यस्तो छ हालै नेपाली बजारमा भित्रिएको चेरीको एसयूभी टिग्गो ४प्रोको मूल्य र विशेषता

काठमाडौं – शारदा ग्रुप अन्तर्गतको कम्पनी एसपीजी अटोमोबाइल्स नेपाली बजारमा चेरी अटोमोबाइल्सको आधिकारिक वितरक नियुक्त भएको छ । एसपीजी अटोमोबाइल्सले हिजो नेपाली बजारमा नयाँ एसयूभी टिग्गो फोरप्रो (४प्रो) एसयूभी लन्च गरेको छ ।

चेरी टिग्गो फोरप्रो एसयूभी तीन भेरिएन्टमा उपलब्ध छ । यो १.५ लिटर नेचुरल्ली एस्पिरेटेड म्यानुअल ट्रान्समिसन, १.५ लिटर नेचुरल्ली एस्पिरेटेड सीभीटी र १.५ लिटर टर्बोचार्ज्ड ९ स्पिड गियरबक्स सीभीटी इन्जिनमा उपलब्ध छ ।

नेचुरल्ली एस्पिरेटेड इन्जिनले अधिकतम पावर ८५ किलोवाट अर्थात ११५ पीएस र १३८ एनएमको अधिकतम टर्क उत्पादन गर्दछ भने १.५ लिटर टर्बोचार्ज्ड सीभीटी इन्जिनले अधिकतम पावर ११५ किलोवाट अर्थात १४७ पीएस तथा २१० एनएमको अधिकतम टर्क उत्पादन गर्दछ । टिग्गो फोरप्रोको प्रमाणित माइलेज १४.७ किलोमिटर प्रतिलिटर रहेको कम्पनीको भनाइ छ ।

यी तीन भेरिएन्टको मूल्य क्रमशः ४६ लाख २० हजार, ५२ लाख ५० हजार ५८ लाख ४० हजार रुपैयाँ तोकिएको छ ।

नयाँ टिग्गो ४प्रो एसयूभीमा ४३१८ एमएम लम्बाई, १८३० एमएम चौडाई, २६१० एमएम ह्विलबेस र १६७० एमएमको उचाँई रहेको छ । टिग्गो ४प्रो एसयूभीको ग्राउन्ड क्लियरेन्स २०० एमएम रहेको छ । यसको बुट स्पेस ३४० लिटरको छ र ३४ वटा विभिन्न स्टोरेज स्पेस पनि उपलब्ध छ ।

नयाँटिग्गो ४प्रो एसयूभीमा नयाँ फ्रन्ट फेस र आकर्षक मस्कुलर प्रोफाइल डिजाइन देख्न सकिन्छ । यसमा ५ स्पोक मिरर डिजाइनको १७ इन्च स्पोर्टी ह्विल समावेश गरिएको छ । यसका साथै डायमण्ड इन्टेक ग्रिल, क्रिस्टल डायमण्ड लेन्स एलईडी हेडलाइट, जी–टाइप डीआरएल र साइड स्कर्टले स्पोर्टी लुक्स प्रदान गर्न मद्दत गरेको छ । टिग्गो ४ प्रो एसयूभीमा पावरड सनरुफका साथै ड्राइभर सिटमा ६ वे एडजस्टमेन्ट लेदर सिट पाउन सकिन्छ ।

चेरी टिग्गो ४ प्रो एसयूभीको इन्टेरिएर सरल र आकर्षक छ । यसमा डि–टाइप ३ स्पोक मल्टिफंक्सनल स्टेयरिङ ह्विल, ७ इन्च एलसीडी मिटर, एप्पल कारप्ले र एन्ड्रोेइड अटो सहितको १०.२५ इन्चको सेन्ट्रल कन्ट्रोल स्क्रिन, रियर आर्मरेस्ट र सेकेन्ड रो एसी भेन्ट जस्ता विशेषताहरु छ । टिग्गो ४ प्रो एसयूभीमा पुश स्टार्ट बटन र पीईपीएस रिमोट स्टार्ट प्रणाली समावेश गरिएको छ ।

टिग्गो ४ प्रो एसयूभीमा सुरक्षाको दृष्टिकोणले ६ रिङ्ग एयरव्याग, एबीएस. ईबीडी, इलेक्ट्रोनिक स्टेविलिटी प्रोग्राम, टीसीएस सिस्टम, इमर्जेन्सी ब्रेक असिस्ट, रोल स्टेबिलिटी कन्ट्रोल, हिल स्टार्ट असिस्ट कन्ट्रोल, डाइरेक्ट टायर प्रेसर मोनिटरिङ्ग प्रणालीका साथै बच्चाहरुको सुरक्षाका लागि सबै चारवटै झ्याल र ढोकाहरुमा एन्टी पिन्च लकहरु राखिएको छ । नयाँ टिग्गो ४प्रो एसयूभीले ईपीबीका साथै अटो होल्ड प्रविधि अपनाएको छ । टिग्गो ४ प्रो एसयूभी ६ रङ्गमा उपलब्ध छ ।

चेरी अटोमोबाइल कम्पनी लिमिटेडको स्थापना सन् १९९७ मा भएको थियो । यो चीनमा अवस्थित ग्लोबलाइज अटोमोबाइल ब्रान्ड हो । विगत २० वर्षमा चेरीले पाँचवटा विश्वव्यापी अनुसन्धान र विकास आधारहरु मार्फत ५ हजार ५ सय भन्दा बढी ब्यक्तिहरुको अनुसन्धान र विकास टोली स्थापना गरिसकेको छ र चिनियाँ अटोमोबाइल ब्रान्डहरुमध्ये इन्जिन, ट्रान्समिसन, चेसिस र अन्य मुख्य प्रविधिहरुको सबै भन्दा शक्तिशाली अनुसन्धान र विकास क्षमता छ ।

चेरी संसारमा सवारी साधन, सीकेडी पार्ट्स, इन्जिन र सवारी साधन निर्माण प्रविधि र उपकरण निर्यात गर्ने पहिलो चिनियाँ अटोमोबाइल कम्पनी पनि हो । अहिलेसम्म चेरीले ८० भन्दा बढी देश र क्षेत्रहरुमा आफ्ना सवारी साधनहरु निर्यात गरिसकेको छ, र १० विदेशी कारखानाहरु, १५ सय भन्दा बढी विदेशी डिलरहरु र सेवा आउटलेटहरु स्थापना गरिसकेका छन्, ।

विश्वभर करिब ९.७ मिलियन प्रयोगकर्ताहरु सहित, निर्यात गरिएका यात्रु कारहरुको संख्यामा पहिलो स्थानमा छ । सन् २०२१ मा चेरी र ज्यागुअर ल्यान्डरोभर मोटर्सले संयुुक्त रुपमा चेरी ज्यागुअर ल्यान्डरोभर मोटर्स कम्पनी लिमिटेड स्थापनामा लगानी गरेका छन् ।

सम्बन्धित समाचारहरू

ड्याटसनको फेस्टिभल झलक : गाडी किन्दा२ लाख ४ हजार भन्दा धेरै फाइदा

ड्याटसनको फेस्टिभल झलक : गाडी किन्दा२ लाख ४ हजार भन्दा धेरै फाइदा

काठमाडौं – नेपालका लागि ड्याटसन गाडीको आधिकारिक वितरक पायोनियर...

नेपाली बजारमा सार्वजनिक भयो नयाँ ब्रान्ड चेरीको एसयूभी टिग्गो फोरप्रो

नेपाली बजारमा सार्वजनिक भयो नयाँ ब्रान्ड चेरीको एसयूभी टिग्गो फोरप्रो

काठमाडौं – नेपाली बजारमा चेरी ब्रान्डको एसयूभी ‘टिग्गो फोरप्रो’...

चेरीले ल्यायो ‘चेरी चाडपर्व अफर’ : करिव ५ लाख ९० हजार फाइदा हुने

चेरीले ल्यायो ‘चेरी चाडपर्व अफर’ : करिव ५ लाख ९० हजार फाइदा हुने

काठमाडौं – नेपालका लागि चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...