फेरारीले सार्वजनिक ग-यो कम्पनीको पहिलो विद्युतीय कार

इटालियन लक्जरी स्पोट्र्स कार निर्माता कम्पनी फेरारीले कम्पनीको पहिलो पूर्ण विद्युतीय कार अर्थात ईभी ‘लुचे’ सार्वजनिक गरेको छ। करिब ६ लाख ४० हजार अमेरिकी डलर मूल्य तोकिएको यो नयाँ मोडल फेरारीको इतिहासमै पहिलो पाँच सिट भएको कार पनि बनेको छ। कम्पनीले यस कारलाई पूर्व एप्पल डिजाइन प्रमुख सर जोनी आइभले स्थापना गरेको डिजाइन एजेन्सी ‘लभफ्रम’ सँगको सहकार्यमा विकास गरेको हो।

‘लुचे’ नामको अर्थ इटालियन भाषामा ‘प्रकाश’ हुन्छ। फेरारीका प्रमुख कार्यकारी अधिकृत बेनेडेट्टो भिग्नाका अनुसार यो कार विकास गर्न कम्पनीलाई करिब पाँच वर्ष लागेको थियो। यसअघि फुल इलेक्ट्रिक कार उत्पादन नगर्ने रणनीति लिएको फेरारीले हाइब्रिड मोडलमा ध्यान केन्द्रित गरेको थियो। तर विश्व अटो उद्योग विद्युतीय सवारीतर्फ तीव्र रूपमा अघि बढिरहेका बेला कम्पनीले अन्ततः आफ्नो पहिलो पूर्ण विद्युतीय मोडल सार्वजनिक गरेको हो।

नयाँ फेरारी लुचे परम्परागत फेरारी डिजाइनभन्दा फरक देखिन्छ। पाँच सिट भएको डिजाइन, फराकिलो क्याबिन तथा नयाँ शैलीका कारण यसले सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया पाएको छ। केहीले यसको डिजाइनलाई आलोचना गर्दै ‘फेरारीले आफ्नो पहिचान गुमाएको’ टिप्पणी गरेका छन् भने कतिपयले यसलाई डिजाइनको उत्कृष्ट उदाहरणका रूपमा प्रशंसा गरेका छन्।

लुचेमा प्रत्येक ह्विलका लागि छुट्टाछुट्टै फेरारीद्वारा निर्मित विद्युतीय मोटर प्रयोग गरिएको छ। यसका कारण गाडीले करिब २.५ सेकेन्डमै शून्यदेखि ९६ किलोमिटर प्रतिघण्टाको गति हासिल गर्न सक्ने बताइएको छ। ५३० किलोमिटर रेन्ज दिने सो गाडीका सबै मुख्य कम्पोनेन्ट कम्पनीले आफैं उत्पादन गरेको हो, जसले भविष्यमा मेन्टिनेन्स तथा रिसेल भ्याल्यु सुरक्षित राख्न मद्दत गर्नेछ।

गाडीको इन्टेरियरमा प्रिमियम क्रिम लेदर फिनिस, ठूलो कर्भ्ड टचस्क्रिन डिस्प्ले तथा मोडर्न डिजिटल सिस्टम समावेश गरिएको छ। फेरारीले नयाँ मोडलमा लक्जरी, प्रविधि र दैनिक प्रयोगको सुविधालाई एकसाथ जोड्ने प्रयास गरेको जनाएको छ।

फेरारीका प्रमुख डिजाइन अधिकारी फ्लाभियो मान्जोनीका अनुसार नयाँ डिजाइनलाई लिएर हुने आलोचना नवप्रवर्तन प्रक्रियाको स्वाभाविक हिस्सा हो। उनका अनुसार अहिले फरक देखिएको डिजाइन भविष्यमा धेरैले रुचाउने सम्भावना छ।

फेरारीले पूर्ण विद्युतीय मोडलसँगै पेट्रोल र हाइब्रिड गाडी उत्पादनलाई पनि निरन्तरता दिने जनाएको छ। कम्पनी अहिले पनि युरोपको सबैभन्दा मूल्यवान अटो निर्माता कम्पनीमध्ये एक हो। सीमित संख्यामा अत्यन्त प्रिमियम गाडी बिक्री गर्ने रणनीतिका कारण फेरारी अन्य प्रतिस्पर्धीको तुलनामा बलियो स्थितिमा रहेको मानिन्छ।

सम्बन्धित समाचारहरू

६ महिनामा चीनमा बिक्री भयो १ करोड ४० लाख बढी कार, बीवाईडी पहिलो स्थानमा

६ महिनामा चीनमा बिक्री भयो १ करोड ४० लाख बढी कार, बीवाईडी पहिलो स्थानमा

काठमाडौं– विश्वको सबैभन्दा ठूलो अटो बजार चीनमा ६ महिना अबधीमा १ करोड ४० लाख...

हुवावेको ड्राइभर असिस्टेन्स सिस्टम ८० भन्दा बढी सवारी मोडलमा प्रयोग हुने, २०३० सम्म ३० लाख युनिट पुग्ने

हुवावेको ड्राइभर असिस्टेन्स सिस्टम ८० भन्दा बढी सवारी मोडलमा प्रयोग हुने, २०३० सम्म ३० लाख युनिट पुग्ने

चिनियाँ टेक्नोलोजी जायन्ट हुवावेले आफ्नो ड्राइभर असिस्टेन्स सिष्टम...

इतिहासमा आज : जब एउटा गाडी ऊर्जा मन्त्रालयको प्राङ्गणमा प्रवेश ग-यो

इतिहासमा आज : जब एउटा गाडी ऊर्जा मन्त्रालयको प्राङ्गणमा प्रवेश ग-यो

बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंककी प्रबन्ध निर्देशक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...