि देखिएको छ । टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ६ महिनाअघि बुकिङ लिएका ग्राहकलाई अझै केही युनिट नेक्सन ईभी डेलिभरी गर्न बाँकी नै रहेको जनाइएको छ । टाटाको अर्को ईभी टिगोर पनि माग अनुसार आपर्ति हुन नसकिरहेका कारण तत्काल यो गाडी किन्न इच्छुक ग्राहकलाई दिन नसक्ने अवस्था रहेको सिप्रदी स्रोतको भनाइ छ ।
कोरियन ब्रान्ड हुन्डाई र कियामा पनि आपूर्तिको समस्या सम्वोधन हुन सकिरहेको देखिँदैन । केही समयपहिले आयोनिक ५ भित्र्याएको लक्ष्मी इन्टरकन्टिनेन्टलले तत्कालै पहिलो लट सोल्ड आउट भएको बताएको थियो । यो गाडीमा ग्राहकको आकर्षण वढिरह ेपनि आपूर्तिमा देखिएको समस्याका कारण भने जति संख्यामा गाडी आयात हुन सकिरहेको छैन । हुन्डाइको अर्को ईभी कोनामा पनि आपूर्तिको समस्या यथावत नै रहेको देखिन्छ ।
चाइजिन ब्रान्ड बीवाईडीले भने आफ्नो ब्रान्डमा आपूर्तिको सामस्या नरहेको बताउँदै गाडी खरिद गर्न इच्छुक ग्राहकले लामो समय कुर्नु नपर्ने बताएको छ । प्रतिस्पर्धी ब्रान्डको तुलनामा कम माग भएका कारण यो गाडीमा अभावको अवस्था नदेखिएको हो । यदि माग बढ्दै गएको खण्डमा यो ब्रान्डले पनि अभावको अवस्था झेल्नुपर्ने हुन सक्छ । यद्यपि अन्य कम्पनी जस्तो चिप्स र अन्य पार्ट्सको समस्या नहुने भएकाले त्यस्तो अवस्था नआउने बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले बताउदै आएको छ ।
आपूर्तिको अवस्था सहज हुने हो भने नेपालमा यो आर्थिक वर्ष २ हजार हाराहारी इलेक्ट्रिक कार बिक्री हुने विभिन्न अध्ययन र आधारहरुले देखाउँदै आइरहेकोमा कम्वसन इन्जिनयुक्त गाडीको आयात रोकिँदा यो संख्या अझै बढेर जाने देखिन्छ । विश्वव्यापी सेमी कन्डक्टर अभाव र इलेक्ट्रिक मोटर तथा ब्याट्रीको उत्पादन बढ्न नसकेका कारण यस्ता कार उत्पादन गर्ने कम्पनीले आफ्नो उत्पादन क्षमता बढाउन सकिरहेका छैनन् । जसका कारण नेपाली आयातकर्ताले माग गरे अनुसार उनीहरुले गाडी पठाउन सक्ने अवस्था देखिएको छैन । बजारमा इलेक्ट्रिक कार माग अनुसार आपूर्ति हुन नसक्ने निचोड निकालेर नै सरकारले यो गाडीको आयातमा रोक नलगाएको हुन सक्ने अनुमान समेत गर्न सकिन्छ ।
ललितपुर – ई–सेवाले नेपालीहरुको महान चाड दशैं, तिहार र छठको अवसरमा...
नेपाली अटोमोबाइल क्षेत्रमा नेपाली वर्ष २०८१ मा केही सन्तोषजनक उपलब्धि...
काठमाडौं – लिपमोटरको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...