अनलाइन खरिदका लागि हिरो मोटोकर्पले शुरु ग-यो भर्चुअल शोरुम
कोभिड–१९ को दोस्रो लहरलाई ध्यानमा राख्दै हिरो मोटोकर्पले भर्चुअल शोरुम...
हिरो मोटोकर्पले भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा जुम १६० स्कुटर १ लाख ४८ हजार भारु मूल्यमा लन्च गरेको छ । स्पोर्टी लुकको हिरो जुम १६० ले भारतीय बजारमा यामाहा एरोक्स १५५ र अप्रिलिया एसएक्सआर १६० सँग प्रतिपर्धा गर्नेछ ।
कम्पनीले अटो एक्सपो २०२५ मा जुम १२५ स्कुटर पनि ८६ हजार ९०० भारुमा लन्च गरेको छ । हिरो जुम १६० को बुकिङ फेब्रुअरी देखि र डेलिभरी मार्चदेखि सुरु हुनेछ । यसमा कम्पनीले १५६ सीसीको सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिनले सुसज्जित गरेको छ, जसले ८००० आरपीएममा १४ बीएचपीको पावर र ६५०० आरपीएममा १३.७ एनएमको टर्क जेनेरेट गर्छ ।
जुम १६० मा १४ इन्चको फ्रन्ट र रियर ह्विल उपलब्ध गराएको छ । म्याक्सी स्टाइलको सो स्कुटरमा अल एलईडी लाइटिङ, कीलेस स्टार्ट, टर्न-बाय-टर्न नेभिगेसनको साथमा डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल र अलग सिट खोल्नको लागि बटन जडान गरिएको छ । यसको तौल १४१ किलोग्राम छ ।
स्कुटरको सिट मुनि ठुलो स्टोरेज स्पेस दिइएको छ, जसमा साना साना सामानका साथै फुलसाइजको हेलमेट राख्न सकिन्छ । स्कुटरमा स्ट्यान्डर्ड फिटमेन्टको रुपमा २४० एमएमको फ्रन्ट डिस्क ब्रेक र रियरमा ड्रम ब्रेक रहेको छ । यसको अगाडि टेलिस्कोपिक फोर्क्स र पछाडि ड्युअल स्प्रिंग्स रहेको छ ।
कोभिड–१९ को दोस्रो लहरलाई ध्यानमा राख्दै हिरो मोटोकर्पले भर्चुअल शोरुम...
हिरो मोटोकर्पले जुम स्कुटर लन्च गरेको छ । सो स्कुटरमा कर्नरिङ लाइट जडान...
हिरो स्प्लेन्डर भारतमा सबैभन्दा बढी बिक्री हुने कम्युटर बाइक हो । २०२२ मा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...