हिरो मोटोकर्पले ल्यायो डेस्टिनी १२५ एक्सटेक स्कुटर

हिरो मोटोकर्पले डेस्टिनी १२५ को नयाँ अवतार डेस्टिनी एक्सटेक १२५ सार्वजनिक गरेको छ । यो पहिलेको भन्दा धेरै प्रिमियम देखिन्छ । नयाँ डेस्टिनी एक्सटेक १२५ मा नयाँ डिजाइन र थिम एलिमेन्ट रहेको छ, जसले यसको आकर्षणलाई बढाएको छ । नयाँ एलईडी हेडल्याम्प, विकसित रेट्रो डिजाइन र क्रोम एलिमेन्टले यसलाई प्रिमियम लुक दिएको छ ।

डेस्टिनी एक्सटेक १२५ मा हिरोको आई३एस टेक्नोलोजी, फ्रन्ट यूएसबी चार्जर, ब्लुटुथ कनेक्टिभिटी, कल र एसएमएस अलर्ट सहितको नयाँ डिजिटल एनालग स्पिडोमिटर, साइड स्ट्यान्ड इन्जिन कट अफ र सिट ब्याकरेस्ट जस्ता फिचर रहेको छ । सो स्कुटरले पहिलेको तुलनामा राम्रो माइलेज प्रदान गर्छ । नयाँ डेस्टिनी एक्सटेक १२५ को प्रारम्भिक मूल्य ७४ हजार ९५० भारु रहेको छ ।

डेस्टिनी एक्सटेक १२५ मा एलईडी हेडल्याम्प, प्रभावशाली आधुनिक रेट्रो स्टाइल, रियर सिटरको लागि ब्रान्डेड सिट र ब्लुटुथ जडानको साथमा नयाँ डिजिटल एनालग स्पिडोमिटरले इनकमिङ र मिस्ड कल अलर्ट, आरटीएमआईको साथमा टाइमिङ देखाउने साथै नयाँ इन्धन सूचक देखाउने जस्ता विशेषता रहेको छ ।

डेस्टिनी एक्सटेक १२५ विभिन्न ७ आकर्षक रङमा उपलब्ध छ । यसमा नेक्सस ब्लु विशेषगरी डेस्टिनी एक्सटेक १२५ को लागि निर्माण गरिएको छ । नयाँ डेस्टिनी एक्सटेक १२५ मा १२५ सीसी बीएस६ इन्जिन जडान गरिएको छ, जसले पावरफुल आउटपुट पैदा गर्छ ।

सम्बन्धित समाचारहरू

कम्ब्याट एडिसनमा आयो हिरो जुम, यस्तो छ विशेषता

कम्ब्याट एडिसनमा आयो हिरो जुम, यस्तो छ विशेषता

हिरो मोटोकर्पले जुम स्कुटरको कम्व्याट एडिसन लन्च गरेको छ । टप भेरिएन्टका...

सीजीले बढायो हिरो मोटरसाइकल र स्कुटरको मूल्य, यस्तो छ नयाँ मूल्य सूची

सीजीले बढायो हिरो मोटरसाइकल र स्कुटरको मूल्य, यस्तो छ नयाँ मूल्य सूची

काठमाडौं – नेपाली बजारमा हिरोका मोटरसाइकल र स्कुटर बिक्री–वितरण गरिरहेको...

हिरो मोटरसाइकल र स्कुटरमा १ लाखसम्म छुट, डाउनपेमेन्ट नगरी बाइक किन्न सकिने

हिरो मोटरसाइकल र स्कुटरमा १ लाखसम्म छुट, डाउनपेमेन्ट नगरी बाइक किन्न सकिने

काठमाडौं– हिरो मोटरसाइकल तथा स्कुटरको खरिदमा ग्राहकले नगद छुट र शून्य...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...