लिपमोटरमा चिनियाँ सरकारको स्वामित्व भएको एफएडब्लु समूहको प्रवेश

चिनियाँ सरकारी स्वमित्वमा संचालित एफएडब्लु समूहले लिपमोटरमा ३.७४ अर्ब युआन (५३ करोड अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ । दुई कम्पनीले लगानी र सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर लगत्तै लिपमोटरका अध्यक्ष झु जियाङमिङले एफएडब्लु र लिपमोटरद्वारा संयुक्त रूपमा विकास गरिएको पहिलो मोडेल अर्को वर्ष सार्बजनिक गरिने बताए ।

डिसेम्बर २८ मा एफएडब्लु समुह र लिपमोटरले हस्ताक्षर समारोह आयोजना गरेर सम्झौता गरेका हुन् । जसअनुसार, एफएडब्लु इक्विटी इन्भेस्टमेन्टले प्रति शेयर ५०.०३ युआन (७.१२ अमेरिकी डलर) को मूल्यमा ७४,८३२,२४५ शेयर खरिद गरेर ५ प्रतिशत इक्विटी प्राप्त गर्नेछ ।

साथै, दुबै कम्पनीले प्लग–इन हाइब्रिड इलेक्ट्रिक भेइकल र एक्सटेन्डेन्ट रेन्ज इलेक्ट्रिक भेइकलको संयुक्त विकासलाई प्रवद्र्धन गर्ने सम्झौतामा उल्लेख गरिएको छ । एफएडब्लुले गर्ने उक्त लगानीको ५० प्रतिशत हिस्सा अनुसन्धान र विकासका लागि प्रयोग गरिनेछ । बाँकी रकमलाई बिक्री र सर्भिट नेटवर्कसँगै कर्पोरेट उद्देश्य पुरा गर्नका लागि खर्च गरिनेछ ।

लिपमोटरमा यसअघि स्टेलान्टिसले १.५ अर्व युरो लगानी गरेर २० प्रतिशत हिस्सेदारी प्राप्त गरिसकेको छ । उक्त लगानीले लिपमोटरलाई एलआई अटोपछि खुद नाफा आर्जन गर्ने दोस्रो चिनियाँ ईभी स्टार्टअप बनाएको थियो ।

सम्बन्धित समाचारहरू

वीरगन्जमा सार्वजनिक भयो प्रिमियम र स्मार्ट नामी ईभी : बिगह्याच विथ फाइभ स्टार लक्जरी

वीरगन्जमा सार्वजनिक भयो प्रिमियम र स्मार्ट नामी ईभी : बिगह्याच विथ फाइभ स्टार लक्जरी

वीरगन्ज – नेपालमा डोङफेङ ईभीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धिले मधेस...

नेपालमा उपलब्ध सबैभन्दा धेरै रेन्ज दिने इलेक्ट्रिक कार : बीवाईडी अल न्यु ई६

नेपालमा उपलब्ध सबैभन्दा धेरै रेन्ज दिने इलेक्ट्रिक कार : बीवाईडी अल न्यु ई६

काठमाडौं – नेपालमा उपलब्धहरु इलेक्ट्रिक कार मध्ये सबैभन्दा धेरै रेन्ज...

बैंकको कर्जामा रमाइरहेका ईभी व्यवसायी, भन्छन् – बैंकको किस्ता तिर्न कुनै समस्या छैन

बैंकको कर्जामा रमाइरहेका ईभी व्यवसायी, भन्छन् – बैंकको किस्ता तिर्न कुनै समस्या छैन

समयको क्रमसँगै व्यवसायीहरू पनि लगानीका लागि एकपछि अर्को माध्यमको खोजीमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...