यामाहाको नयाँ बाइक नेपालमा : हेरौ कुन फिचरले के काम गर्छ

काठमाडौँ—नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एम्एडब्लु इन्टरप्राइजेजले धेरैले प्रतिक्षा गरेको सुविधासम्पन्न बाइक आर१५ भी४ हिजोबाट आधिकारिक रूपमा नेपाली बजारमा उपलब्ध गराएको छ । उक्त बाइक सार्वजानिक गरेको हो । आर१५ भी४ नेपालमा ल्याइएको यामाहाको उत्कृष्ट मोटरसाइकलहरूमध्ये एक रहेको कम्पनीको ठहर रहेको छ ।

आर१५ को चौथो जेनेरेशन भनिएको उक्त बाइक मूलतः ट्र्याक स्पिड, कर्भ, र स्पोर्टस् बाइकमा रुचि राख्ने युवा वर्गलाई लक्षित गरी तयार पारिएको कम्पनीले बताएको छ । १५५ सीसी एफ्आई इन्जिनमा भीभीए राखी तयार पारिएको यस बाइकलाई नयाँ ग्राफिक, थ्रिडी एम्ब्लेम, वाइ–कनेक्ट र उत्कृष्ट कौशलकारिताका साथ तयार पारिएको ‘टु–लेभल सिट’ जस्ता विशेषताहरूले अझ आकर्षक, विश्वसनीय, स्मार्ट, कार्यकुशल र आरामदायक बनाएको कम्पनीले जनाएको छ ।

यसका अतिरिक्त, ‘एसिस्ट एण्ड स्लिपर क्लच’ र ‘भीभीए’ जस्ता प्रणालीले आर१५ भी४ लाई अझ चुस्त, छरितो र प्रभावकारी बनाई बाइकको समग्र पर्फमेन्सलाई नयाँ उचाइ प्रदान गरेको कम्पनी बताउँछ । ‘एसिस्ट एण्ड स्लिपर क्लच’को एडप्टेशनले बाइकको गति कम गर्ने क्रममा क्लचको वजन कम गरी ‘लो–स्ट्रेश’ कायम गर्न मद्दत पु¥याउँदछ, जसले गर्दा गियरको ‘डाउण्ड–स्फीटिङ’ प्रक्रियालाई आरामदायक र सहज बनाउँदछ । त्यसैगरी, उच्च कार्यसम्पादन क्षमता भएको ‘भीभीए’ प्रणालीले भने बाइक न्यून आरपीएमको अवस्थामा समेत उल्लेखनीय पावर र टर्क प्रदान गर्दछ ।

आर१५ भी४ को विशेषताहरूबारे जानकारी गराउँदै यस बाइकलाई दुई प्रकारको मोडमा चलाउन मिल्ने गरी तयार पारिएको पनि कम्पनीले उल्लेख गरेको छ । राइडरले सडकको अवस्थाको अनुकूलता मध्यनजर गर्दै आफूले चाहेअनुसार उच्च कार्यसम्पादका लागि ‘ट्रयाक मोड’ र सहरभित्र मितव्ययी कार्यसम्पादनका साथ गरिने यात्राका लागि ‘स्ट्रिट मोड’मा स्विच गर्न सक्ने सुबिधा रहेको छ ।

कम्पनीका अनुसार राइडरलाई उच्च गतिमा छिटो पुर्याउनका निम्ति एयरफ्लोलाई अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्न सुधारिएको एरोडाइनामिक डिजाइन र सही र भरपर्दो ब्रेकिङका लागि डुअल च्यानल एबीएसका साथ बजारमा ल्याइएको यस अल–न्यू आर१५ भी४, १५५ सीसी एलसीभी एसओएचसी फ्युल–इन्जेक्टेड (एफआई) इन्जिनको साथ तयार पारिएको शक्तिशाली बाइक हो ।

चिप्लो बाटोमा ह्विलस्पिनको कारण चक्काले घर्षण गुमाई चिप्लने सम्भावनालाई कम गराउँन राखिएको ट्रयाक्शन कन्ट्रोल सुविधाले चालकको आत्मविश्वासलाई कायम गर्न मद्दत गर्दै यात्रालाई अझ सुरक्षित बनाउने कम्पनीले जनाएको छ ।

यस्तै, क्लच/थ्रोटलरहित गियर सिफ्टिङलाई प्रभावकारी बनाउने प्रविधि, ‘क्विक सिफ्टर’ भने ‘रेसिङ ब्लु’ भेरिएन्टमा मात्र उपलब्ध रहेको र ग्राहकले चाहेमा कालो र रातो भेरिएन्टमा पनि राख्न मिल्ने कम्पनीले जानकारी दिएको छ ।

यसैगरी, ‘कनेक्ट एक्स’भन्दा उन्नत प्रविधिको ‘वाइ कनेक्ट’ समावेश गरिएको एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टरले आर१५ लाई स्मार्ट मात्र नभइ बहुआयमिक पनि बनाएको यामाहा नेपालका सीईओ राजु क्षेत्रीले बताएका छन् । एन्ड्रोइड र एप्पल प्रयोग गर्ने राइडरहरूका लागि क्रमशः ‘गुगल प्ले स्टोर’ र ‘एपस् स्टोर’मा उपलब्ध ‘वाइ कनेक्ट’ एप बाइकसँग ब्लुटुथमार्फत जोडेपछि निम्न फङसनहरू एलसीडी क्लस्टरमा डिस्प्ले हुने कम्पनीले जानकारी दिएको छ :

– गियर सिफ्ट इन्डिकेटर
– फ्यूल कन्जम्पशन इन्डिकेटर
– सिफ्ट–टाइमिङ्ग लाईट
– भीभीए इन्डिकेटर
– ट्रयाक्शन कन्ट्रोल इन्डिकेटर
– मोबाइल फोनको ब्याट्री लेभल
– मेन्टेनेन्स रिकमेन्डेशन
– पार्किङ लोकेशन
– मालफङ्शन नोटिफिकेशन
– रेभ ड्याशबोर्ड र स्मार्टफोनमा रेङ्किङ

यसका साथै वाइ कनेक्टमार्फत चालकले फोनकल, एसएमएस र ईमेल अलर्टजस्ता नोटिफिकेशन पनि बाइकको एलसिडी क्लस्टरमा हेर्न मिल्ने सुविधा रहेको छ ।

बिहीबारबाट नेपालभरिका यामाहा शोरुममा उपलब्ध भएको आर१५ भी४ निलो, कालो र रातोको मूल्य नेपाली बजारमा. क्रमशः ५ लाख ७२ हजार ९ सय र ५ लाख ६२ हजार ९ सय रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचारहरू

‘यामाहा रे जेडआर १२५ एफआई’ले जित्यो ‘स्कुटर अफ द इयर’ अवार्ड

‘यामाहा रे जेडआर १२५ एफआई’ले जित्यो ‘स्कुटर अफ द इयर’ अवार्ड

यामाहाको स्कुटर रे जेडआर १२५ एफआईले भर्खरै बाइक इन्डिया अवार्डमा ‘स्कुटर...

जिप, स्कोडा, जेसीबी, आइसर, फोटोन र चांगनका गाडी किन्न सहज हुने, एभरेष्ट बैंकले ऋण दिने

जिप, स्कोडा, जेसीबी, आइसर, फोटोन र चांगनका गाडी किन्न सहज हुने, एभरेष्ट बैंकले ऋण दिने

काठमाडौं – नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा इन्जिनियरिङ कम्पनीमध्ये...

नयाँ फिचर र कलर स्किमका साथ हाइब्रिड भर्सनमा आयो यामाहा फेसिनो १२५ एफआई स्कुटर

नयाँ फिचर र कलर स्किमका साथ हाइब्रिड भर्सनमा आयो यामाहा फेसिनो १२५ एफआई स्कुटर

यामाहाले फेसिनो १२५ एफआई स्कुटरलाई हाइब्रिड भर्सनमा सार्वजनिक गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...