यामाहा आर१५ भी४ र आर१५ भी३ मा यस्तो छ ७ भिन्नता : फिचर देखि मूल्य सम्म

यामाहा मोटर इन्डियाले सेप्टेम्बर २०२१ मा यामाहा आर१५ भी४ लन्च गरेको छ । नयाँ बाइकमा अपडेट फिचरको साथमा क्विक शिफ्टर पनि समावेश गरिएको छ । यामाहा आर१५ भी३ मार्च २०१९ मा लन्च गरिएको थियो । सो बाइक हालसम्म बजारमा बिक्री भइरहेको छ ।

आर१५ को नयाँ भी४ बाइक नेपाली बजारमा आउने त अझै टुंगो लागेको छैन । तर यी दुई बाइकमा के भिन्नता छन् भन्ने वारेमा भने धेरैलाई चासो छ । यी दुई बाइकमा भएका भिन्नता यस प्रकार छन् :

स्टाइलिङ
आरभी १५ भी४ र भी३ मा सबैभन्दा ठूलो भिन्नता भनेको यसको डिजाइन हो । बाइकको स्टाइलिङ पुरा फरक रहेको छ । यसको डिजाइन यामाहाकै आर७ बाट प्रभावित छ । बाइकको अघिल्लो भागमा सिंगल हेडल्याम्प र साइडमा ट्विन डीआरएल समावेश छ ।

हेडल्याम्प
आर१५ भी४ मा क्लास–डी एलईडी प्रोजेक्टर हेडल्याम्प छ भने भी३ मा ट्वीन एलईडी लाइट समावेश छ ।

इन्जिन
यी दुवै बाइकको पावरट्रेनमा धेरैजसो समानता रहेको छ । नयाँ भी४ ले जेनेरेट गर्ने १८.४ पीएस पावर भी३ भन्दा ०.२ पीएस कम हो भने १४.२ एनएम टर्क भी३ भन्दा ०.१ एनएम बढी हो ।

फिचर
आर१५ भी४ मा धेरै फिचर थप गरिएका छन् । भी३ मा ३७ एमएम रेगुलर टेलिस्कोपिक फ्रन्ट फोर्क्स भएकोमा भी४ मा गोल्डेन कलर्ड ४१ एमएमको अपसाइड डाउन फ्रन्ट फोर्क्स छ ।

त्यसैगरी भी४ मा फर्स्ट इन सेगमेन्ट क्विक सिफ्टर, ट्रयाक्सन कन्ट्रोल सिस्टम, स्ट्रिट र ट्रयाक राइडिङ मोड आदि उपलब्ध छन् । यी फिचर भी३ मा छैनन् । भी३ मा असिस्ट र स्लिपर क्लच छ, जुन भी४ मा पनि छ ।

नयाँ इन्स्ट्रयुमेन्ट क्लस्टर
आर१५ भी४ मा नयाँ इन्स्ट्रयुमेन्ट क्लस्टर छ, जसले थप विभिन्न जानकारीहरु दिन्छ । यद्यपि यो एलसीडी युनिटमा उपलब्ध छ ।

ब्लुटुथ कनेक्टिभिटी
आर१५ भी४मा ब्लुटुथ कनेक्टिभिटी फिचर रहेको छ । सो फिचरमार्फत यामाहाको नेटिभ एपको माध्यमबाट स्मार्टफोन कनेक्ट गर्न सकिन्छ । भी३ मा सो फिचर समावेश गरिएको छैन ।

मूल्य
यामाहा आर१५ भी४ को मूल्य १ लाख ६८ हजार देखि १ लाख ७३ हजार भारु रहेको छ । यामाहा आर१५ भी३ को मूल्य १ लाख ५७ हजार देखि १ लाख ५९ हजार भारु रहेको छ ।

नेपाली बजारमा हाल उपलब्ध आर१५ भी३ को मूल्य ४ लाख ९६ हजार ९ सय रुपैयाँ छ । भी४ नेपाली बजारमा आयो भने ५ लाख १५ हजार रुपैयाँको हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।

नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले भी४ ल्याउने बारेमा केही बताएको छैन । भारतमा केही महिना परीक्षण पश्चात बल्ल नेपाल आउने भएकाले सन् २०२२ को प्रारम्भमा यो बाइक नेपाल आउने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

भृकुटीमण्डपमा आजदेखी ‘यामाहा ब्लू फेस्ट’, के छ सुबिधा ?

भृकुटीमण्डपमा आजदेखी ‘यामाहा ब्लू फेस्ट’, के छ सुबिधा ?

काठमाडौं– यामाहा नेपालले नेपालको सबैभन्दा ठूलो दुई–पाङ्ग्रे सवारी...

भव्य अफरसहित यामाहाले सुरु गर्यो महाएक्सचेन्ज मेला २०८१, के–के छन् आकर्षण ?

भव्य अफरसहित यामाहाले सुरु गर्यो महाएक्सचेन्ज मेला २०८१, के–के छन् आकर्षण ?

काठमाडौं – यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक...

यामाहा रे जीआर र स्ट्रिट -याली अब हाइब्रिड टेक्नोलोजीमा

यामाहा रे जीआर र स्ट्रिट -याली अब हाइब्रिड टेक्नोलोजीमा

यामाहाले आफ्नो दुई लोकिप्रय मोडलका स्कुटरलाई हाइब्रिड टेक्नोलोजी सहित...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...