फरारी पनि इलेक्ट्रिक सेगमेन्टमा प्रवेश, पहिलो इलेक्ट्रिक कारको परीक्षण सुरु

लक्जरी कार निर्माता कम्पनी फरारी पनि अब इलेक्ट्रिक सेगमेन्टमा प्रवेश गर्ने भएको छ । मिडिया रिपोर्टका अनुसार हालै फरारीले आफ्नो पहिलो इलेक्ट्रिक कारको परीक्षण सुरु गरिसकेको छ । कम्पनीले सो कार अर्को वर्ष २०२५ मा लन्च गर्न सक्ने अपेक्षा गरिएको छ ।

फरारीको पहिलो इलेक्ट्रिक कार ह्याचब्याक हुन सक्ने अनुमान गरिएको छ । यसको बडीशेल मासेराटी लेभान्टे एसयूभीसँग मिल्दोजुल्दो हुनेछ, जसमा पछाडि क्वाड एक्जास्ट र एक विशिष्ट देखिने रियर बम्पर छ। लेभान्टेको तुलनामा यसको पाङ्ग्रा ठुलो हुनेछ ।  

रिपोर्टका अनुसार सो कारको मूल्य ६ करोड ६२ लाख भन्दा बढी हुन सक्ने अनुमान गरिएको छ । साथै, यो कार दुई सिटर हुने बताइएको छ, जसका प्रत्येक चार पाङ्ग्रामा इलेक्ट्रिक मोटर हुनेछ। साथै फरारीले आफ्नो दोस्रो इलेक्ट्रिक कारमा पनि काम गरिरहेको छ, जुन कम्पनीले हाल विकास गरिरहेको छ।

फरारीको इलेक्ट्रिक कार इटालीको मारानेलोमा रहेको नयाँ कारखानामा निर्माण भइरहेको छ । सो कारखानामा ईभी, हाइब्रिड र आईसीई कार उत्पादन गर्न सक्ने बताइएको छ जसले वार्षिक उत्पादन करिब २० हजार युनिटसम्म पुर्‍याउन मद्दत गर्नेछ।

सम्बन्धित समाचारहरू

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...