इलेक्ट्रिक कारमा अफर : नगद छुटदेखी उपहारमा स्कुटर र वम्परमा एसयुभी सम्म

काठमाडौं– इलेक्ट्रिक कार बिक्री गर्ने कम्पनीको उपस्थिती वढेसंगै यो सेग्मेन्टको बजार थप प्रतिस्पर्धात्मक बन्न थालेको छ । सिमित ब्रान्डको मात्र उपस्थिती भएका कारण केही समयअघि सम्म इलेक्ट्रिक कार हात पार्न लामै समय कुर्नुपर्ने अवस्था थियो । आफूले चाहेको गाडी हात पार्नुलाई नै ठूलो उपलब्धि मान्नुपर्ने तत्कालिन समयमा नगद छुट र थप सुविधाको माग गर्न ग्राहकले हिम्मत गर्न सक्दैन थिए ।

तर अहिले अवस्था फेरिएको छ । बजारमा धेरै ब्रान्डका ईभी उपलब्ध हुन थालेपछि ग्राहकले छनोटमा विकल्प पाएका छन् । आफूले चाहेको ईभी छानीछानी किन्नमात्र होइन अहिले उनीहरु बिक्रेता कम्पनीसंग नगद छुट र अन्य सुविधा माग गर्न सक्ने अवस्थामा समेत पुगेका छन् । इलेक्ट्रिक कारको बजार प्रतिस्पर्धी वनेसंगै यसको सिधा फाइदा ग्राहकसम्म पुग्न थालेको छ ।
प्रतिस्पर्धात्मक बजारलाई मध्यनजर गर्दै ईभी आयत गर्ने कम्पनीले नयाँ स्किम र अफर समेत ल्याउन थालेका छन् ।

यसअघि केही कम्पनीले ईभीको एक्सचेन्ज क्याम्प चलाएर सुरु भएको यो यात्रा अहिले फेस्टिभल सीजनसम्म आईपुग्दा अन्य सुविधामा समेत विस्तार भएको छ । जसलाई एमजी, हुन्डाई, नेटा, वुलिङ र हेनरी जस्ता ब्रान्डले ल्याएको फेस्टिभ अफरले राम्रैसंग पुष्टि गर्छ ।

एमजी : पारामाउन्ट मोटर्सले यसपालीको दशैं तिहारलाई लक्षित गरी ‘फेस्टिभ भाइब्स’ स्किम ल्याएको छ । सो स्किम अन्तर्गत ग्राहकले एमीजीको जेडएस ईभी खरिद गर्दा २ लाखसम्मको फाइदा पाउनेछन् । एमजी जेडएस ईभी खरिद गर्ने ग्राहकलाई कम्पनीले एकथान स्पेयर टायर, ७ किलोवाटको एसी चार्जर र १ वर्षको इन्स्युरेन्स निशुल्क दिने जनाएको छ । जसको मूल्य २ लाख पर्ने उसको भनाई छ ।

हुन्डाई : हुन्डाई गाडीको नेपालाका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ल्याएको –‘फेस्टिभ डिलाईट–२०८०’ अन्तर्गत इलेक्ट्रिक कार कोनाको खरिदमा ग्राहकले ८० हजार नगद छुट पाउनेछन् । सो अफरमा ग्राहकले स्क्र्याच कार्ड मार्फत १ लाखसम्म जित्न सक्नेछन् भने बम्परमा एकजना भाग्यशाली बिजेताले माइक्रो एसयूभी एक्स्टर उपहार पाउनेछन् । साथै १ वर्षको निशुल्क इन्स्युरेन्स र सडक कर समेत प्रदान गरिने कम्पनीले जनाएको छ ।

वुलिङ : वुलिङको नेपालका लागि आधिकारिक वितरक ईभी नेपाल मोटर्सले ल्याएको ‘वुलिङको कार उपहारको वाहर’ स्किम अन्तर्गत ग्राहकले एलजी ब्रान्डका फ्रिज देखी निशुल्क एसेसोरिज र बम्परमा एकजना भाग्यशाली बिजेताले लेभनिङ ब्रान्डको इलेक्ट्रिक स्कुटर पाउनेछन् । दशैं तिहारमा वुलिङको एयर ईभी खरिद गर्दा ग्राहकले २६० लिटर क्षमताको डबल लोड एलजी फ्रिज र निशुल्क रोड ट्याक्स तथा इन्स्यूरेन्स मध्ये एकलाई छनोट गरी लिन सक्नेछन् । साथै, ४ वर्षसम्मको निशुल्क सर्भिसिङ र एसेसोरिजमा चार्जिङ बक्स, चार्जिङ गन, कार म्याट र एयर कम्प्रेसर लगायत निशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ ।

हेनरी : हेनरी कारको नेपालका लागि आधिकारिक बिक्रेता पायोनीयर वल्र्ड वाईड प्रालिले ‘दशैं तिहारको बहार, कार किन्दा स्कुटर उपहार’ नामक योजना ल्याएको छ । जसअन्तर्गत २४ लाख ५० हजार मूल्य रहेको हेनरी मिनीकार किन्दा इकुटर ब्रान्डको ईटी–३ मोडेल उपहार पाउने छन् ।
साथै, कम्पनीले नगद छुट र अन्य सुविधा पनि दिएको छ । हेनरी कारमा एक बर्षको बीमा र एक वर्षको वार्षिक कर पनि कम्पनी आँफैले तिरिदिने जनाएको छ । चिनिायाँ ब्रान्डको यो कारमा १७ किलोवाट आवरको ब्याट्री र ३५ किलोवाटको मोटर छ ।

नेटा भी : होजोन मोटर्सको आधिकारी बिक्रेता सिजी मोटर्सले ‘डिक्की फुल’ अफर ल्याएको छ । कम्पनीले बिक्री गर्ने इलेक्ट्रीक क्रसओभर नेटा भीमा विभिन्न इलेक्ट्रोनिक्स सामानहरु गाडीको डिक्की भरेर ग्राहकले पाउने छन् । नेटा भी खरिद गर्ने हरेक ग्राहकले ४३ इन्चको सिजी फोके स्मार्ट टीभी, कार भ्याकुम क्लिनर, १४०० वाटको प्रेसर वासर, सिजीको भ्याकुम कप र ५०० एमएल अट्ने सीजीको भ्याकुम फ्लस्क बोटल उपहारमा पाउनेछन् । यसका अलावा नेटाभी किन्ने ग्राहकले ६.६ किलोवाटको एसी फास्ट चार्जर, फ्रि टायर सेट, एक वर्षको फुल इन्स्योरेन्स, एक्चेन्ज सुविधा र एक वर्षको वार्षिक करसमेत कम्पनीले नै तिर्ने जनाएको छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा आयो नयाँ जेनेरेसन अतुल रिक

नेपाली बजारमा आयो नयाँ जेनेरेसन अतुल रिक

काठमाडौं – अतुल अटोको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्सले एक...

नेपाली बजारमा चिनियाँ ईभीको वर्चश्व

नेपाली बजारमा चिनियाँ ईभीको वर्चश्व

नेपाली बजारमा चिनियाँ सवारीसाधनहरूको वर्चश्व देखिएको छ । पछिल्लो समय चार...

साइमेक्स इंकले ग-यो बीवाईडी ईभीको मूल्य समायोजन, ९१ हजार देखि १० लाख सम्म बढ्यो मूल्य

साइमेक्स इंकले ग-यो बीवाईडी ईभीको मूल्य समायोजन, ९१ हजार देखि १० लाख सम्म बढ्यो मूल्य

बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाली बजारमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...