नेक्सन इभीको लोकप्रियता पछि अब नेपाली बजारमा टाटा टिगोर इभी आउने
टाटा गाडीको नेपालका लागि आधिकारिक बितरक सिप्रद्धी ट्रेडिङले नयाँ इभी...
टाटा मोटर्सको सबैभन्दा लोकप्रिय सब फोर मिटर कम्प्याक्ट एसयूभी नेक्सनमा धेरै अपडेट भएको छ । कम्पनीले यसको स्टाइलिस डिजाइन, क्याबिन र फिचरमा परिवर्तन गरेको छ । यसै सन्दर्भमा एक भिडियो सुटको सन्दर्भमा सो कार देखिएको र यसको तस्बिर सार्वजनिक भएको छ ।
कम्पनीले सेप्टेम्बर १४ मा नयाँ नेक्सन फेसलिफ्ट र नेक्सन ईभी फेसलिफ्ट लन्च गर्ने भएको छ । यो नयाँ मोडल हो । हालको मोडलको तुलनामा नेक्सन फेसलिफ्टको १.२ लिटर टर्बाे पेट्रोल इन्जिनले ५ पीएस पावर र ५० एनएम बढी टर्क जेनेरेट गर्छ ।
नयाँ मोडलमा नयाँ डिजाइन दिनका लागि नेक्सन र नेक्सन ईभी फेसलिफ्टमा केही इलिमेन्ट थपिएको छ । यसमा नयाँ एलईडी डीआरएल र फ्रन्ट बम्पर निकै आकर्षक बनाइएको छ । नेक्सन फेसलिफ्टमा पुरानो वाई साइजको एलईडी टेल लाइट नयाँ स्लिक टेल लाइटमा परिवर्तन गरिएको छ । यसमा पनि वाई साइज र कनेक्टेड डिजाइन दिइएको छ ।
ड्यासबोर्डमा १०.२ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट स्क्रिन, अपडेट एसी भेन्ट र सेन्टर कन्सोल देख्न सकिन्छ । यसमा नयाँ गियर अप्सनको साथै क्लाइमेट कन्ट्रोल प्यानलको लागि टागलको साथमा क्यापेसिटिभ बटन पनि छ ।
यसमा नयाँ २ वटा स्पोक स्टेयरिङ ह्विल र नयाँ सिंगल पिस फुल्ली डिजिटल इन्ट्रयुमेन्ट स्क्रिन पनि उपलब्ध छ । यसमा अब्जेक्टिभ अपग्रेडमा फ्रन्ट पार्किङ क्यामेरा, ३६० डिग्री पार्किङ, नयाँ अलोय ह्विल, प्यानोरोमिक सनरुफको साथ सिंगल पेन सनरुफ र नयाँ इन्टेरियर तथा एक्सटेरियर समावेश छ ।
नेक्सन फेसलिफ्टमा १.२ लिटर टर्बाे चार्ज पेट्रोल इन्जिन समावेश छ, जसले १२५ पीएसको पावर र २२५ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ११० पीएस पावर र २६० एनएम टर्क जेनेरेट गर्ने १.५ लिटर टर्बो चार्ज डिजेल इन्जिन पनि समावेश छ । दुबै इन्जिनमा ६ स्पिड म्यानुअल वा ६ स्पिड एएमटी गियरबक्स र ३ ड्राइभिङ मोड समावेश छ ।
सो एसयूभीको हुन्डाई भेन्यु, किया सोनेट, मारुती सुजुकी ब्रेजा र महिन्द्रा एक्सयूभी ३०० सँग प्रतिस्पर्धा हुनेछ ।
टाटा गाडीको नेपालका लागि आधिकारिक बितरक सिप्रद्धी ट्रेडिङले नयाँ इभी...
टाटा मोटर्सले आफ्नो वहुप्रतिक्षित फेमिली कार सिएरा एसयूभी लन्च गरेको छ ।...
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...