सेप्टेम्बर १४ मा लन्च हुँदै टाटा नेक्सन र नेक्सन ईभी फेसलिफ्ट, टीभीसी सुटको क्रममा देखियो यस्तो

टाटा मोटर्सको सबैभन्दा लोकप्रिय सब फोर मिटर कम्प्याक्ट एसयूभी नेक्सनमा धेरै अपडेट भएको छ । कम्पनीले यसको स्टाइलिस डिजाइन, क्याबिन र फिचरमा परिवर्तन गरेको छ । यसै सन्दर्भमा एक भिडियो सुटको सन्दर्भमा सो कार देखिएको र यसको तस्बिर सार्वजनिक भएको छ ।

कम्पनीले सेप्टेम्बर १४ मा नयाँ नेक्सन फेसलिफ्ट र नेक्सन ईभी फेसलिफ्ट लन्च गर्ने भएको छ । यो नयाँ मोडल हो । हालको मोडलको तुलनामा नेक्सन फेसलिफ्टको १.२ लिटर टर्बाे पेट्रोल इन्जिनले ५ पीएस पावर र ५० एनएम बढी टर्क जेनेरेट गर्छ ।

नयाँ मोडलमा नयाँ डिजाइन दिनका लागि नेक्सन र नेक्सन ईभी फेसलिफ्टमा केही इलिमेन्ट थपिएको छ । यसमा नयाँ एलईडी डीआरएल र फ्रन्ट बम्पर निकै आकर्षक बनाइएको छ । नेक्सन फेसलिफ्टमा पुरानो वाई साइजको एलईडी टेल लाइट नयाँ स्लिक टेल लाइटमा परिवर्तन गरिएको छ । यसमा पनि वाई साइज र कनेक्टेड डिजाइन दिइएको छ ।

ड्यासबोर्डमा १०.२ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट स्क्रिन, अपडेट एसी भेन्ट र सेन्टर कन्सोल देख्न सकिन्छ । यसमा नयाँ गियर अप्सनको साथै क्लाइमेट कन्ट्रोल प्यानलको लागि टागलको साथमा क्यापेसिटिभ बटन पनि छ ।

यसमा नयाँ २ वटा स्पोक स्टेयरिङ ह्विल र नयाँ सिंगल पिस फुल्ली डिजिटल इन्ट्रयुमेन्ट स्क्रिन पनि उपलब्ध छ । यसमा अब्जेक्टिभ अपग्रेडमा फ्रन्ट पार्किङ क्यामेरा, ३६० डिग्री पार्किङ, नयाँ अलोय ह्विल, प्यानोरोमिक सनरुफको साथ सिंगल पेन सनरुफ र नयाँ इन्टेरियर तथा एक्सटेरियर समावेश छ ।

नेक्सन फेसलिफ्टमा १.२ लिटर टर्बाे चार्ज पेट्रोल इन्जिन समावेश छ, जसले १२५ पीएसको पावर र २२५ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ११० पीएस पावर र २६० एनएम टर्क जेनेरेट गर्ने १.५ लिटर टर्बो चार्ज डिजेल इन्जिन पनि समावेश छ । दुबै इन्जिनमा ६ स्पिड म्यानुअल वा ६ स्पिड एएमटी गियरबक्स र ३ ड्राइभिङ मोड समावेश छ ।

सो एसयूभीको हुन्डाई भेन्यु, किया सोनेट, मारुती सुजुकी ब्रेजा र महिन्द्रा एक्सयूभी ३०० सँग प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित समाचारहरू

भोलि देखि देशभरका सोरुममा टाटा मोटर्सको एक्सचेन्ज क्याम्प आयोजना हुने

भोलि देखि देशभरका सोरुममा टाटा मोटर्सको एक्सचेन्ज क्याम्प आयोजना हुने

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक बितरक सिप्रदी ट्रेडिङ...

जान्नुहोस् विश्वका १५ प्रसिद्ध कार कम्पनीको नाम कसरी रहयो र यसको अर्थ के हो ?

जान्नुहोस् विश्वका १५ प्रसिद्ध कार कम्पनीको नाम कसरी रहयो र यसको अर्थ के हो ?

काठमाडौं –  हरेक कम्पनीको पहिचान कम्पनीको नामले हुने गरेको छ । हरेक...

७ वर्षमा टाटाले बिक्री गर्यो ४ लाख युनिट टियागो, यस्तो छ नेपाली बजारमा समेत लोकप्रिय यो कार

७ वर्षमा टाटाले बिक्री गर्यो ४ लाख युनिट टियागो, यस्तो छ नेपाली बजारमा समेत लोकप्रिय यो कार

टाटा मोटर्सले ४ लाख युनिट टियागो कार बिक्री गर्न सफल भएको छ । ७ वर्षअघि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...